मुक्ति देखि दृष्टि सम्म सरिता लामिछाने

ठूलो भूकम्प आउने हल्ला फैलाउने अर्जुन पक्राउ

महाभूकम्प आउँछ भन्दै अफवाह फैलाउने अर्जुन क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले क्षेत्रीलाई काठमाडौंको गौशालाबाट पक्राउ गरेको हो।

उनले आफू ज्योतिष भएको बताउँदै यहि जेठ महिनाभित्रै ठूलो भूकम्प जाने भन्दै विभिन्न युट्युव च्यानलमा अन्तर्वार्ता दिँदै हिडेकाले पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीमाथि अनुसन्धान शुरु भएको छ।

सांसदलाई ६ करोड दिने व्यवस्था बदर गर्न रिट

संघीय संसद्का सांसदलाई प्रत्येक निर्वाचन क्षेत्रमा ६ करोड रुपैयाँ बाँड्ने सरकारको घोषणाविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। सरकारले बजेट भाषणमार्फत प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुलाई निर्वाचन क्षेत्र कार्यक्रमअन्र्तगत प्रत्येक निर्वाचन क्षेत्रका लागि ६ करोड रुपैयाँ दिने घोषणा गरेको थियो।

अर्थमन्त्री युवराज खतिवडाले आव २०७६/०७७ बजेटमा स्थानीय तह पूर्वाधार विकासलाई तीव्रता दिन बजेट बढाउँदै ९ अर्ब ९० करोड रुपैयाँ विनियोजनको घोषणा गरेका थिए। अर्थमन्त्रीले गरको सो व्यवस्थाविरुद्ध अधिवक्ता पारसमणि भट्टराई र दिनेशराज सुवेदीले छुट्टाछुट्टै रिट निवेदन दर्ता गरेका हुन्। संघीय व्यवस्थामा स्थानीय तहमै बजेट जाने भएछि सांसदलाई दिन आवश्यक नभएको भन्दै रिट दर्ता भएको हो।

‘अबको प्रधानमन्त्री प्रचण्ड’

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवम् सांसद हरिबोल गजुरेलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आलोपालो रुपमा पार्टी र सरकार चलाउने कुरा पुरानो सहमति भएको स्पष्ट पारेका छन्।

गजुरेलले भने, ‘उहाँहरु दुवैले मिलेर नै पार्टी र सरकार चलाउनुहुन्छ। आलोपालोमा सहमति भैसकेको छ।’ उनले अब प्रचण्ड प्रधानमन्त्री बन्ने घोषणा गरे।

उनले दुई पार्टी एकता गराउन दुवै अध्यक्षको अहम भूमिका रहेको भन्दै धन्यवाद दिए। ‘अब पार्टीभित्र कार्यविभाजनपनि छिट्टै टुँगो लाग्छ, हामीलाई अध्यक्षमाथि विश्वास छ’, उनले थपे।

नाकाबन्दीका डिजाइनरलाई मोदीको मन्त्री ‘उपहार’

भारतमा नयाँ मन्त्रीको रुपमा पूर्वविदेश सचिव एस जयशंकरले सपथ ग्रहण गरेका छन्। बिहिबार साँझ भारतमा जयशंकरलाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले सपथ गराएका हुन्।

नेपाल मामलाका जानकारसमेत रहेका जयशंकरलाई भारतले नेपालमाथि लगाएको नाकाबन्दीको मुख्य डिजाइनरको रुपमा समेत चिनिन्छ। तत्कालिन भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीको दुत बनेर नेपाल आएका जयशंकर विदेश सचिव थिए। स्मरण रहोस् ०७२ असोज ३ मा नयाँ संविधान जारी गर्नुअघि जयशंकरले नेपालको संविधान जारी नगर्न चर्को दबाबसमेत दिएका थिए।