साउदी बाट मृत्यु जितेर नेपाल फर्किए

वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबको जेलमा मृत्युदण्ड कुरिरहेका दिल बहादुर घर्ति मगर मृत्युलाई जितेर नेपाल फर्किएका छन् । साउदीको एउटा अदालतले गाडीले किचेर एक साउदी नागरिक मारेको अभियोगमा घर्तिलाई मृत्युदण्डको फैसला सुनाएको थियो । घर्तिले भने आफु निर्दोष रहेको बताउदै आएका छन् । उनका अनुसार मृतक आफैले पछाडीबाट गाडी ल्याएर ठक्कर दिदा उक्त घटना भएको थियो । घर्ति मृतकको परिवारलाई ब्लड मनि स्वरुप नेपाली रुपैया ६७ लाख तिरेर बाच्न सफल भएका हुन् । इस्लामिक सरिया कानून अनुसार मृतकका परिवारले पैसा लिएर वा त्यसै हत्यारालाई माफी दिन सक्छन। घर्तिलाइ बचाउन विश्वभर रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका थिए ।