“सरकार लगानी गर्नै खोज्दैन,आफैले ब्याट किनेर खेल्दै छु” :रुबिना क्षेत्री

छैन राहत, नेता मात्र थुप्रिए

आइतबार साँझ पलभरमै आएको आँधीले सयौं परिवार विस्थापित भए। २७ जनाले ज्यान गुमाए भने चार सय बढी घाइते भए। आफ्नो घर भत्किएको पीडा भुलेर घाइतेको उद्धारमा स्थानीय आफैं जुटे। त्यो रात उद्धार टोली पनि गाउँमा खासै देखिएन।

तर बिहान उज्यालो हुन नपाउँदै केन्द्र र मन्त्रीदेखि पार्टीका नेता अवलोकन र उद्धारका नाममा प्रभावित क्षेत्र गए। घटनाको भोलिपल्ट प्रधानमन्त्री केपी शर्मा ओली पनि घटनास्थल पुगे। उनी गृहजिल्ला झापामा थिए। त्यहाँको कार्यक्रम छाडेर उनी बारा–पर्साको प्रभावित क्षेत्रमा निक्लिएका थिए।

सेनाको हेलिकप्टरबाट निरीक्षण गर्न झापाबाट सीधै बारा र पर्सा हिँडेका ओलीले हवाई निरीक्षण मात्र गरे। तर उनी घटनास्थलमा भने ओर्लिएनन्। प्रधानमन्त्रीको हेलिकप्टर देखेपछि प्रभावितले राहतको आस गरेका थिए। तर माथिबाटै हेरिरहेका प्रधानमन्त्री चढेको हेलिकप्टर उनीहरूले पनि वाल्ल परेर हेरिरहे। प्रधानमन्त्री  फर्किएपछि उनीहरू निरास भए। प्रधानमन्त्री ओलीले नारायणी अस्पतालमा पुगेर घाइतेलाई भेटे। आश्वासन पनि दिए। यस्तै, उपप्रधानमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, प्रदेश २ का मुख्यमन्त्री लाबलबाबु राउत पनि घटनास्थल पुगे। तर रित्तै। आश्वासनशिवाय केही नबोकी।

Wardrobe: The Shine Collection Bagbazar, Kathmandu 9869050396

अमेरिकामा मलाई पक्राउ गराउन नेपालीहरु नै लागेका रहेछन्

 पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले अमेरिका भ्रमणका क्रममा आफुलाई नेपालीले नै असहयोग गरेको बताएका छन्।

विप्लवको कार्यकर्तालाई निर्देशन–उद्धारमा खट्नुहोस्

 हावाहुरी प्रभावित क्षेत्रमा उद्धारका लागि खट्न नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफ्ना कार्यकर्तालाई निर्देशन दिएका छन्। महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै घटनाका पीडितको सहयोगका लागि जुट्न निर्देशन दिएका हुन्।

उनले हावाहुरीबाट विस्तापित परिवारलाई तत्काल स्थापित गर्न पनि माग गरेका छन्। यस्तै, घाइतेको उपचार र पीडितलाई तत्काल राहत उपलब्ध गराउन नेकपाले माग गरेको छ।

पूर्वप्रधानमन्त्री चन्दको सुरक्षामा रहेको गाडीले ठक्कर दिएको भिडियो भाइरल

पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको सुरक्षामा रहेको सशस्त्र प्रहरीको पछुवा गाडीले एक स्कुटरलाई ठक्कर दिएको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ।

शुक्रबार साँझ बबरमहल नजिक बा. १ झ ९५२७ को सशस्त्र प्रहरीको पछुवा गाडीले ठक्कर दिएर वेवास्ता गर्दै गुडेको थियो। भिडियोमा गाडिको पछाडिको भागले ठक्कर दिएपछि स्कुटर चालक महिला बिच सडकमै लडेकि थिइन्।

सशस्त्र प्रहरीका प्रवक्ता सुरज श्रेष्ठले घटनाको विषयमा अनुसन्धान हुने बताए। भीआइपीलाई पछ्याइरहेको समयमा छोड्न नमिल्ने सुरक्षा शिद्धान्त भए पनि दुर्घटनाको विषयमा छानविन हुने उनले बताए।

अस्थायी टहरा निर्माण थाल्यो सेनाले

 हावाहुरी प्रभावित क्षेत्र बाराको फेटा गाउँपालिकामा नेपाली सेनाले पीडितका लागि स्थायी टहरा निर्माण सुरु गरेको छ। फेटा गाउँपालिका १, ३ र ६ मा भत्किएका संरचना हटाएर सेनाले टहरा निर्माणको काम सुरु गरेको हो।

आँधीका कारण घरविहीन बनेका पीडितका लागि अस्थायी बसोबास गर्न टहरा निर्माण सुरु गरिएको नेपाली सेनाका मेजर चिरञ्जीवी बोहोराले जानकारी दिए। ‘अहिले भत्किएका संरचना हटाएर टहरा निर्माण गर्न सुरु गरिरहेका छौं। पीडितलाई ओत लाग्ने ठाउँसम्म छैन’, उनले भने, ‘हामीले बिहानैदेखि जग्गा छनोट गरेर सम्याउने काम गरिरहेका छौं। केन्द्र सरकारले पठाएको त्रिपाल आउने बितिकै टाँगेर तयार गर्छौं।’