सडकमा मोटरसाइकलको राज

मध्यम वर्गीय नेपाली र मोटरसाइकल एकअर्काका पर्यायजस्तै बनेका छन्। मध्यम र न्यून–मध्यम वर्गमा मोटरसाइकल लोकप्रिय सवारी साधन हो।  मोटरसाइकलको बढ्दो प्रयोगसँगै काठमाडौंका सडकमा नयाँ चुनौती थपिएका छन्।एकातिर सार्वजनिक सवारीसाधनको प्रयोग घट्दो छ भने अर्कोतिर काठमाडौंका सडक असुरक्षित हुँदै गएका छन्।

महानगरीय ट्राफिक प्रहरी वृत्त काठमाडौंका अनुसार गत वर्ष राजधानीमा १०३५९ सडक दुर्घटना भएकोमा ३७०० दुर्घटना मोटरसाइकलसँँग सम्बन्धित थिए। आर्थिक वर्ष २०७४÷७५ को जेठ मसान्तसम्म काठमाडौंमा मोटरसाइकल दुर्घटनामा परेर ९७ जनाले ज्यान गुमाए।

सार्वजनिक यातायात सहज नहुनु, मुख्य सडकमा मात्रै सीमित हुनु  लगायतका अन्य कारणले सर्वसाधारण नेपालीमा मोटरसाइकल प्रतिको आकर्षण बढ्दो छ। तथ्याङ्क अनुसार काठमाडौंमा ८ लाख सहित देशभर २४ लाख भन्दा बढी मोटरसाइकल प्रयोगमा छन्। गत आ.व.मा मात्र नेपालमा प्रत्येक दिन करिब ९७० मोटरसाइकल भित्रिए।बढ्दो खपतसँगै मोटरसाइकलमा लगाइएको सवारी कर राज्यका लागि आयआर्जनको भरपर्दो स्रोत बनेको छ।

असार गाउँदै एक्लै कान्छी

भक्तपुरको पिखेलस्थित खेतमा ६० बर्षीया कान्छी थापाले असारे भाका सुनाउँदै गर्दा उनलाई साथ दिने कोही थिएनन् । उनी संगै रोप्दै गरेका उनको गीत सुनेर मुस्कुराउथे तर भाकामा लय भने मिलाउन सकक्दैन थे । पछिल्ला पिढीले आधुनिक लय समाएको तर पुरानो भाका विर्सेको उनको बुझाई छ ।