सरोज भण्डारीका झापाली गफ

भारतीय गाडी चढेर संसदमा मनाङेको ईन्ट्री

सपथग्रहण गरेको भोलिपल्टै मनाङ ‘ख’ बाट स्वतन्त्र निर्वाचित प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङे भारतीय गाडी लिएर प्रदेशसभामा छिरेका छन्।

निर्वाचित भएको १४ महिना पछि सोमबार साँझ प्रदेश सभा सदस्यको पद तथा गोपनियताको सपथ खाएका उनले मंगलबार भने भारतको विहार प्रदेशको BR06PD 7529  नम्बरको गाडी चढेर प्रदेश सभा प्रवेश गरे। उनी एक्लै आएनन्, आफुसँगै एउटा युवा टिमको जमात नै लिएर आए।

यसअघि, प्रदेशसभाको भित्री गेटबाट मन्त्री, प्रदेशसभा सदस्य र सरकारी गाडी प्रदेशसभा भवन परिसरमा छिर्ने गरेका थिए।

Wardrobe: The Shine Collection Bagbazar, Kathmandu 9869050396

नेपाल पहिलो पटक एकदिवसीय क्रिकेटको वरियतामा

नेपाली राष्ट्रिय क्रिकेट टोली पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको वरियतामा प्रवेश गरेको छ।  नेपालले युएईलाई सोमबार ४ विकेटले पराजित गर्दै तीन खेलको सिरिज २–१ ले जिते लगत्तै आइसीसीले वरियतामा समावेश गरेको हो।

पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज जितेको नेपाल आइसीसीको वरियतामा १५ औं स्थानमा छ। वरियतामा नेपालले १० खेल खेल्दा १५२ अंक पाएको छ। आइसीसीले गत मार्चमा विश्वकप छनोटमा खेलेका ४, नेदरल्याण्ड्सविरुद्धको १, एसिया कप छनोटमा युएईसँग खेलेको १ खेललाई पनि समावेश गर्दै वरियतामा नेपाललाई राखेको हो।

चीन सरकारद्वारा कोटेश्वर–कलंकी सडक हस्तान्तरण

कोटेश्वर–कलंकी सडक चीन सरकारले नेपाललाई हस्तान्तरण गरेको छ। सोमबार एक समारोहकाबीच नेपालका लागि चिनियाँ राजदूत हाउ एन्छीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरिन्।

सडकको प्रधानमन्त्री ओली र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले उद्घाटन गरे।

चीनले पाँच वर्ष लगाएर १०. ५ किलोमिटर सडकको स्तरोन्ती तथा विस्तार गरेको हो। २०१७ सम्ममा सडक विस्तार सकिसक्ने भनिए पनि भूकम्प र नाकावन्दीका कारण निर्माण कार्य लम्विएको थियो।

पासपोर्टमा अंकुश लगाउँदै सरकार

नागरिकको नैसर्गिक अधिकार मानिने पासपोर्ट (राहदानी) मा समेत सरकारले अब अंकुश लगाउने भएको छ। सरकारले पासपोर्ट माग्न जानेलाई ‘जारी नगरिने’ सूचीमा पारेर कस्न लागेको हो।

संघीय प्रतिनिधिसभाबाट पारित भई राष्ट्रिसभामा पुगेको ‘राहदानीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मा पासपोर्ट जारी नगरिने नकारात्मक सूची तयार पारिएको छ। विधेयकको दफा १२ को उपदफा (१) को (क) देखि (ज) सम्मको सूचीलाई जहिल्यै दुरुपयोग गर्न सकिने खतरा छ। दफा १२ को उपदफा १ (क) मा व्यवस्थित गैरनेपाली नागरिकलाई राहदानी जारी नगरिने प्रावधान स्वाभाविक भए पनि अन्य प्रावधानमा दुरुपयोग हुन सक्ने सम्भावना रहेको जानकारहरू औंल्याउँछन्।

‘निर्मलाका बलात्कारीलाई सडकमा ल्याएर कारवाही गर्छाैं’

नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या र बलात्कारमा संलग्नलाई तरुण दलले सडकमा ल्याएर कारवाही गर्ने दावी गरेका छन्। उनले बलात्कार र हत्यामा संलग्नलाई सरकारलेनै संरक्षण गरिरहेको बताउँदै अव तरुण दलले कारवाही गर्ने चेतावनी दिए।

‘आजसम्म हामीले बलात्कार र हत्यामा संलग्नलाई कारवाही गर्न सडकबाट खवरदारी ग¥यौं’ आइतबार तरुण दलले वीरेन्द्रनगरमा आयोजना गरेको कर्णाली प्रदेश स्तरीय विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले भने, ‘अव सडकमै ल्याएर हत्यारा र बलात्कारीलाई कारवाही गछौं।’

‘चुरोट सित्तैमा दिए १० हजार जरिवाना’

सित्तैमा चुरोट दिँदा वा उपहारको रुपमा वितरण गर्दा ख्याल गर्नुहोस् १० हजार रुपैयाँ जरिवाना तिर्नुपर्ला। चुरोट मात्रै होईन सूर्तिजन्य पदार्थ अन्तर्गत पर्ने बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सूर्ति, खैनी, जर्दा, गुट्खा, सूर्ति वा सूर्तिजन्य पदार्थ कसैले पनि वितरण गर्न वा उपहार दिन पाउने छैन्। फुटकर रुपमा चुरोट, बिँडी वा सिगारको खिल्ली बिक्री वितरण गर्न पनि पाईनेछैन्।

गण्डकी प्रदेश सरकारले प्रदेशसभामा पेश गर्न लागेको सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) सम्बन्धमा व्यवस्था गर्न बनकाे विधेयक अनुसार तपाईले सजाय भोग्नुपर्ने हुन्छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले यो विधेयकको मस्यौदा तयार पारेको हो। मानव स्वास्थ्यलाई ख्यालमा राखेर सरकारले सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमन विधेयक ल्याएको हो। यो विधेयकलाई मन्त्रिपरिषद्ले प्रदेशसभामा पेश गर्न स्विकृत दिएपछि प्रदेशसभा सचिवालयमा दर्ता समेत भईसकेको छ।