सेड्रीना शर्मा | स्थापितको पद चैट | मन्त्रीको चियापानले क्रिकेट मैदान बिग्रियो | चियापान बेतुकका खर्च

नागरिक नेटवर्कले नयाँ शो सुरु गरेको छ। ह्वाट्स ट्रेन्डिङ नामक यो शो साप्ताहिक रुपमा हरेक शुक्रवार नेटवर्कमा प्रसारण हुनेछ। यो शो मा साताभर चर्चा बटुलेका विषय र प्रसंगलाई समेट्ने गरिन्छ।

लोडसेडिङमुक्त तिहार

लोडसेडिङमुक्त तिहार मनाउन लागिएको तीन वर्ष भएको छ। नेपाल विद्युत् प्राधिकरणले २०७३ को तिहारको लक्ष्मीपूजाका दिनबाट परीक्षणका रूपमा काठमाडौं उपत्यकालगायत मुलुकका प्रमुख सहरलाई लोडसेडिङमुक्त गरेको थियो।
त्यसरी गरिएको परीक्षण सफल भएपछि लोडसेडिङको मार खेप्नु नपरेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताए। ‘लोडसेडिङ अन्त्य भएको योसमेत गरेर तीन तिहार हुन्छ,’ उनले सोमबार नागरिकसँग भने, ‘त्यसअघि दैनिक १२–१३ घन्टा लोडसेडिङ हुने गरेको थियो।’

प्रदेश मन्त्री केशव स्थापित पदमुक्त
तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितलाई पदमुक्त गरेका छन्। मुख्यमन्त्री पौडेलले संविधानको धारा १६९ को उपधारा २ को खण्ड ख अनुसार शुक्रबार बर्खास्त गरेको मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पौडेलले बताए।
नियुक्त गरेको नौ महिनापछि मन्त्री पदबाट स्थापितलाई बर्खास्त गर्दै भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मवारी मुख्यमन्त्री पौडेल आफैंले लिएका छन्। स्थापितलाई पद मुक्त गरेको चिठ्ठी प्रदेश प्रमुखको कार्यालयमा शुक्रबारै बुझाईएको छ।
‘मुख्यमन्त्री ज्यूले संविधान अनुसार मन्त्री स्थापितलाई पदमुक्त गर्नुभएको हो’, स्वकीय सचिव पौडेलले भने, ‘मुख्यमन्त्रीको निर्देशन नटेर्ने र मन्त्रालयको बजेट सबैभन्दा बढि भएपनि प्रगति शून्य भएकाले बाध्य भएर बर्खास्त गर्नुभएको हो।’

मुस्कुराउँदै डिस्चार्ज भए प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएका छन्। छातीमा संक्रमण र रगतमा चिनीको मात्रा असन्तुलन भएपछि सोमवारदेखि उपचाररत प्रधानमन्त्री ओलीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले शुक्रवार साँझ डिस्चार्ज गरेको हो।
ओली मुस्कुराउँदै अस्पतालबाट बाहिरिएका थिए। प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले प्रधानमन्त्री डिस्चार्ज भएको बताए। ओली अस्पतालबाट सिधै सरकारी निवास बालुवाटार प्रवेश गरेका छन्।
ओलीलाई सुरुमा त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ। पछि मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा राखेर उपचार गरिएको थियो।

भारतमा बन्धक बनाइएका २८ नेपाली महिलाको उद्दार
खाडी मुलुकमा रोजगारीको प्रलोभन देखाइ साढे २ महिना देखि भारतमा बन्धक बनाइएका २८ नेपाली महिलालाई भारतीय प्रहरीले उद्दार गरेको छ।
भारतको उत्तर प्रदेशस्थित इन्दरपुरको एक भवनमा उनीहरुलाई साढे २ महिनादेखि बन्धक बनाइ राखिएको प्रहरीले जनाएको छ। बन्धक बनाउने काममा संलग्न रहेको अभियोगमा केदार भनिने एक व्यक्तिसहित अन्य ५ जनालाई पनि गिरफ्तार गरेको उद्दारमा संलग्न वरिष्ठ प्रहरी उपरिक्षक वैभव कृष्णले जानकारी गराए।

शेयरको अनलाईन कारोबार प्रणाली सञ्चालनमा
नेपाल शेयर बजारलाई अन्तरराष्ट्रिय स्तरको बनाउने गरी नेपाल स्टक एक्सचेन्जले अनलाईन कारोबार प्रणाली सुरु गरेको छ। चालु आर्थिक वर्षको पहिलो दिन(गत साउन १) देखि नै सञ्चालनमा ल्याउने भनिएको स्वचालित अनलाईन कारोबार प्रणाली मङ्गलबारदेखि पूर्ण कार्यान्वयनमा ल्याइएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।अनलाइन प्रणालीको अर्थमन्त्री युवराज खतिवडाले उद्घाटन गरेका हुन्।
यो प्रणाली सुरु भएसँगै अब दास्रो बजारमा शेयर कारोबारका लागि धितोपत्र दलाल व्यवसायी (ब्रोकर) अफिस घाउनु पर्ने वाध्यता हटेको छ। शेयर खरिदविक्री कार्य घरमै बसी अनलाईन मार्पत नै कारोबार संभव हुने भएपछि विदेशमा बस्ने नेपालीलेसमेत दिन दिनै सेयर कारोबारमा सहभागी हुनसक्ने छन्। आजदेखि आम लगानीकर्ताले इन्टरनेटको पहुँच भएको कुनै पनि स्थानमा रहेर आफैंले कारोबार गर्न सक्नेछन।
धावनमार्ग पिचको जिम्मा चिनियाँ कम्पनीलाई
त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको धावनमार्गको पिच परिवर्तन गर्ने जिम्मा चिनियाँ कम्पनीले पाएको छ । साढे ६ दशक पुरानो पिच परिवर्तनका लागि सोमबार नेपाल नागरिक उड्डयन प्राधिकरण र चाइना नेसनल एरो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कोअपरेसनबीच सम्झौता भएको हो।
सम्झौताअनुसार चिनियाँ कम्पनीले १८ महिनामा काम सम्पन्न गरिसक्ननु पर्नेछ । प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले चिनियाँ कम्पनीले पाँच महिनामा पूर्वतयारी गरिसक्ने जानकारी दिए ।

पाँच लाख ४८ हजार नगदसहित चौध जुवाडे पक्राउ
प्रहरीले सोमबार पाँच लाख ४८ हजार नगदसहित वीरेन्द्रनगर नगरपालिकाबाट १५ जुवाडेलाई पक्राउ गरेको छ।
जुवातास खेलिरहेको अवस्थामा प्रहरीले वीरेन्द्रनगर नगरपालिका–३ बाट ६ जना तथा वडा नं ११ बाट आठ जुवाडेलाई पक्राउ गरेको हो। पक्राउ परेकाबाट पाँच लाख ४७ हजार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।

कमेडी क्लब सञ्चालन गर्दै जितु
नेपाल टेलिभिजनबाट एकताका प्रसारित टेलिश्रृंखला ‘जिरे खुर्सानी’मा ‘मुन्द्रे’ चरित्रबाट दर्शकमाझ चिनिएका हास्य कलाकार जितु नेपालले सोही टेलिभिजनमा ‘मुन्द्रेको कमेडी क्लब’ सञ्चालन गर्ने भएका छन्। कि इन्टरटेनमेन्टले निर्माण गर्न लागेको यो कार्यक्रम सोमबारबाट राति नेपाल टेलिभिजनमा प्रसारण हुनेछ।
कलाकार जितुले शनिबार राजधानीमा पत्रकारमाझ दुई वर्ष अघिदेखिको सोचलाई यसपटक पूरा गर्न लागेको बताए। ‘कुनै समय टेलिभिजनमा हिट बनेका टेलिसिरियल ‘तितो सत्य’, ‘मेरी बास्सै’ र ‘जिरे खुर्सानी’ अहिले छैनन्। कार्यक्रमका लागि नेपालका ग्रामीण भेग पुग्दा अधिकांश दर्शकले कमेडी कार्यक्रमको माग गर्नुभयो,’जितुले भने,‘टेलिभिजनले नै दर्शकमाझ मलाई ‘मुन्द्रे’का रुपमा चिनायो। त्यसकारण पनि मैले सो पनि ‘मुन्द्रे’ नाम राखेर सञ्चालन गर्न लागेको हुँ।’

ट्रम्पका कारण अमेरिकाले इज्जत गुमायो स् इरान
अमेरिकाले राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिष्ठालाई कमजोर बनाएको बताउँदै इरानविरुद्ध प्रतिबन्ध लगाउने बिषयमा अमेरिका अन्तिममा इरानसँग पराजित हुने इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीले शनिबार बताएका छन्।
खामेनीको पर्सियाली ट्वीटर पेजमा तेहरानमा गरिएको सम्बोधनलाई उद्धृत गरी उल्लेख गरिएको छ, “अमेरिकाका वर्तमान राष्ट्रपति ट्रम्पले उदारवादी प्रजातन्त्र र अमेरिकाको बचेखुचेको प्रतिष्ठालाई बेनाम बनाएका छन्। अमेरिकाको बेजोडको शक्ति र मजबुत अमेरिकी अर्थतन्त्र र सैन्य शक्ति पनि पछिल्ला सरकारका कारण कमजोर बन्दै गएको छ।”