रोशनीको बोली : कहिले लगाउने आरोप कहिले बुवा समान रे !!!

यौन दुर्व्यवहारको आरोप पछि सभामुख महराले दिए राजीनामा

काठमाडौं– सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन्। सभामुख महराले मंगलबार उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा पत्र बुझाएका हुन्। संसद सचिवालयमा कार्यरत एक महिलाले बलात्कार गरेको आरोप लगाएकी थिइन्।

आइतबार साँझ महराले तिनकूनेस्थित ति महिलाको डेरामा गएर बलात्कार गरेको भन्दै सोमबार समाचार सार्वजनिक भएको थियो।

ति महिलाले सभामुख महरामाथि बलात्कार आरोप लगाएपछि उनकौ चौतर्फि विरोध हुँदै आएको थियो । तर सभामुखको नीजि सचिवालयले भने उक्त आरोप झुटो रहेको भन्दै खण्डन गरेको थियो।

बलात्कार आरोपः जसले सिध्यायो महराको चार दशक लामाे राजनीतिक इतिहास

काठमाडौं– बलात्कार आरोपमा मुछिएपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महरा यसअघि पनि विभिन्न आरोपहरुमा मुछिने गरेका थिए। तर यसअघिका करिब आधा दर्जनभन्दा बढी आरोपमा मुछिएका महरालाई खासै असर गरेको थिएन्। तर सोमबार संसदकै एक महिला कर्मचारीले बलात्कार गरेको आरोप लगाएपछि महराले मंगलबार नै राजीनामा दिनुपर्यो।यसअघिका काण्डहरुले खासै असर नगरे पनि महरालाई यसपटक भने करिब ४० वर्षे राजनीतिको सबैभन्दा ठूलो झट्का लाग्यो। महराको राजनीति भविष्य मात्रै होईन, सामाजिक हिसावले पनि ठूलै धक्का लाग्यो। झट्ट हेर्दा शालिन र भद्र स्वभाव देखिन्छन् महरा । पूर्वमाओवादीभित्र पनि भद्र भलात्मीको उनले उपमा पाएका थिए। तत्कालिन माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धमा समेत ‘साँस्कृतिक विचलन’मा नपरेका महरामाथि अहिले बलात्कारी आरोप लाग्नु आश्र्चयको विषय बनेको छ।

आरजु भन्छिन्ः सरकारको गलत नीतिको कारण युवाहरु विदेशिने क्रम बढ्यो

बारा– नेपाली काँग्रेसकी नेतृ आरजु राणा देउवाले सरकारको गलत नीतिको कारणले गर्दा देशमा रोजगारी सृजना हुन नसक्दा युवाहरु बिदेशिने क्रम बढ्दै गएको बताएकी छिन्।

संजिवनी वाटिका जीतपुर बाराले २९ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा युवाहरुलाई रोजगारी दिने अवसरहरुलाई पहिचाल गरि त्यसमा सरकारले लगानी गर्नुपर्ने सुझाव समेत देउवाले दिइन्।

कृषिमा क्रान्ती गरेर लाखौ युवाहरुलाई देशमै रोजगारी दिने वर्तमान सरकारले बताउने गरे पनि त्यो पुरा गर्न कुनै कार्यक्रम लागु गर्न नसकेको आरोप उनले लगाइन्। धेरै युवाहरुलाई कृषि क्षेत्रमै रोजगारी दिन सकिने भए पनि सरकारले कृषि क्षेत्रलाई बेवस्था गरेको देउवाले बताइन्।

सर्वेन्द्र खनालले दिए सुरक्षाको उचित व्यवस्था गर्न निर्देशन

काठमाडौं– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नागरिकको अपेक्षा अनुसार शान्ति सुरक्षाको उचित व्यवस्था गर्न मातहतका सबै निकायलाई निर्देशन दिएका छन्। मंगलबार महाराजगंजमा अत्याधुनिक शैलीमा निर्माण गरिएको महानगरीय प्रहरी वृत्त भवनको उद्घाटन गर्दै उनले भवनको उद्घाटनसँगै त्यसबाट प्रवाह हुने सेवा पनि सुन्दर हुनुपर्ने आफूले अपेक्षा गरेको पनि बताए।

प्रहरी महानिरीक्षक खनालले प्रहरीहरुले आफ्नो काम गर्ने शैलीमा सुधार गर्दै अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पारे। प्रहरी महानिरीक्षक खनालले प्रहरीले न्याय सम्पादनको कामलाई प्रभावकारी बनाउँदै लैजाने गरी प्रहरी भवन निर्माण कार्यलाई पनि अत्याधुनिक बनाउँदै लगिएको पनि स्मरण गराए।

बाबुरामको चेतावनीः गणतन्त्रलाई उल्टाउने प्रयास गरे सह्य हुँदैन

काठमाडौं– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकमा प्रतिगमन ल्याउन खोज्ने कुनै पनि खालको हर्कत सफल नहुने दावी गरेका छन्। समाजवादी पार्टी, नेपाल संघीय परिषदका अध्यक्षसमेत रहेका भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्टाउने प्रयास गरिए सैह्य नहुने चेतावनी पनि दिएका हुन्।

कुनै पनि नामको पार्टी र वादले मुलुकमा निरंकुशता ल्याउने सपना नदेख्न  उनको भनाई छ। दसैंको अवसर पारेर गोरखा पत्रकार मञ्चले मंगलबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री भट्टराईले मुलुकलाई उन्नत लोकतान्त्रिकरणको बाटोमा अघि बढाउन सञ्चार माध्यामहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यक्ता पनि औंल्याएका हुन्।

शशांकको मागः बलात्कार आरोप निष्पक्ष छानविन हाेस्

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सभामुख कृष्णबहादुर महराले महिला कर्मचारीमाथि बलात्कार गरेको गम्भीर आरोप लागेको उल्लेख गर्दै त्यसको निष्पक्ष छानवीन गर्न सरकारसँग माग गरेका छन्।

महामन्त्री कोइरालाले सभामुख महराले संसद सचिवालयकै कर्मचारीमाथि बलात्कार गरेको भन्ने आरोप गम्भीर मुद्धा भएको भन्दै त्यसको निष्पक्ष छानवीन गरेर आवश्यक निर्णय लिनुपर्ने बताएका हुन्।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उजले हुनत यो आरोप आरोप मात्रै होला, तर त्यसमाथि छानवीन भएर तत्काल निर्णय लिनुपर्ने पनि स्पष्ट पारे। सभामुख महरामाथि सोमबार साँझ संसद संचिवालयकै महिला कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेको थियो।

मन्त्री, सांसद र स्वकीयलाई पनि दसैंभत्ता

काठमाडौं – सरकारले उपप्रधानमन्त्री, मन्त्री र सांसदलाई मात्र होइन, उनीहरूका सल्लाहकार र स्वकीयलाई समेत दसैं खर्च दिने निर्णय गरेको छ। कानुनअनुसार उनीहरुलाई दसैंभत्ता दिने अधिकार नभएपछि सरकारले मन्त्रिपरिषद् बैठकबाटै मन्त्री र सांसद तथा तिनका सल्लाहकार र स्वकीय सचिवलाई समेत दसैं भत्ता दिने निर्णय गरेको हो। मन्त्रिपरिषद्को भदौ ३१ गतेको बैठकबाट दसैंभत्ता दिने निर्णय भएपछि यसबाट राज्यकोषमा ३ करोड ७० लाख ७६ हजार १ सय ६० रुपैयाँ व्ययभार थपिएको छ।

सरकारमा दुई उपप्रधानमन्त्री, १९ मन्त्री र तीन राज्यमन्त्री छन्। संघीय संसदन्तर्गत सभामुख र राष्ट्रियसभा अध्यक्षसहित प्रतिनिधिसभा र राष्ट्रियसभामा गरी ३ सय ८ जना सांसद् छन्। उनीहरू सबैका प्रेस सल्लाहकार र स्वकीय सचिवले पनि भत्ता पाउनेछन्। मन्त्रिपरिषद्को निर्णयलगत्तै अर्थ मन्त्रालयले भत्ता उपलब्ध गराउन सम्बन्धित निकायमा पत्र पठाएको थियो।

रिजालको आरोपः कम्युनिष्ट सरकारले भय र त्रास स्थापना गर्न खोज्यो

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले भय र त्रासको राज स्थापना गर्न खोजिरहेको आरोप लगाएका छन्। तनहुँमा आफूमाथि ढुंगामुढा गरेबाट वर्तमान सरकारले मुलुकमा भय र त्रासको राज स्थापना गर्न खोजिरहेको पुष्टि भएको दाबी गरेका छन्।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री केपी ओलीले अन्य पार्टीमाथि ‘बाघ झैं झम्टन’ तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिंहझै गर्जन’ पार्टीका कार्यकर्ताहरुलाई निर्देशन दिएर कम्युनिष्ट पार्टी बाहेकका अन्य राजनीतिक दलहरुको गतिविधिलाई प्रतिबन्ध लगाउन सुनियोजित षडयन्त्र गरिरहेको दावी पनि गरे।

बढ्यो च्याङ्ग्राको भाउ

बागलुङ– यो दशैँमा पनि च्याङ्ग्राको भाउ महँगिएको छ। रोज्जा च्याङ्ग्राको मूल्य २९ हजार रुपैयाँ र मासुको प्रतिकिलो १४ सय रुपैयाँ पुगेको व्यापारीले बताएका छन्। गत वर्ष एउटा च्याङ्ग्राको मूल्य बढीमा २७ हजार रुपैयाँ थियो।

खरीदमै मूल्य बढी परेको व्यापारी अम्मरबहादुर खत्रीले बताए। च्याङ्ग्रा कम आउनु, बढ्दो करजस्ता कारणले पनि च्याङ्ग्रा महँगिदै गएको छ। गत वर्षको तुलनामा यो वर्ष चार हजारले च्याङ्ग्रा महँगिएको व्यपारीहरुले बताएका छन्। ‘अहिले खरीदमै एक हजारभन्दा मूल्य बढी पर्‍यो’, व्यापारी खत्रीले भने, ‘आउँदा जाँदा बाटोमा उत्तिकै खर्च छ।’ व्यापारीले एक साता लगाएर मुस्ताङदेखि च्याङ्ग्रा ल्याउँछन्।

स्थानीय तहसहित ठाउँठाउँमा दस्तुर र कर तिर्नुपर्दा मर्का परेको च्याङ्ग्रा व्यापारीको गुनासो छ। खत्रीसहित चार व्यापारी मुस्ताङको कागबेनी पुगेर १ सय ७५ च्याङ्ग्रा बागलुङ भित्र्याएका छन्।

अन्तर्राष्ट्रिय ख्याती कमाउँदै ‘चिनियाँ फिल्म’

काठमाडौं – ‘चीनमा विभिन्न प्रकृतिका फिल्महरू बनेका छन्। चिनियाँ फिल्मको कथावस्तुका कारण संसारभर यसले चर्चा बटुल्दै गएको छ,’ पेकिङ विश्वविद्यालयअन्तर्गतको आर्ट इन्स्टिट्युसनका प्राध्यापक चेन स्वाङ भन्दै थिए, ‘सन् २०१८ सम्म चीनमा ६० हजारभन्दा बढी फिल्म हल सञ्चालन भइरहेका छन्।’

चीनको ७० औं गणतन्त्र दिवसको अवसरमा राजधानीमा आयोजना भइरहेको ‘चिनियाँ चलचित्र महोत्सव’ को दोस्रो दिन बुधबार प्राध्यापक चेन स्वाङले चीनको फिल्मको इतिहास र वर्तमान अवस्थामाथि अन्तरसंवाद गरेका थिए।चिनियाँ फिल्म इतिहासलाई उनले केन्द्रमा संंघाई, १९४० दशक, सांस्कृतिक क्रान्ति, पाँचौ पुस्ताको उदय, छैठौं पुस्ता र नयाँ चिनियाँ अन्तर्राष्ट्रिय फिल्मको रुपमा परिभाषित गरेका थिए।

‘चिनियाँ फिल्मको इतिहास केन्द्रमा संंघाई, १९४० दशक, सांस्कृतिक क्रान्ति, पाँचौ पुस्ताको उदय, छैठौं पुस्ता र नयाँ चिनियाँ अन्तर्राष्ट्रिय फिल्मको रुपमा वर्गीकरण गरिएको छ,’ उनले भने, ‘सन् १८९६ मा चीनको संघाईमा पहिलो फिल्म रेकर्ड भएपछि केन्द्रमा त्यसलाई राखेर बेइजिङ ओप प्राथमिता दिइएको थियो।’