आखिर कहाँ लुक्यो त निर्मलाको हत्यारा ?

ठेकेदारले काम नगर्दा तोडियो ठेक्का

गोरखा– १२ किलो वारपाक सडकखण्डको चार प्याकेज करिब ३० किलोमिटर सडक ठेकेदारले समयमै काम नगर्दा कालोपत्रे हुन सकेन।

काममा चरम लापरबाही गरेर निर्माण कम्पनीले सम्झौताअनुसार काम नगरेपछि ११ किलो छेवेटार भालुस्वाँरा वारपाक सडक आयोजनाले पहिलो प्याकेजको करिब आठ किलोमिटरको ठेक्का सार्वजनिक सूचना जारी गरेर तोडेको छ।

‘१० करोड ५९ लाखमा सम्झौता भएको थियो, ६ करोड ४५ लाख भुक्तानी भएको छ,’ आयोजनाका लेखा अधिकृत ज्ञानमणि उपाध्यायले भने। २०७२ मंसिर ३० गते सिध्याउने गरी २०७१ असार ३१ मा ठेक्का सम्झौता भएको थियो।

बाजुराबाट ६४ जना हराए

बाजुरा– एक वर्षको अवधीमा बाजुराबाट ६४ जना हराएको तथ्याकं प्रहरीले सार्वजनिक गरेको छ। महिला र बालबालिका गरि गएको वर्ष साउनदेखि यो वर्षको असारसम्म ६४ जना हराएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

हराउनेमा २६ जना बालक, २० जना बालिका र १९ जना महिला रहेका छन्। जिल्ला प्रहरी कार्यालयमा दिएका खोजी निवेदनका आधारमा ६४ जनाको तथ्याकं देखिएको प्रहरी नायव उपरीक्षक डिएसपी उद्धवसिंह भाटले बताएका छन्।

प्रदेश २ का बाढी, डुवान प्रभावितलाई अझै राहत पुगेनः मुख्यमन्त्री राउत

काठमाडौं– प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले २ नम्बर प्रदेशका बाढी र डुवानबाट प्रभावितहरुलाई अझै राहत तथा पूनर्स्थापना नभएको गुनासो पोखेका छन्। उनले भने, ‘दुई नम्बर प्रदेश बाढी र डुवानबाट प्रभावित बनेको छ। ८ वटै जिल्ला प्रभावित बनेका छन्। अझै पनि राहत पुगेको छैन।’

मंगलबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै मुख्यमन्त्री राउतले प्रदेश २ सरकारले आफ्नो क्षमता र स्रोतले भ्याएसम्म तुरुन्तै राहत पुर्याएको सुनाए। अहिले पनि प्रदेश सरकार प्रभावित जिल्लामा पुगेर राहत पुर्याउने काममा लागिरहेको राउतले सुनाए। उनले भने, ‘अहिले पनि राहत वितरण गर्न धेरै बाँकी छ। कतिलाई राहत पुग्यो, कतिलाई पुग्यो भनेर हेर्नको लागि हामीसँग संयन्त्र छैन। तर राहत धेरैलाई पुगेको छैन।’

टोलटोलमा घण्टाकर्ण पर्वकाे तयारी

भक्तपुर– टोलटोलमा मान्छे मार्ने राक्षस मारेको सम्झनामा मंगलबार भक्तपुरमा धूमधामकासाथ घण्टाकर्ण चतुर्दशी पर्व मनाइँंदै छ। प्रत्येक वर्ष मनाइने घण्टाकर्ण पर्वलाई स्थानीय नेवार समुदाय गथांमुगः चह भनेर बुझछन्।

विशेष गरी भक्तपुर नगरका टोलटोलका दोबाटो, चौबाटोमा नर्कट, छ्वाली, पराल, हाँंडी, नाङलोलगायतले बनाएको राक्षसरुपी गथांमुगको साँंझ दाहसंस्कार गरी पर्व मनाइने चलन छ। यस क्रममा यहाँंका टोलटोलमा सयौं गथांमुगको दाहसंस्कार गरिन्छ।

गथांमुग बनाउन टोलटोलमा स्थानीयस्तरमा नर्कट, छ्वाली, परालको संकलन गर्ने गर्दछन्। संकलित नर्कट, छ्वालीबाट तीनखुटे गथांमुग बनाइन्छ। साथै घरमा फाल्नुपर्ने पुरानो नाङलोमा मुख, नाक, कानलगायतका ज्ञानेन्द्रिय अंग लेखी हाँंडीको टाइको दिइएको हुन्छ।

बुद्ध मूर्ति तोडफोड गर्नेलाई कारबाही माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं- बुद्धका मूर्ति तोडफोड गर्नेमाथी कारबाहीको माग गर्दै धर्मोदय सभाले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएको छ। मंगलबार पुल्चोकस्थित मन्त्रीक्वाटरमै पुगेर सभाले मूर्तितोडफोड गर्नेलाई कानुनी दायरामा ल्याउन माग गर्दै गृहमन्त्री थापालाई ज्ञापनपत्र बुझाएको हो। सभाका अध्यक्ष यज्ञमानपति बज्राचार्यको नेतृत्वमा गएको टोलीले धार्मिल सद्भावमा खलल पुर्‍याउने योजना सहित मूर्ति तोडफोड गरिएको भन्दै गृहमन्त्री थापाको ध्यानाकर्षण गराएका थिए।

२०७६ साउन १ गते राती रुपन्देहीको शंकरनगरमा अज्ञात समूहले ५ वटा वुद्धका मूर्ति तोडफोड गरेको थियो। तर घटनाको २ साता वित्नलागदापनि प्रहरीले तोडफोड गर्नेको पहिचान गर्नसकेको छैन।

उपनिर्वाचन कात्तिक अन्तिम वा मंसिर पहिलो साता

काठमाडौं – निर्वाचन आयोगले आगामी मंसिर पहिलो साताभित्र संघ, प्रदेश र स्थानीय तहमा रिक्त पदहरुको उपनिर्वाचनका लागि तयारी थालेको छ। प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका निर्वाचित पद विभिन्न कारणले रिक्त भएपछि आयोगले उपनिर्वाचनको तयारी थालेको हो।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचनका लागि कार्यविधि निर्माणलगायतका तयारी अघि बढाइएको जानकारी दिए। उनका अनुसार कात्तिक अन्तिम साता वा मंसिर पहिलो साताभित्र उपनिर्वाचन गराउने गरी आयोगले तयारी अघि बढाइरहेको छ। ‘कात्तिक अन्तिम साता वा मंसिर पहिलो साता उपनिर्वाचन गर्नेगर िहामीले आन्तरिक तयारी अघि बढाइरहेका छौं,’ थपलियाले नागरिकसँग भने, ‘अब हामीले छिट्टै प्रधानमन्त्रीलाई भेटेर उपनिर्वाचनको विषयमा परामर्श गर्छाैं।’ उनका अनुसार आयोगका पदाधिकारीले प्रधानमन्त्रीलाई भेटेर उपनिर्वाचनको मितिसमेत प्रस्ताव गर्नेछन्। सरकारले निर्वाचन घोषणा गरेपछि औपचारिक रूपमा निर्वाचन कार्यतालिका प्रकाशन गरी अघि बढने उनले जानकारी दिए।

‘ललिता निवासमा मुछिएका श्रेष्ठको मृत्यु शंकास्पद’

पर्वत – पार्टी जिल्ला सचिव युक्तप्रसाद श्रेष्ठको निधन संकास्पद भएको भन्दै नेपाली कांग्रेस पर्वतले निष्पक्ष छानबिन गर्न माग गरेको छ। काठमाडौंस्थित सामाखुसीको हिमालय सिटी सेन्टरको आठौं तलाबाट खसेको भनिएका श्रेष्ठको मृत्यु शंकास्पद भएको दाबी गर्दै पर्वत कांग्रेसले छानबिन गर्न माग गरेको हो। श्रेष्ठको आइतबार दिउँसो मृत्यु भएको थियो। जिल्ला सभापति खिमप्रसाद भुसालले विज्ञप्ती जारी गर्दै ठूला माछाको पोल खुल्ने डरले श्रेष्ठको हत्या भएको हुनसक्ने बताएका छन्।

बालुवाटारको जग्गा प्रकरणसँग जोडिएर छानबिनको क्रममा रहेका श्रेष्ठले सबै पोल खोल्ने डरले त्यो घटना भएको हुनसक्ने भएका कारण निष्पक्ष छानबिन हुनुपर्ने माग भुसालको रहेको छ। ललितानिवास जग्गा प्रकरणसँग जोडेर विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति दुःख व्यक्त गर्दै कांग्रेसले प्रमाणसहित सत्य कुरा बाहिर ल्याउन माग गरेको छ।

सिस्नेरीका १० घर पहिरोको जोखिममा

ओखलढुंगा– सुनकोशी गाउँपालिकाका–३ का १० घर पहिराेकाे जोखिममा परेका छन्। सिस्नेरीको खानीगाउँमा मोटरबाटो खन्दा पहिरो गएका कारण ती घर जोखिममा परेका हुन्।

जोखिममा परेकाहरूले वडा कार्यालय र जिल्ला विपद् व्यवस्थापन समितिमा सुरक्षित बासको व्यवस्था गरी क्षतिपूर्तिका लागि निवेदन दिएका छन्। घर जोखिममा परेका जीतबहादुर मगर, हीराबहादुर मगर, यज्ञबहादुर मगर, रामकाजी मगर, रामबहादुर मगर, खीलबहादुर मगर, यमबहादुर मगर, भक्तबहादुर मगर, गणेशबहादुर मगर र अम्बरबहादुर खड्काले क्षतिपूर्तिका लागि संयुक्त निवेदन दिएका हुन्।

उनीहरूले वडा नं.३ सिस्नेरीभञ्ज्याङदेखि खानीगाउँ–२, माटे हुँदै दीपसिङसम्म जाने मोटरबाटोको माथिल्लो भागबाट पहिरो गई बासस्थान जोखिममा परेको जनाएका छन्।

फेस एपमा रमाउँदै कलाकारहरू

काठमाडौं – अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जाल आफ्नो बुढ्यौली फोटो सार्वजनिक गरेका छन्। फुलेका कपाल र चाउरी परेर बुढ्यौली झल्काएको फोटो फेस एपले बनाइदिएपछि उनको बुढ्यौली झल्काउने फोटोले चर्चा पाइरहेको छ। जुनसुकै उमेर समूहका मानिसहरूले आफ्नो बुढेयौलीपनको झलक फोटो फेस एपले बनाइदिएपछि कलाकारहरू यसमा रमाउन थालेका छन्।

सामाजिक सञ्जालहरू चर्चा पाइरहेको फेस एप च्यालेन्जमा सवै उमेर समूहका मानिसहरू सहभागि हुँदैछन्। फेस एप प्रयोग गरेर सामाजिक सञ्जालमा फोटो राख्ने आफू पहिलो भएको दाबी अभिनेता गिरीले गरेका छन्। ‘फेसबुकमा साथीले वृद्ध अवस्थाको फोटो पठाइदिएपछि उसलाई खुसी पार्न मैले फोटो सार्वजनिक गरेको थिएँ,’ उनले भने, ‘ आफ्नो फोटो हेरेर मख्ख परिरहेको छु।’

फेस एपको फिचरमध्ये सर्वाधिक प्रयोग भएको ‘ओल्ड एज’ मनोरञ्जनको रूपमा संसारभरका कलाकारहरूले प्रयोग गरिरहेका छन्। हाँय कलाकार मनोज गजुरेल ‘ओल्ड एज च्यालेन्ज’ को लागि फोटो राखेका छन्। ‘हाम्रा काका साह्रै पाका छन्। ८० वर्षे तन्नेरी भाका छन्’ भनेर क्याप्सन लेखेर फोटो राखेपछि उनको फोटो सामाजिक संञ्जालमा भाइरल भइरहेको छ। मनोरञ्जनको लागि उनले फेस एप प्रयोग गरेको बताए। ‘यो एप रमाइलो लागेर प्रयोग गरेको असुरक्षित पो रहेछ,’ उनले भने।

सुरक्षाका लागि रंगशालामा सिसी क्यामेरा

पोखरा – पोखरामा १३औं सागका केही खेल सञ्चालन गर्ने निर्णय गरिएपछि रंगशालाभित्र खेलाइने र बाहिर खेलाइने खेलका लागि पार्किङ र सुरक्षा व्यवस्थापनमा चुनौती थपिएको छ। पोखरा रंगशालाभित्र निर्माणाधीन फुटबल मैदानमा महिला फुटबल, आर्चरी मैदानमा महिला तथा पुरुष आर्चरी प्रतियोगिता सञ्चालन गरिनेछ। ती खेल सञ्चालनार्थ विशिष्ट व्यक्ति र खेलाडी स्कर्टिङको सवारी पार्किङमा चुनौती छ।

त्यति मात्र नभई बजार क्षेत्रमा आयोजना हुने ट्रायथोलन र प्याराग्लाइडिङ एवं भारोत्तोलनका खेलमा सहभागी खेलाडी र अफिसियलका लागि सुरक्षा व्यवस्था कडाइ गर्नुपर्ने खाँचो राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य राजेश गुरुङले औंल्याए।