आशिका तमाङ्ग उर्फ खसिनी। चम्चाले खानुस।ढल्न थाले बुद्धिजीवी। कुखुरा चोर।रियालिटी शोमा भोट आतंक

कमजोरी देखिए संसदमा राखेर मेरो बर्दी खोलिदिए हुन्छ:आइजीपी खनाल

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको अनुसन्धान साँघुरिँदै गएको संसदीय समितिलाई जानकारी दिएका छन्।

राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा उनले अनुसन्धानलाई साँघुरो बनाउँदै लगिएको तर निष्कर्ष कहिले आउने भनेर समय तोक्न नसकिने बताए।

महानिरीक्षक खनालले भने, “हाम्रो सामथ्र्यले सक्ने काम गरिरहेका छौँ, अनुसन्धानलाई प्रभावित पार्ने काम नभइदिएको भए सहज हुन्थ्यो तर यो घटनामा कसैको दबाब छैन र कसैको दबाबले अनुसन्धान प्रभावित हुँदैन, प्रमुखका रुपमा कुनै कमजोरी देखिए संसद्मा राखेर मेरो बर्दी खोलिदिए हुन्छ।”

कञ्चनपुरकी बालिका पन्तको गत साउन १० गते बलात्कारपछि हत्या भएको घटनाका दोषी पत्ता नलागेको विषयमा आवाज उठिरहेको सन्दर्भमा समितिले आज प्रहरी प्रमुखलाई आमन्त्रण गरेको हो।

 

Wardrobe: The Shine Collection Bagbazar, Kathmandu 9869050396

 

मैले जवाफ दिए बुद्धिजीवी थला पर्छन् : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले बुद्धिजीवीहरूलाई जवाफ दिन थाले उनीहरू थला पर्ने दाबी गरेका छन्। ‘कुनै–कुनै बुद्धिजीवीका टिप्पणी अत्यन्तै असभ्य र तल्लोस्तरका देख्छु। त्यस्तालाई मैले जवाफ दिँदा थला पर्ने सम्भावाना हुन्छ,’ बुधबार साँझ जनतासँग प्रधानमन्त्री कार्यक्रममा प्रस्तोताले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले ओलीले भने, ‘म उहाँहरूलाई थला पार्न चाहन्न, उहाँहरूलाई म जान्छु।’

प्रधानमन्त्री ओलीले आफूले त्यस्ता बुद्धिजीवीले वादविवाद गर्न अथवा सत्यहरूका सम्बन्धमा बहस गर्न इच्छा गर्नुभएको होकि होइन भन्ने बारेमा आफूले सोध्न पनि चाहेको बताएका छन्। उनले भने, ‘उहाँहरू असभ्य ढंगले पनि बोल्नु पनि भएको छ। त्यसमा अलिकति असलियत बाहिर आउँदा के हुन्छ ? अलिक विचार गरे हुने हो।’

 

 

फ्रान्समा तलब वृद्धि र कर छुटको घोषणा

फ्रान्सेली सरकारले यहाँका राष्ट्रपतिले गरेकाे सम्बोधनले हाल देशमा ‘पहेँला टिसर्टधारी’ हरुको आन्दोलनका क्रममा राखिएका मागहरुको पनि सम्बोधन हुने भन्दै यस विषयमा यहाँको संसदलाई विश्वस्त पार्ने प्रयास गर्ने जनाइएको छ। मंगलबार बस्ने यहाँको संसदको बैठकलाई फ्रान्सेली सरकारले यस विषयमा आश्वस्त पार्ने प्रयास गर्ने समाचारमा जनाइएको छ।

पहेँला टिसर्टधारीहरुले आन्दोलनकै माध्यमबाट सरकारलाई दबाब दिने प्रयास गरिरहेका बताइएको छ। सोमबार फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोले राष्ट्रका नाममा सम्बोधन गरेका थिए। उनले सो सम्बोधनका क्रममा हाल फ्रान्समा जारी रहेको आन्दोलनलाई मत्थर पार्ने प्रयास गरेकाे बताएका थिए।

सो सम्बोधनपछि सरकारले मंगलबार संसदलाई आश्वस्त पार्ने प्रयाय पनि गर्न लागेको जनाइएको छ। सो घोषणामा हाल आन्दोलनमा जारी राखिएका मागहरुलाई राष्ट्रवपतिले सम्बोधन गरेकाे बताइएको छ।

 

भ्रष्टाचारीका पक्षमा पेसागत संगठन

सिक्टा सिँचाइ आयोजनामा भ्रष्टाचार गर्ने निर्माण व्यवसायी, परामर्शदाता र प्राविधिक कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेपछि पेसागत संगठन त्यस्ता अभियुक्तलाई बचाउने प्रयासमा लागेका छन्।

भ्रष्टाचारको अभियोग लागेका व्यक्तिहरूलाई बचाउन एक्लो आवाज पर्याप्त नभएपछि पेसागत संगठन प्रयोग गरी जोगाउने कसरत थालिएको हो। संवैधानिक निकाय आयोगले लामो अनुसन्धानपछि दर्ता गरेको उक्त भ्रष्टाचार मुद्दाविरुद्ध सोमबार निर्माण व्यवसायी महासंघ, सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इन्जिनियरिङ फर्मस र नेपाल इन्जिनियर्स एसोसिएसनले विज्ञप्ति जारी गरी असन्तुष्टि जनाएका हुन्। महासंघले त आफूलाई देशभरको १५ हजारभन्दा बढी निर्माण व्यवसायीहरूको छाता संगठनको रूपमा चिनाउँदै ‘व्यवसायीहरूप्रति भएको अन्याय, अत्याचारमा ध्यान दिनु कर्तव्य र दायित्व भएको’ जनाएको छ।

 

 स्क्रिनमा बढी समय बिताउने बच्चाको मस्तिष्कमा नकारात्मक प्रभाव

अनुसन्धानकर्ताहरुले प्रारम्भिक तथ्यांकहरुको विश्लेषणबाट मोबाइलजस्ता स्मार्ट उपकरणको बढी प्रयोग गर्ने तथा भिडियो खेलमा बढी समय बिताउने बालबच्चाको मस्तिष्कमा “भिन्न संरचना” भेटिएको बताएका छन्। आधुनिक यस्ता उपकरणबाट बाल मस्तिष्कमा पर्ने प्रभावका बारेमा हाल संयुक्तराज्य अमेरिकामा गहन अध्ययन भइरहेको छ।

राष्ट्रिय स्वास्थ्य इन्स्टिच्यूट (एनआईएच) को प्रारम्भिक अध्ययनमा दिनमा सात घण्टाभन्दा बढी समय मोबाइल चलाउने र भिडियो खेल खेल्ने नौ र दश वर्ष उमेरका बालबच्चाको मस्तिष्कको बाहिरी आवरण (कोर्टेक्स) चाँडै पातलिने सङ्केत पाइएको छ। कोर्टेक्स भन्नाले बाह्य जानकारी प्रशोधन गर्ने मस्तिष्कको सबैभन्दा बाहिरी पत्र हो, र यस पत्र हुँदै सूचना एवं जानकारी मस्तिष्कको भित्री तहमा पुग्छन्।

 

एसिया प्यासिफिकजस्ता सम्मेलन भइरहनुपर्छः पराराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री  प्रदीप ज्ञवालीले काठमाडौंमा हालै सम्पन्न एसिया प्यासिफिक सम्मेलनले नेपाललाई विश्वमै चिनाएको टिप्पणी गरेका छन्। नेपालको परिचयलाई विश्वमा विस्तार गर्न यस्ता सम्मेलन प्रभावकारी हुने भन्दै यस्ता सम्मेलन भइरहनुपर्ने जिकिर गरेका हुन्।

परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा ज्ञवालीले भने,‘ एसिया प्यासिफिक सम्मेलनले नेपालको पहिचान विश्वमा बढाएको छ, वास्तवमा यस्ता कार्यक्रम भइरहनु पर्छ।’ सम्मेलनमा उनले मानव तस्करीको अभियोग लागेकी अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाबारे अनुसन्धान जारी रहेको जानकारी गराएका छन्। शेर्पालाई हटाउने निर्णय भइनसकेको उनले बताए।

नेपालले थप पाँच देशका लागि राजदूत सिफारिस गर्ने प्रक्रिया पनि जारी रहेको भनाई उनको थियो। ज्ञवालीले अमेरिका र चीनबीचको व्यापार द्वन्द्वले नेपाल चिन्तित रहेकोसमेत बताएका थिए।

 

मिडियालार्इ अंकुश लगाउँदै प्रदेश सरकार

प्रदेश ३ सरकारले सञ्चारमाध्यमको दर्ता खारेज गर्ने र पत्रकार तथा सञ्चालकलाई जेल हाल्न सक्ने प्रावधानसहितको कानुन लागू गर्ने भएको छ। प्रदेशसभाबाट पारित प्रदेश सञ्चार व्यवस्थापनसम्बन्धी विधेयकअनुसार इजाजतपत्र नलिई कार्यक्रम उत्पादन, वितरण तथा डाउनलिंक गरेमा त्यस्तो व्यक्तिलाई जरिवाना र एक वर्षसम्म कैद वा दुवै हुनेछ।

दफा ४६ को उपदफा १ मा कसैले इजाजतपत्र नलिई कार्यक्रम उत्पादन, वितरण तथा डाउनलिंक गरेमा त्यस्तो व्यक्तिलाई पहिलोपटक सचेत गराउने र पुनः सोही प्रकृतिको कसुर दोहो-याएमा इजाजतपत्र दस्तुरबराबर रकम असुल उपर गरी सो बराबरको रकम जरिवाना वा एक वर्षसम्म कैद वा दुवै हुने उल्लेख छ।

विधेयकको दफा ४ मा ‘कसैले पनि ऐनबमोजिम इजाजतपत्र नलिई कुनै पनि कार्यक्रम प्रसारण गर्नु हुँदैन’ भन्ने उल्लेख छ।