“राजा नचिन्ने नायिका पनि छन,हाम्राे देशमा”-जयानन्द लामा

प्रधानमन्त्रीको सम्बोधनमा मन्त्रीबाट ‘बहिष्कार’

नयाँ वर्ष २०७६ को शुभकामनासहित प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा गरेको सम्बोधनका बेला मन्त्रिपरिषद्का प्रभावशाली मन्त्रीहरू नै उपस्थित भएनन्। प्रधानमन्त्री ओलीले आइतबार बिहान साढे ६ बजेभित्र बालुवाटार उपस्थित हुन सबै मन्त्रीलाई खबर गरे पनि तत्कालीन माओवादी केन्द्रका तर्फबाट मन्त्रिपरिषद्मा सहभागी गृहमन्त्री रामबहादुर थापा, ऊर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, उद्योगमन्त्री मातृका यादव, कृषिमन्त्री चन्द्रप्रकाश खनाल र खानेपानीमन्त्री बिना मगर सम्बोधनमा उपस्थित नभएका हुन्।

सरकारी जग्गा व्याक्तिका नाममा दर्ता हुँदैन : मन्त्री अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सरकारी जग्गा व्यक्तिका नाममा कुनै पनि हालतमा दर्ता नहुने बताएकी छन्।स्याङ्जाको चापाकोटमा आयोजित कार्यक्रममा मन्त्री अर्यालले सर्वोच्च अदालतकै फैसला आए पनि सरकारी जग्गा व्याक्तिका नाममा दर्ता गर्न नसकिने बताइन्।

उनले त्यस्तो सपना नदेख्नसमेत आग्रह गरिन्। ‘यदि कसैले त्यस्तो सपना देखेको छ भने त्यो सपना नदेखे हुन्छ’, मन्त्री अर्यालले भनिन्।
जनताको सम्पत्तिको रक्षा गर्ने दायित्व सरकारको भएको बताउँदै मन्त्रालयले मालपोत र नापी कार्यालयमा रहेका श्रेस्तालाई कप्युटर प्रणालीमा सुरक्षित राख्न कार्यालयमा रहेका पुराना कागजपत्रलाई स्क्यानिङ गर्ने काम भइरहेको बताइन्।

कब्जा गरिएका सरकारी जग्गा फिर्ता गराइन्छ’

प्रधानमन्त्री केपी शर्मा ओलीले कब्जा गरिएका सरकारी जग्गा फिर्ता गराइने बताएका छन्। नयाँ वर्ष २०७६ को अवसरमा आइतबार बालुवाटार परिसरबाट देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गएको वर्ष भ्रष्टाचार र बेतिथिविरुद्दको अभियानको वर्ष रहेको बताए।

उनले प्रश्न गर्दै भने, ‘यस अघि कुनै उच्च ओहोदामा बस्ने मान्छे छानविनको दायरामा आएका थिए? शंकाको घेरमा परेका र विगतमा अवाञ्छनिय काममा संलग्नहरु अहिले किन छट्पटाएका छन्?’ ‘घर जग्गा कारोबार होस वा संगठित तस्करी, अवाञ्छित कामको छानबिन जारी छ। जालझेल गरेर कब्जा गरिएका सरकारी जग्गाहरु धमाधम फिर्ता गरिँदैछ र गरिँदै जानेछ। राज्यको सम्पत्तिमाथिको अनैतिक दोहनलाई सरकारले छुट दिने छैन्।’

महासचिव ठगिनुभयो : सञ्चारमन्त्री

सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेल नै भूमाफियाबाट ठगिएको बताएका छन्। सरकारको नियमित पत्रकार सम्मेलनमा बिहीबार सञ्चार मन्त्री बास्कोटाले बालुवाटारस्थित ललितानिवास हडप्नेलाई सरकारले कुनै पनि हालतमा उन्मुक्ति नदिने बताउँदै पार्टीका महासचिव नै ठगिएको दाबी गरे।

‘उहाँ (पौडेल) आफैंले किनेको जग्गा नै नक्कली परेछ। उहाँ अपराधी होइन, पीडित हो’, मन्त्री बास्कोटाले भने, ‘सरकारी जग्गा खरिदमा उहाँ (पौडेल) को संलग्नता छैन। त्यहाँ अरू नै संलग्न छन्। सरकारले जग्गा रोक्का गरिसकेको छ। सरकारी सम्पत्तिको रक्षा गर्ने जिम्मा सरकारको हो र गर्छ। पीडित र पीडक सञ्चारमाध्यमले छुट्याउनुपर्छ।’ ललितानिवास हडप्नेमाथि कारबाही प्रक्रिया अघि बढाइसकेको दाबी गर्दै मन्त्री बास्कोटाले भने, ‘सरकारले ललितानिवास फिर्ता गर्न आवश्यक प्रक्रिया अघि बढाइसकेको छ। सरकारी जग्गा व्यक्तिको नाममा लैजानेमाथि अनुसन्धान सुरु भइसकेको छ, जोसुकैको संलग्नता भए पनि उनीहरुमाथि कारबाही हुन्छ।’ सरकारी जग्गा व्यक्तिका नाममा नामसारी गर्ने कर्मचारीमाथि कारबाही हुने उनले बताए।