हेमन्त कान्छाको रुवाउने भाका

योगेश भट्टराईको प्रश्न: सात जनालाई हालेर किन उडान गरियो?

 नेकपाका नेता तथा ताप्लेजुङ्का सांसद योगेश भट्टराईले हेलिकप्टरमा सात जना हालेर उडाइएप्रति प्रश्न गरेका छन्। भिआइपीको उडानमा पाइलटकसहित पाँच जनाभन्दा बढी पाथिभरामा उडान गर्न नमिल्ने उनले फेसबुकमा लेखेका छन्।

भट्टराई कै निर्वाचन क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परी पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु भएको घटनालाई लिएर उनी फेसबुकमा लेख्छन्, ‘भीआइपी उडानमा पाइलटसहित पाँच जनाभन्दा बढी पाथिभरामा उडान गर्न मिल्दैन भनेर केहीलाई सुकेटार वा ताप्लेजुङ् बजार मै झारेर मात्र पाथिभरा उडान गर्दै आएका छन्, पाइलटहरूले। तर आज मौसम खराब हुँदाहुदै ७ जनालाई लिएर किन उडान गरियो? समयले उत्तर माग्छ।’

Wardrobe: The Shine Collection Bagbazar, Kathmandu 9869050396

नेपालमा कृषि सिकाउँदै अमेरिकी नागरिक एरिक ‘प्रेम’

प्रेम थापाको वास्तविक नाम एरिक ब्रायन हो। उनको वास्तविक घर अमेरिकाको न्यूयोर्कमा हो। नेपालमा कृषि सिकाउन तथा संस्कृति बुझ्नको लागि नेपाल आएको प्रेमले बताए। उनी २० महिना अगाडि नेपाल आएका हुन्।

पाल्पाको तानसेन नगरपालिका–९, मदनपोखराको छापमा उनले कृषि कार्य गर्दै आएका छन्। दिनहुँ गाउँका कृषकसँग मिलेर काम गर्ने र उनीहरुसँगै सिक्ने सिकाउने प्रेमको दैनिकी बनेको छ। उनी भन्छन्, ‘नेपाल कृषि प्रधान देश भन्ने सुनें। नेपालमा आएर यहाँको कृषिका विषयमा मैले स्नातकोत्तर तहका लागि थेसिस लेख्दै छु। कृषिको काम जसमा च्याउको काम गर्दै छु। नेपालमा सस्टेनेबल कृषिको कार्य भएको रहेछ। म दुई वर्षको लागि नेपाल आएको हुँ। म चार महिनापछि अमेरिका पुगेर फर्कन्छु। पूनः एक वर्ष बस्ने सोंच छ।’

हेलिकोप्टर दुर्घटनापछि अनेकौं अड्कलबाजी

ताप्लेजुङको पाथीभरा मन्दिर आसपासमा बुधबार मध्याह्न पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको ज्यान लिएको हेलिकोप्टर दुर्घटनाका विषयमा अनेकौं अड्कलबाजी हुन थालेका छन् । स्थानीयले बाटो बिराएका कारण हेलिकोप्टर दुर्घटनामा परेको अनुमान गरेका छन् भने केहीले क्षमताभन्दा बढी वजन बोकेकाले भार थेग्न नसकी हेलिकोप्टर एक्कासि भुइँमा झरेको बताएका छन् । बढी वजन, गलत बाटो र हावाहुरीका कारण करिब ३ हजार मिटर उचाइको तारेभीरमा जहाज ठोक्किएको अड्कल गर्नेहरु थुप्रै छन् ।

सामान्यतया माउन्टेन फ्लाइटमा जाने हेलिकोप्टरले पाँचजनाको भार थेग्न सक्छ । हिमालयन गाइड्स ट्रेक्स एन्ड एक्सपिडिसन प्रालिका प्रबन्ध निर्देशक ईश्वरी पौडेलका अनुसार चालकसहित नेपाली नागरिकको हकमा ६ जनासम्मको भार माउन्टेन फ्लाइटका लागि सामान्य हो ।

परिपक्व इमरान! प्रतीक्षा मोदीको

आणविक अस्त्र सुसज्जित भारत पाकिस्तानबीच देखिएको तनाव केही मत्थर हुने संकेत देखिएको छ। बुधबार पाकिस्तान सीमा क्षेत्र प्रवेश गरेको भारतीय वायुसेनालाई पाकिस्तानी सेनाले खसालेको थियो। त्यस क्रममा भारतीय वायुसेनाका पाइलट पाकिस्तानी सैन्य नियन्त्रणमा परेका थिए। पाकिस्तानी सेनाको नियन्त्रणमा रहेका ती पाइलट अभिनन्दन वर्थमानलाई पाकिस्तानले रिहा गर्ने निर्णयसँगै स्थिति केही साम्य हुने अनुमान गरिएको छ।

बेलायती मन्त्रीद्वारा नेपाली सेनाको प्रशंसा

बेलायती रक्षा राज्यमन्त्री मार्क लङ्कास्टरले नेपाली सेनाको प्रशंसा गर्दै नेपाल र ब्रिटेन विश्वकै दुई महान मुलुकहरु भएको बताएका छन्।लन्डनस्थित नेपाली दूतावासद्वारा नेपाली सेना दिवसको अवसरमा सोमबार आयोजित एक समारोहलाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले नेपाल तथा बेलायतबीचको सम्बन्ध २०० वर्षभन्दा पुरानो रहेको बताउँदै गोर्खा बाहेक अरु क्षेत्रमा पनि दुई देशबीच निकट सम्बन्ध रहेको बताए।१४ पटक नेपालको भ्रमण गरेका लङ्कास्टर गत साता मात्रै  नेपालको भ्रमण गरेर ब्रिटेन फर्किएका थिए। लङ्कास्टरले आफ्नो नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री इश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतका उच्चपदस्थअधिकारीसँग भेटवार्ता गरेको बताए ।