जहाज कुराउछन् नेता, विरोध गर्दा राजावादीको आरोप!

भूमि सम्बन्धी आठौं संशोधन पारित, कांग्रेसको असहमति

काठमाडौं– राष्ट्रियसभाले भूमि सम्बन्धी (आठौ संशोधन) विधेयक २०७५ बहुमतले पारित गरेको छ। राष्ट्रियसभाको मंगलबारको बैठकले भूमि सम्बन्धी आठौ संशोधन विधेयक २०७५ लाई  संशाेधनसहित बहुमतले पारित गरेको हो।

यसअघि विधायन समितिको प्रतिवेदनको १ देखि १३ सम्मका संशोधित बुँदाहरु बहुमतबाट स्वीकृत भएको थियो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने विधेयकमा उल्लेखित हदबन्दी भन्दा बढीको जग्गा र सार्वजनिक प्रकृतिको जग्गा प्रयोग सम्बन्धी व्यवस्थामा असहमति जनाएको छ। विधेयकमाथि विधायन समितिको प्रतिवेदनसहितको छलफलमा सहभागी हुदै नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले सामन्ती राजाले २०२१ सालमा ल्याएको भूमि सुधार सम्बन्धी ऐन भन्दा पनि पश्चगामी रुपमा सरकारले विधेयक ल्याएको भन्दै गम्भीर असहमति जनाए।

Wardrobe: The Shine Collection Bagbazar, Kathmandu 9869050396

अन्न भण्डार क्षेत्रनै परेन कृषि प्राथमिकतामा

भैरहवा- नेपालकै अन्न भण्डारको रुपमा चिनिने मर्चवारमा कृषि प्राथमिकतामा परेको छैन्। मर्चवार क्षेत्रका गाउँपालिकाले यस वर्ष पनि भौतिक पूर्वाधारलाई नै प्राथमिकता दिइ योजना अघि सारेका छन्। मर्चवारको मुख्य स्थानीय तह कोटहीमाई, सम्मरीमाई र मर्चवारी गाउँपालिकाको अर्थतन्त्रको मुख्य आधारनै कृषि भए पनि प्राथमिकता भने पुरानै ढर्रा अनुसार दिइएको छ।

गाउँपालिकाहरुले कृषि क्षेत्रलाई प्राथमिकतामा दिनुको साटो सडक, भवनलगायतका क्षेत्रमा विगत ३ वर्षदेखि प्राथमिकता दिदै आएका छन्। हरेक वर्ष कहिले मल वीउ पाइएन कहिले जल पाइएन भनेर मर्चवारबासीले दुःख भोगेको भए पनि संघीयता पछि बनेको स्थानीय सरकारले समेत त्यसतर्फ ध्यान दिन सकेका छैनन्।

“भ्रमण वर्षले छोएन बुद्धस्थल”

लुम्बिनी – अहिले प्रदेश सरकारको लुम्बिनी भ्रमण वर्ष चलिरहेको छ। चार महिनापछि नेपाल भ्रमण वर्ष २०२० सुरु हुनेछ। प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्षको नाममा करोडौं रकम खर्च गरिरहेको छ। केन्द्र सरकारले पनि पर्यटनकै नाममा बजेट छुट्याएको छ। तर, केन्द्र र प्रदेश सरकारले पर्यटन वर्षका नाममा करोडौं बजेट खर्च गरिरहँदा पनि देशकै मुख्य पर्यटकीय स्थल लुम्बिनी  र यहाँका बुद्ध स्थलमा कुनै चहलपहल छैन। न त स्थानीयलाई भ्रमण वर्षबारे कुनै जानकारी नै छ।

बुद्ध स्थलमा न पर्यटकीय गतिविधि भएका छन् न त पूर्वाधार विकासमा कुनै प्रगति छ। लुम्बिनीलाई आधार बनाएर प्रदेश ५ लाई मुलुककै उत्कृष्ट पर्यटकीय गन्तब्य बनाउने भन्दै प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष २०७६ घोषणा गरेको हो। गत जेठ ४ गते  बुद्ध जयन्तीका दिन राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले तामझामका साथ लुम्बिनी भ्रमण वर्षको शुभारम्भ गरेका थिए। तर, चार महिना बितिसक्दा पनि लुम्बिनी, कपिलबस्तु र नवलपरासीका बुद्ध स्थलमा भ्रमण वर्षको कुनै छनकसम्म देखिँदैन। बरु अस्तव्यस्त नाका, भत्केका सडक, कमजोर सुरक्षा व्यवस्थाका कारण सास्ती भोग्नु परेको पर्यटकका गुनासा मात्रै सुनिन्छन्।

विदेशी पाहुना भक्तपुरमा रमाए

काठमाडौं – काठमाडौं महानगरपालिकाको निम्तामा आएका विदेशी नगरका प्रमुख, उपप्रमुख तथा प्रतिनिधिहरुले भक्तपुर दरबार स्क्वायर र ललितपुरको पाटन दरबार स्क्वायर भ्रमण गरेका छन्। आइतबार महानगरको निम्तोमा इन्द्रजात्रा अवलोकनका लागि काठमाडौं आएका प्रतिनिधिहरुलाई महानगरपालिकाले अवलोकन गराएकोे हो।

भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले पाहुनाहरुलाई भक्तपुर दरबार स्क्वायरमा स्वागत गरेर तलेजु, न्यातापोल, दत्तात्रय मन्दिरलगायतका ऐतिहासिक सम्पदाको अवलोकन गराइयो। इन्द्रजात्रा अवलोकनका लागि पाँयच देशका सहरका मेयरसहित ४१ विदेशी पाहुना गत बिहीबार नेपालमा आएका थिए। जसमा चीनको ल्हासाबाट मेयर गुहेओ गुहेओ, भुटानको थिम्पु नगरका मेयर किन्ले दोर्जे, भारतको नर्थ दिल्ली म्युनिसिपलबाट मेयर सरदार अभतार सिंह, चीनको लाञ्चाउबाट कमिटी अफ द सिपिपिसिसीका उपाध्यक्ष ज्याङ् सिओहाङ् लगायत छन्।

न सन्तान रह्यो, न सम्पत्ति

सिसवा (सिरहा) – गैरकानुनी अस्पतालबारे जानकारी भएको भए सन्तान गुमाउनुको सन्ताप खप्नु पर्दैनथ्यो। सरकारी कमजोरीका कारण सन्तान गुमाउनुको वियोगसँगै पलपल जीवनका लागि संघर्ष गरिरहेकी मिर्चैया नगरपालिका–३ सिसवा टोलकी शोभादेवी चौधरी बिलौना गर्दैछिन्।

‘अस्पताल कानुनी रूपमा सञ्चालित हो कि गैरकानुनी ? दक्ष जनशतिm छन् कि छैनन् ? अस्पतालले दिने सेवाको अनुमति लिएका छन् कि छैनन् ? हामी दूरदेहातका मान्छेलाई के थाहा,’ शोभाले लामो र्सै सुनाइन्। ‘अस्पताल हो, राम्रै इलाज हुन्छ भनेर गएकी थिएँ,’ उनले रुँदै भनिन्, ‘सरकारी लापरबाहीको फाइदा उठाउँदै सञ्चालित गैरकानुनी सेवाले मेरो जीवन नै समाप्त पारिदियो।’

गत साउन २६ गते सोमबार सामान्य पेट दुखेपछि शोभालाई परिवारका सदस्यले एम्बुलेन्समा राखेर लहान–३ अस्पताल चोकस्थित सुनिता श्रेष्ठद्वारा सञ्चालित प्रसूति सेवा केन्द्रमा लगे। तीन छोरीकी आमा शोभाले पहिला मिर्चैयास्थित नर्सिङ होममा नियमित गर्भ जाँच गराउँदै आएकी थिइन्। तर त्यो दिन काका नाता पर्नेको सल्लाहमा उनी श्रेष्ठको प्रसूति सेवा केन्द्रमा पुगेकी थिइन्। भरपर्दो उपचारको आसमा प्रसूति सेवा केन्द्र पुगेकी शोभालाई श्रेष्ठले मेरिगोल्ड हेल्थ पोलिक्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टरमा रेफर गरिन्। ‘त्यहाँ हिँड्नुस्, जाँच यन्त्र राम्रो छ, राम्रोसँग जाँचिदिन्छु भनिन्,’ श्रेष्ठलाई उद्धृत गर्दै शोभाकी सासू लिल्साले बताइन्। उनका अनुसार साँझमा कतै बाहिर लग्नुपर्छ कि भनेर सोध्दा ‘सुनिता दिदी’ ले यही नर्मल डेलिभरी हुन्छ, कतै लानुपर्दैन भनिन्।

हिमाल चढ्दै झिँगा र लामखुट्टे

लोमान्थाङ (मुस्ताङ) – तीन हजार आठ सय मिटरको उचाइमा रहेको लोमान्थाङमा झिँगाको बिगबिगी बढेको छ। सुन्दै अचम्म लाग्ने, उचाइ र चिसो हुने ठाउँमा समेत प्रत्येक घरका भित्ता र होटलमा झिँगा भेटिन थालेका छन्। झिँगासँगै लामखुट्टेको संख्या पनि बढ्दै गएको छ। वर्ष दिनअघि मात्र मुस्ताङको सदरमुकाम जोमसोममा पाइने लामखुट्टे अहिले उच्च हिमाली क्षेत्रमा पनि भेटिन थालेको छ।

हिमाली क्षेत्रमा तापक्रम बढ्दै गएको छ। झिँगासँगै लामुखट्टेको जीवनचक्रसमेत लोमान्थाङमा सुरु हुन थालेपछि जलवायु परिवर्तनको प्रत्यक्ष असर देखिएको अनुमान गर्न सकिन्छ। यसले स्वास्थ्यक्षेत्रमा गम्भीर असर पु¥याउने सम्भावना छ। ‘लामखुट्टे र झिँगा देखिएको थिएन। तर अहिले झिँगासँगै लामखुट्टे देखिन थालेका छन्,’ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप लोमान्थाङका निमित्त कार्यालय प्रमुख श्रीकृष्ण न्यौपानले भने, ‘झिँगा र लामखुट्टेसँगै नयाँ कीरासमेत देखिन थालेका छन्।’ चराहरू पनि नयाँ आउन थालेको उनको अनुभव छ। उनी भन्छन्, ‘यो ढुकुर नहुने ठाउँ हो तर पछिल्लो समय यस चराको गुँड नै देखिएको छ।’

राहदानी विधेयक प्रतिवेदन पेश

काठमाडौँ- राष्ट्रियसभाको आजको बैठकमा विधायन समितिका सभापति परशुराम मेघी गुरुङले ‘राहदानी विधेयक, २०७५’ सम्बन्धी समितिको प्रतिवेदन पेश गरेका छन्।

बैठकमा सभापति गुरुङले प्रतिनिधिसभाबाट सन्देशसहित पुनर्विचारका लागि सो विधेयक प्रस्तुत गरेका थिए। रासस

राष्ट्रियसभामा शून्य समयः एनसेलदेखि नेतामाथि गाली गर्नेलाई कारवाहीसम्म

काठमाडौं– राष्ट्रियसभा सदस्यहरुले समसामयीक र क्षेत्रगत विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। राष्ट्रियसभाको मंगलबारको बैठकको शुन्य समयमा बोल्दै सांसद अनिता देवकोटाले मुलुकका विभिन्न स्थानमा हत्या हिंसाका घटना भईरहेको भन्दै शान्ति सुरक्षाको प्रत्याभुति गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराइन।

सांसद कविता बोगटीले हुम्ला जिल्लाको वैकल्पिक यातायातको माध्ययम भनेको हवाईसेवा मात्रै भएको भन्दै विगतमा वायु सेवा निगमसँग भएको सम्झौता लागु गर्न सरकारको ध्यानाकर्षण गराइन।

सांसद खिमकुमार विश्वकर्माले एनसेलको लाभ कर सम्बन्धमा सर्वोच्च अदालतको फैसलाले राज्यलाई अर्बौ रुपैयाँ घोटला भएको भन्दै सो आदेशबारे चासो देखाउँदै सो सम्बन्धमा सरकारको धारणा माग गरे।

दीपशिखाको निर्देशन- ‘अनूमति नलिई कुनै निर्णय नगर्नू’

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को युवा संगठन युवा संघले आफ्ना जिल्ला संगठनले निर्णय गर्नुपूर्व अनुमति लिन निर्देशन दिएको छ। ज्ञानेन्द्र शाहीलाई केहि जिल्लाहरुमा तत्कालिन वाइसिएल र युवा संघले प्रवेश निषेध गरिरहेको बेला केन्द्रीय कमिटीका संयोजकले यस्तो धारणा सार्वजनिक गरेका हुन्।

सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रिय युवा संघका केन्द्रीय सहइन्चार्ज तथा संयोजक रामप्रसाद सापकोटा दीपशिखाले ‘स्थानीय विषय बाहेक अन्य विषयहरूमा धारणा वा निर्णयहरू सार्वजनिक गर्नुपूर्व केन्द्र वा आफूभन्दा उपल्लो कमिटीसँग अनुमति लिनुहुन निर्देशन दिएका हुन्।

अराजकताको प्रतिवाद गर्न दाहालको निर्देशन

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अराजकता निम्त्याउने तत्वको प्रतिवाद गर्न जनवर्गीय तथा युवा तथा विद्यार्थीलाई निर्देशन दिएका छन्।

पार्टी कार्यालय धुम्बाराहीमा तत्कालीन माओवादीका स्वर्गीय नेता पोष्टबहादुर बोगटीको स्मृतिमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले सो निर्देशन दिएका हुन्।

‘अराजक हुने, लोकातान्त्रिक गणतन्त्र निमोठ्न खोज्ने, जनतामा भ्रम छर्ने र हत्केलाले सूर्य छेक्न खोज्ने अराजक तत्वको प्रतिवाद गर्न र उनीहरूबाट सतर्क रहन विशेषगरी युवा र विद्यार्थी साथीहरूलाई विशेष अपिल गर्दछु,’ अध्यक्ष दाहालले भने।

सञ्चारमैत्री बन्दै दोलखा

दोलखा- नेपाल टेलिकम दोलखाले आफ्नो सेवामा विस्तार गर्ने भएको छ। हाल दोलखा जिल्लाका सात गाउँपालिका र दुई नगरपालिकामा सेवा विस्तार गर्न लागिएको हो।

जिल्लाका विभिन्न ठाउँमा टावर निर्माणसँगै नयाँ गाउँपालिकाहरुमा टेलिफोन लाइन वितरण गर्ने काम तीव्र गतिमा हुँदै आएको टेलिकम दोलखाले जनाएको हो। हाल शैलुङ गाउँपालिका वडा नं ८ को भैसेडाँडामा निर्माण भएको टावर भर्खरै सञ्चालनमा आएको छ।

त्यसैगरी जिरीको हाटडाँडामा रहेको टावर अबको केही दिनमा सञ्चालनमा आउने टेलिकम दोलखाका कार्यालय प्रमुख श्याममणि अर्यालले जानकारी दिए।

अर्यालका अनुसार लादुकमाथि चित्रेको टावर सञ्चालनमा आएसँगै दोलखा र रामेछापका केही स्थानीय व्यक्तिसँग टेलिफोनसँग जोडिएको समेत उनले जानकारी दिए। टावर विस्तार गर्ने क्रममा अबको केही दिनमा नै तामचेत दूधपोखरीमा टावर निर्माण हुने जनाइएको छ।

पुल सञ्चालनमा आयो तर श्रमिकले अझैं पाएनन् ज्याला

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र साकेला गाउँपालिका जोड्ने पक्की पुल निर्माणको क्रममा श्रम गरेका कामदारहरुले वर्षौ वित्दा पनि ज्याला नपाएको गुनासो गरेका छन्।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ र साकेला गाउँपालिका–५ मात्तिम जोड्ने साप्सु खोला (दोश्रो) पुल निर्माणकाक्रममा २०७२ सालमा श्रम गरेका कामदारले हालसम्म पारिश्रमिक नपाएको गुनासो गरेका हुन्। पुल निर्माणकाक्रममा मिस्त्री, गिटी कुट्ने, वालुवा ओसार्ने लगायतका मजदुरीका काम गरेका ३० जनाभन्दा बढी कामदारले तीन वर्ष वित्दा समेत पूर्ण पारिश्रमिक नपाएको बताएका छन्।

पुल सञ्चालनमा आइसक्दा पनि निर्माण कम्पनी गजुरमुखी/हरिहरि निर्माण सेवा जेभीका प्रतिनिधिले कामको ज्यालाको हिसाव किताव चुक्ता नगरेको साकेला गाउँपालिका–५ मात्तिमकी कामदार चन्द्रकला राईले बताइन्। ‘ठेकेदारले अझै दुई गाडी र ३२ टिन गिटी कुटेको पैसा पाएको छैन,’ राईले भनिन्, ‘श्रीमान भर्तमानले पनि मिस्त्री काम गरे वापतको तीन महिनाको ज्याला पाउन बाँकी छ।’

Wardrobe: The Shine Collection Bagbazar, Kathmandu 9869050396