कल गर्ल भन्छन् “विर्सेर पनि सेक्स वर्कर नबन्नु “

राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका अनुसार नेपालमा प्रत्येक दिन ३ जना एचआइभी संक्रमीत भइरहेका छन् । एचआइभी संक्रमणको उच्च जोखिममा रहेका समूहहरु सुईद्वारा लागू पदार्थ प्रयोग गर्नेहरु, यौनकर्मी, पुरुष समलिगंी तथा तेस्रोलिगीहरु, रोजगारीका लागि विदेशिनेहरु र कारागारका कैदीहरु छन् । जसमध्ये सुइद्वारा लागूपदार्थ प्रयोग गर्नेहरु र पुरूष समलिंगी यौनकर्मीहरुमा अरु समूह भन्दा एचआइभी संक्रमण हुने उच्च जोखिम रहेको छ ।

हरेक व्यक्क्तीका जीवनमा आफ्नै भोगाइ र सिकाइ हुन्छन् । कसैले जीवनका भोगाइबाट सिकेर जीवनको गोरेटोलाइ परिवर्तन गर्न चहान्छन् भने कसैले चाहेर पनि परिर्वतन गर्न सक्दैनन् । राजधानीका सडक देखि महलसम्म सेक्स वर्करका रूपमा कति छन् भन्दा यसको यकीन तथ्या«ङ छैन । प्राय जसो सडकमा होस् वा ठुला होटेल, फ्ल्याटमा सेक्स वर्कर गर्ने धेरै युवायुवतीहरुको परिवारलाइ के काम गर्छन् भन्ने समेत जानकारी हुँदैन । अहिले युवती मात्र होइइन । केहि युवाहरु पनि सेक्स वर्करका रुपमा व्यक्तीगत सम्पर्कमा जानेगरेको पाइन्छन् । धेरै जसो युवतीहरु प्रेमी र श्रीमानबाट पीडा पाएर सडकमा पुगेको भेटिन्छन् । नयाँ ऐन संसोधन भएपछि सडकमा सेक्स वर्करको रुपमा संलग्न रहेको भेटिएमा ३ महिना जेल सजाय सहति १० हजार जरिवाना तोकिएको छ । नयाँ ऐन संसोधन भएपछि यो नियम भदौ १ गते लागू भएको हो । हामीले नागरिक संवादमा कल गर्ल र सडकमा सेक्स वर्करको रूपमा काम गर्ने एचआइभी भएकी युवतीहरुसँग संवाद गरेका छौ ।