शेरबहादुर vs राष्ट्रपति विद्यादेवी भण्डारी

सत्तारुढ नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच ६ बुँदे समझदारी

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीच पार्टीगत सहयोग आदानप्रदान समझदारी भएको छ। प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओ र नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपालले मंगलबार दुई पार्टी बीच सहयोग आदानप्रदान गर्ने सम्झैता पत्रमा हस्ताक्षर गरेका हुन्।

काठमाडौंमा एक समारोहका बीच दुई पार्टीबीच गरिएको ६ बूँदे समझदारीमा दुई पार्टी बीचको राजनीतिक तथा आर्थिक मोडलको आदानप्रदानका लागि उच्चस्तरीय भ्रमण गर्ने, नेपालमा भइरहेको कम्युनिष्ट पार्टीको राजनीतिक तथा सैद्धान्तिक बहसलाई दुवै पार्टीले तीव्रता दिनेलगायतका विषयलाई मुख्य जोड दिइएको नेकपाका विदेश विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

Wardrobe: The Shine Collection Bagbazar, Kathmandu 9869050396

भ्रष्टाचार नियन्त्रणका लागि खबरदारी गर्न सञ्चार माध्यमलाई उपराष्ट्रपतिको आग्रह

काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा बढ्दो भ्रष्टाचार नियन्त्रणका लागि खबरदारी गर्न सञ्चार माध्यमहरुलाई पनि आग्रह गरेका छन्। उपराष्ट्रपति पुनले नागरिक अधिकारको रक्षा गर्ने दायित्व पनि सञ्चार माध्यमहरुले पूरा गर्न सक्ने पनि स्मरण गराएका छन्।

मंगलबार काठमाडौंमा आयोजित हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार’ समारोहलाई सम्बोधन गर्दै उनले संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको उपभोग गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढिकरण तथा समृद्धि नेपालः सुःखी नेपाली’को राष्ट्रिय आकांक्षालाई पूरा गर्न महत्वपूर्ण योगदान पु-याउन पनि संचार क्षेत्रले उल्लेखनीय योगदान पु-याउनुपर्नेमा जोड दिए। उपराष्ट्रपति पुनले त्यस अवसरमा नेपालका संचार क्षेत्रले मुलुकको राजनीतिक परिवर्तन तथा आर्थिक–सामाजिक रुपान्तरणको क्षेत्रमा खेल्दै आएको भूमिकाको पनि खुलेर प्रशंसा गरे।

प्रहरीलाई अपहरण गर्न खोज्ने तस्करमाथि गोली प्रहार

मकवानपुर– प्रहरीलाई अपहरण गर्न खोज्ने अवैध लागूऔषध गाँजा तस्करीमा संलग्नलाई प्रहरीले गोली प्रहार गरेर पक्राउ गरेको छ। गोली लागि घाइते हुनेमा ना ६ ख १३१ नम्बरका ट्रक चालक पर्साको वीरगञ्ज महानगरपालिका–२९ का ३५ वर्षीय अफ्रिका चौधरी रहेका छन् भने अर्का घाइते प्रहरीको नाम गोप्य राखिएको छ।

पूर्व–पश्चिम राजमार्गस्थित मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ मा सवारी जाँचका क्रममा प्रहरीलाई अपहरणको प्रयास गरेपछि गोली प्रहार गरी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवं प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए। ‘हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ट्रक रोकी जाँच गर्ने क्रममा ट्रक चालक चौधरी र अर्का व्यक्तिले प्रहरी जवान संजिवकुमार दासलाई नियन्त्रणमा लिएका थिए,’ उनले भने, ‘लछारपछार गरी जंगलतर्फ लैजान थालेपछि नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गरेको हो।’

दुई तिहाइ सरकारले माखो समेत मार्दैन: महामन्त्री कोइराला

खोटाङ – नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेकपाको दुई तिहाइ सरकारले माखो समेत नमार्ने बताएका छन्। मंगलबार खोटाङको दिक्तेलमा आयोजित कांग्रेसको दोश्रो चरणको राष्ट्रिय जनजागरण कार्यक्रम समापन तथा विरोधसभालाई सम्बोधन गर्दै महामन्त्री कोईरालाले वर्तमान सरकारले आफै विकासको कुनै पनि योजना तर्जुमा गर्न नसकेको जिकिर गरे।

‘यो काण्डै काण्डको सरकार भयो। निर्मलाहत्या काण्ड, बुढीगण्डकी काण्ड, बालुवाटारको जग्गा काण्ड। यस्ता काण्डले भरिएको सरकारलाई जनताले चिन्न प-यो,’ महामन्त्री कोइरालाले भने, ‘यो सरकारले कुनै माखो मार्दैन। आजका मितिसम्म विकासको कुनै योजना तर्जुमा गर्न सकेको छैन। जति योजना छन्, त्यी वीपीको समयमा, शुसिलको समयमा अथवा शेरबहादुरको पालामा सुरु भएको थियो।’

अध्यक्ष प्रचण्ड र चिनियाँ नेताबीच भेटवार्ता

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओले भेटवार्ता गरेका छन्। राजधानीस्थित होटल मेरिओटमा भएको भेटमा दुबै देशका कम्युनिष्ट पार्टीका गतिविधिबारे कुराकानी भएको थियो। अध्यक्ष प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीले नेपाल र नेपाली जनतामा गरेको सहयोग र सद्भावप्रति आभार व्यक्त गरे।

उनले दुई कम्युनिष्ट पार्टी बीचको आपसी सम्बन्धलाई नयाँ स्तरमा विकास गर्ने र एकअर्काका अनुभवहरु साटासाट गरेर अगाडि बढ्ने बताए। उनले भने, ‘नेपालको समृद्धिमा चिनियाँ सरकार र कम्युनिष्ट पार्टीको सहयोग आगामी दिनमा अझ बढ्ने मैले विश्वास लिएको छु।’

रोजगारी सृजना हुने क्षेत्रमा लगानी बढाउन आग्रह

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले रोजगारीको सृजना हुने क्षेत्रमा लगानी बढाउन अन्तराष्ट्रिय दातृ निकायहरुलाई आग्रह गरेका छन्। मन्त्री विष्टले श्रमिकको हित हुने गरी रोजगारीको अवसर सृजना गर्न नेपाल सरकार प्रतिवद्ध रहेको पनि बताए। मंगलबारबाट काठमाडौंमा सुरु भएको विश्व ट्रेड युनियन महासंघ अन्तरगतको एशीया प्रशान्त क्षेत्रीय सम्मेलन’ को उद्घाटन गर्दै उनले विश्वमा युद्ध र युद्धमा प्रयोग हुने हतियारका लागि गरिएका सबै लगानी रोजगारीको अवसर सृजना गरेर मानव जातिको हित र कल्याणका लागि उपयोग गर्नुपर्ने पनि स्पष्ट पारे।

मन्त्री विष्टले उत्पादन र उत्पादकत्व वृद्धि गर्दै एशीया प्रशान्त क्षेत्रको श्रमिकको हितमा काम गर्न नेपाल सरकार तयार रहेको पनि बताए। मन्त्री विष्टले नेपालले सबै श्रमिकहरुलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने कामलाई तीव्रता दिएको दाबी पनि गरे।

मेयर भन्छन्, ‘विद्यार्थी त युनिफर्म लाउँछन्,’हामीले सुट लगाउँदा के हुन्छ?’

कर्जन्हा(सिरहा) – सिरहाको मिर्चैयास्थित सनलाइट टेलर्समा हल्का निलोमा मसिनो सेतो धर्सा भएको कोट लहरै झुन्डिएका छन्। ह्यांगरमा झुन्ड्याइएर राखिएका करिब ३२ थान कोट, पाइन्ट र सर्टमा धुलो बसेर खुइँलिसकेको जस्तो देखिन्छ। ६ महिनादेखि सिलाएर तयार कोटपेन्ट ग्राहक लिन नआएपछि धुलो बसेर पुरानो भएको हो।

टेलर्सको ह्यांगरमा झुन्ड्याइएर राखिएको उक्त कोट पाइन्ट र सर्ट समान्य जनताको नभई जनप्रतिनिधिका हुन्। सिरहाको कर्जन्हा नगरपालिकाका ५९ जनप्रतिनिधि र मेयरका चालकका लागि भनेर चैत १ गत्ते ४२ थान कोट, पाइन्ट र सर्ट सिलाउन सनलाइट टेलर्सलाई अर्डर दिइएको थियो। मेयर गंगा पासवानसहितका १० जनाले कोट पेन्ट लगेपछि ३२ जना जनप्रतिनिधिका लागि सिलाएर तयार कोट पेन्ट सर्ट अझै टेलर्समै छन्।

कम्युनिष्टको सत्ताबाट जनता आत्तिसके–पौडेल

रोल्पा – ‘कम्युनिष्टको सत्ताबाट जनता आत्तिसके छन्। जनता आफै सडकमा आउन थालेका छन्। देशमा अबको विकल्प नेपाली कांग्रेसनै हो। यो देशमा फेरि हाम्रै सत्ता आउछ।’ दोस्रो चरणको जनजागरण समापन कार्यक्रमा रोल्पा पुगेका कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले भने ‘हाम्रो समाजमा आतंकविरुद्ध उभिनेहरुको समय समयमा हत्या हुने गरेको छ। अन्यायमा परेकाको पक्षमा कांग्रेसँगै रहन्छ।’ गत वर्ष रोल्पाको सुलिचौरमा हत्या गरिएका तरुण दल नगर सभापती रोहित पुनको सालिकसहितको प्रतिक्षालय उद्घाटन गर्दै पौडेलले भने ‘हत्यारालाई कारबाही हुनैपर्छ।’

त्यसै गरी मंगलवार प्रेस युनियन रोल्पाको पत्रकार सम्मेलनमा गणतन्त्र स्थापनाका बारेमा बोल्दै पौडेलले भने ‘यो सरकारका प्रमुखनै गणतन्त्रका बिरोधी थिए। हिजो उनी राजनीतिक कारण नभई काण्डमा जेल परेका थिए। हामी बोलेपछि मात्र गणतन्त्र आएको हो।’ सरकारका गतिविधिको चर्को आलोचना गदै उनले अगाडि भने ‘संविधान कार्यान्वयन गर्ने समयमा हामी सत्ता बाहिर बस्नु परेको छ। तर पनि हाम्रो मुल एजेन्डा भनेकै संविधानको मर्म अनुसार देश चल्नु पर्छ भन्ने हो।’

कमला नहर भत्किंदा १८ करोडको क्षति

धनुषा- कमला नदी नियन्त्रण आयोजना धनुषाद्वारा कमला नदी नियन्त्रण व्यवस्थित गर्न निर्माण गरिएको तटबन्ध भत्किंदा त्यहाँ करीब १८ करोड रुपैयाँ बराबरको क्षति भएको छ।

कमला नदीको दुवैतर्फ नदी नियन्त्रण गर्न भारतीय अनुदानमा निर्माण गरिएको तटबन्ध असारको तेस्रो हप्तामा भत्किएर क्षति भएको हो।

आयोजनाका प्रमुख मनोहर साहका अनुसार कमला नदीको पोर्ताहादेखि भारतीय सीमा तथा सिराहाको बन्दीपुरदेखि भारतीय सीमासम्मको ७ सय ५० मिटर तटबन्ध भत्किएको छ। प्राप्त विवरण अनुसार नदीको दुवैतर्फ ६८.२५ किलोमिटर तटबन्ध रहेको छ।

धनुषातर्फ ३३.६ किलोमिटर र सिराहातर्फ ३४.६५ किलोमिटर तटबन्ध रहेको बताइएको छ। सिराहातर्फ चार सय मिटर र धनुषातर्फको ३ सय ५० मिटर तटबन्ध बाढीले भत्काएको र उक्त क्षतिग्रस्त बाँधको निर्माण गर्न पटक–पटक माग भए पनि बजेट नआएको प्रमुख साहको भनाइ छ।

अन्तर्राष्ट्रिय ख्याती कमाउँदै ‘चिनियाँ फिल्म’

काठमाडौं – ‘चीनमा विभिन्न प्रकृतिका फिल्महरू बनेका छन्। चिनियाँ फिल्मको कथावस्तुका कारण संसारभर यसले चर्चा बटुल्दै गएको छ,’ पेकिङ विश्वविद्यालयअन्तर्गतको आर्ट इन्स्टिट्युसनका प्राध्यापक चेन स्वाङ भन्दै थिए, ‘सन् २०१८ सम्म चीनमा ६० हजारभन्दा बढी फिल्म हल सञ्चालन भइरहेका छन्।’

चीनको ७० औं गणतन्त्र दिवसको अवसरमा राजधानीमा आयोजना भइरहेको ‘चिनियाँ चलचित्र महोत्सव’ को दोस्रो दिन बुधबार प्राध्यापक चेन स्वाङले चीनको फिल्मको इतिहास र वर्तमान अवस्थामाथि अन्तरसंवाद गरेका थिए।चिनियाँ फिल्म इतिहासलाई उनले केन्द्रमा संंघाई, १९४० दशक, सांस्कृतिक क्रान्ति, पाँचौ पुस्ताको उदय, छैठौं पुस्ता र नयाँ चिनियाँ अन्तर्राष्ट्रिय फिल्मको रुपमा परिभाषित गरेका थिए।

‘चिनियाँ फिल्मको इतिहास केन्द्रमा संंघाई, १९४० दशक, सांस्कृतिक क्रान्ति, पाँचौ पुस्ताको उदय, छैठौं पुस्ता र नयाँ चिनियाँ अन्तर्राष्ट्रिय फिल्मको रुपमा वर्गीकरण गरिएको छ,’ उनले भने, ‘सन् १८९६ मा चीनको संघाईमा पहिलो फिल्म रेकर्ड भएपछि केन्द्रमा त्यसलाई राखेर बेइजिङ ओप प्राथमिता दिइएको थियो।’

Wardrobe: The Shine Collection Bagbazar, Kathmandu 9869050396