कसले सुन्ने एसिड छ्यापिएका किशोरीको रोदन

रातको १२ बजे एक्कासी आमा, ढोका खोल भन्ने आवाज आयो । ३ महिने शिशु लिएर सुतिरहेकी पर्शिला दास भर्खर निदाएकी थिइन । उठेर हतार हतार छोरीहरु सुतेको कोठामा पुगिन ।
दुवै छोरीहरु ढोका छेउमा ‘पोल्यो, आथ्था आथ्था भन्दै छ्ट्पटाई रहेका थिए । आमा पुग्न साथ दुवै छोरीले आमालाई अँगालो हालेर रुन थाले,पर्र्शीला पनि आत्तीइन सँगै रुन थालिन अनि चिच्याउन पनि ।
हल्ला खल्ला सुनेर मध्यरातमा गाउँले भेला भए, अनि बल्ल थाहा भयो दुइ दिदी बहिनीको शरीरमा त तेजाब छ्यापिएको रहेछ ।
गाउँलेले नै पानिले एसिड पखालीदिए । नजिकैको कलमा नुहाइदिए तर जलन कम भएन ।

पर्शिलाका श्रीमान् करीब ७ मिनेट पर चन्द्रनिगाहपुरमा पुल हाउस संचालन गर्छन । भोलिपल्ट हरितालिका तीजको ब्रत थियो । साँझ जेठी छोरी सम्झनाले नै बनाएको खाना खाएर सबैजना सुतेका थिए । बाबु जादवलाल भने करिब एक महिना यता सुरु गरेको पुल हाउसमै सुत्छन,त्यस साँझ उनले१२ बर्षको छोरो पनि सँगै लिएर गएका थिए ।

पर्शिला दासको ढेड बर्ष अघि मात्रै जादवलाल दाससँग बिवाह भएको हो। उनका सन्तान भने ४ जना ।
सबै आफ्नै कोखका भने होइनन् । जेठी सौताका ३ र आफु पट्टिको एक सन्तान ।
जादवलालले करिब दुइ बर्ष अघि आफ्नी जेठी श्रीमतीसँग सम्बन्ध बिच्छेद गरे । त्यसपछि अरु सन्तान पनि पर्शिलाकै रेखदेखमा हुर्कंदै छन ।

गाउँले आएपछि उनले पति जादवलाललाई फोन गरिन, करीब पाँच मिनेटमा बाबु छोरा दगुर्दै आइपुगे ।

पर्शिलाले दुवै छोरीको कपडा फेरिदिइन् । जेठी सम्झनाको त कपडा सबै डढिसकेको थियो । दुवै छोरीलाई सुतीको सल लगाइदिन ।
पति जादावलालले घर छिमेकबाट स्कुटर लिएर आए ।
उनले चन्द्रनिगाहपुरमा एम्बुलेन्सका लागि फोन नगरेका त हैनन, तर त्यसदिन दुर्भाग्य तीनवटै एम्बुलेन्स ब्यस्त थिए ।

एउटै स्कुटरमा बाबु, कान्छी छोरी सुस्मिता,जेठी सम्झना र दुइ दिदीलाई थाम्न १२ बर्षीय भाइ पछाडी बसे । करिब १ बजे उनीहरु चन्द्रनिगाहपुरको अस्पताल पुगे तर त्यहाँ उपचार सम्भव भएन ।

पर्शिला काखे नानी च्यापेर केहि समयपछि अस्पताल आइपुगिन । अस्पतालमा उनी आफै दुई पटक ढलिन ।
सम्झना पीडा खप्न नसकेर पोल्यो पोल्यो मात्र भनिरहेकी थिइन्, बहिनी सुस्मिता भने कहिले दीदी त कहिले कान्छी आमा पुकार्दै चिच्याई रहेकी थिइन ।

त्यसै रात बिहानको करिब तीन बजे दुई छोरीलाई बाबु र छिमेकीले काठमाडौं लिएर आए ।
बाबु जादवलाललाई छोरीहरुको उपचार कहाँ गर्ने केहि अत्तो थिएन । तर गाउँले एकजना दाइले फोनमा किर्तिपुर अस्पताल लैजान सुझाए पछि करीब दश बजे अस्पताल आइपुगे ।

पर्शिला भने दुई सन्तान लिएर घर फर्किइन । उनी बाँकी समय निदाउन सकिनन् न त अर्को दिन दिनभर केहि खान सकिन् । गाउँमा अरु महिलाले तीजको ब्रतले खाली पेट बसिरहँदा पर्शिला भने छोरीहरुको पीडा सम्झेर भोकै बसिन ।

अहिले पर्शिला पनि काठमाडौं आइपुगेकी छिन । तर पीडा घटेको छैन ।
कान्छी छोरी सुस्मिताको अवस्था सामान्य बन्दै गए पनि जेठी सम्झनाको अवस्था गम्भीर छ । उपचारमा रहेका डा.सुरेन्द्र बस्नेतका अनुसार दिदीको शरीरमा करिव ४० प्रतिशत एसिडको जलन भएकाले निकै जटिल रहेको छ भने बहिनीको भने ४ प्रतिशत मात्रै भएकाले सुधारोन्मुख रहेको छ ।
उनले भने, ’एसिडको असर कति हुन्छ भन्ने कुरा एसिडको मात्रा सँगै त्यो शरीरमा कति भित्रसम्म प्रवेश गरेको छ भन्ने हो, सम्झनाको शरीरको ३५ प्रतिशत भन्दा बढी भाग नराम्ररी बिग्रेको छ ।’

पर्शिला अहिले छोरीहरुले आफु सुत्केरी हुँदा गरेको स्याहार सम्झेर घरि घरि भावुक बन्छिन् । उनलाई दुवै छोरी ठिक भएको हेर्न र पुरानै दिनचर्यामा फर्कने रहर छ ।
तर उनको त्यो आशामा तुषारापात गरिबीले गरिरहेको उनी सुनाउँछिन । अहिले छोरीहरुको उपचार गर्न उनीहरु सँग पैसा छैन न त आयको कुनै श्रोत छ ।
केहि दिनमै सम्झना र सुस्मिताकी आमा विदेशबाट फर्कने बिषयमा जिज्ञाशा राख्दा उनले भनिन ‘खै आउने कुरा त सुनेकी हँु, तर उ आएर पनि छोरीहरुको अवस्था के सुध्रेला र ? मलाई अरु सँग हैन मेरा पूmुल जस्ता छोरीहरु सँग मात्र सरोकार छ । उनलाई त देखेकै छैन,तर मलाई हरेक दिन दःुख सुखमा साथ दिने छोरीहरुको माया औधी लाग्छ ।’