शम्भु राई र प्रकाश शपुतको तनाव

गुठी विधेयकलाई सरकारसँग जोरी खोज्ने निहुँ नबनाउन मन्त्री अर्यालको चेतावनी

काठमाडौं– सरकारले गुठी विधेयक २०७५ फिर्ता लिएको छ। राष्ट्रियसभाको मंगलबार बसेको बैठकले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले राखेको गुठी विधेयक २०७५ लाई फिर्ता गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो।

यो संगै विधेयक राष्ट्रियसभाबाट औपचारिक रुपमा नै फिर्ता भएको छ। नेपालको संविधानको धारा १ सय १२ र राष्ट्रियसभा सञ्चालन नियमावलीको नियम १ सय १६ बमोजिम मन्त्री अर्यालले गुठी विधेयकलाई फिर्ता गरियोस् भन्ने प्रस्ताव पेश गरेकी थिइन्।

चन्द्रमामा फस्टाएको व्यापारको ५० वर्षे इतिहास

न्युयोर्क– मानव जातिले चन्द्रमामा पाइला टेकेको ५० वर्ष पुगिसकेको छ। ५० वर्ष पुगिसकेको भए पनि धेरै व्यापारीहरुले आफ्ना व्यवसाय अझै चलाई रहेका छन्। एपोलो ११ को स्पेस चन्द्रमामा सन् १९६९ जुलाई २० मा पहिलो पटक अवतरण गरेको थियो। त्यस पश्चात करिब सय मिलियन मानिसले चन्द्रमा अवलोकन गरिसकेका छन्। मानिस जान थालेपछि स्वभाभिक रुपले कार, टेलिभिजनदेखि विभिन्न अनाजसँगै पेयपदार्थ ट्यांग पनि विक्री वितरण गर्ने अवसर व्यापारीले पाए।

‘विदेशमा उपचार गराउनेलाई सरकारले खर्च दिँदैन’

काठमाडौं – उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले संविधानले गरेको व्यवस्थाअनुसार आधारभूत स्वास्थ्य सेवा निःशुल्क र सबैलाई उपलब्ध गराउने नीतिअनुसार नै काम भइरहेको बताएका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयकअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शीर्षकमा सांसदले उठाएको जिज्ञासाको सम्बोधन गर्दै उनले विपन्न वर्ग र गरिब जनताहरुको स्वास्थ्य उपचारका लागि आधारभूत स्वास्थ्य सेवा निःशुल्क र सबैलाई उपलब्ध गराउने नीतिअनुसार सरकारले काम अघि बढाइरहेको बताएका हुन्। उनले वडावडामा स्वास्थ्य संस्था स्थापना गर्ने काम अघि बढाइएको उल्लेख गर्दै आगामी वर्षमा सबै वडामा स्वास्थ्य संस्था स्थापना भइसक्ने दाबी गरे।

२५ हजार घुससहित शिक्षा इकाइ प्रमुख पक्राउ

सुर्खेत–अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले सल्यानका शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख धनबहादुर वलीलाई २५ हजार घुससहित रंगेहात पक्राउ गरेको छ।

शिक्षक सुरुवा प्रक्रियामा सहजीकरणका लागि भन्दै घुस मागिरहेको सूचनाका आधारमा अख्तियारको टोलीले मंगलबार उनलाई घुस रकमसहित पक्राउ गरेको हो।

शेयर बजारमा सामान्य सुधार

काठमाडौं – धितोपत्र बजारमा आज शेयरको कारोबार मापक नेप्से परिसूचक सामान्य अंकले सुधार भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ०.९६ बिन्दुले बढेर एक हजार २६१.०७ अंकमा पुगेको छ। यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४ बिन्दुले बढेर २७१.४४ मा पुगेको छ।

सामान्य अंकले बढेको बजारमा आज कारोबार रकम भने सामान्य देखिएको छ। कूल १७४ कम्पनीको १३ लाख २४ हजार ५१९ कित्ता शेयर ३६ करोड ४७ लाख ७३ हजार तीन सय ३० रुपैयाँ बराबरको खरिद–बिक्री भए।

सबै अधिकार प्रदेश र स्थानीय तह दियौंः मन्त्री पण्डित

काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संविधानले व्यवस्था गरेको सबै अधिकार प्रदेश र स्थानीय तहलाई दिएको दावी गरेका छन्। मंगलबार ललितपुर महानगरपालिकाको चौंथो नगरसभामा बोल्दै मन्त्री पण्डितले यस्तो बताएका हुन्।

उनले प्रदेश र स्थानीय तहलाई संघीय सरकारभन्दा आफू अलग रहेको नठान्न पनि आग्रह गरेका छन्। संविधानले तीन वटै तहको सरकारलाई सहकार्यमा अघि बढन निर्दिष्ट गरेकाले संघ, प्रदेश र स्थानीय तहको सरकारलाई एक अर्काबाट अलग रहेको ठान्न नमिल्ने उनको भनाई थियो।

पर्यटन वर्ष २०२० का लागि कम बजेट विनियोजनः अर्थमन्त्री खतिवडा

काठमाडौं– अर्थमन्त्री डाक्टर युवराज खतिवडाले पर्यटन बोर्ड र स्थानीय तहबाट पनि पर्यटन वर्षका लागि खर्च गरिने भएकाले सरकारले पर्यटन वर्ष २०२० का लागि कम बजेट विनियोजन गरको बताएका छन्। मंगलबारको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक अन्र्तगत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालय शिर्षकहरु माथिको छलफलमा सांसंदहरुले राखेको प्रश्नको प्रधानमन्त्रीको तर्फबाट जवाफ दिदै अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन्।

संसदमा ‘गलबन्दी’ को चर्चा उत्कर्षमा

काठमाडाैँ – प्रतिनिधिसभाको बैठकमा सांसदहरुले ‘गलबन्दी च्यातियो …’ शीर्षकको गीतका सम्बन्धमा कुनै समुदायमाथि नै आघात हुने गरी सामाजिक सञ्जालमा भएका टिप्पणीप्रति आपत्ति जनाउँदै दोषीलाई कानूनी कारवाही गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद विमला विकले ‘गलबन्दी च्यातियो …’ शीर्षकको गीतको लय नक्कल भएको भन्दै गीतका सर्जकद्वय प्रकाश सपुत र शान्ति श्री परियारमाथि सामाजिक सञ्जालमा तल्लोस्तरको टिप्पणी हुँदा पनि सरकार मुकदर्शक भएको भनी आपत्ति जनाए। साथै उहाँले सम्बन्धित व्यक्तिलाई कानूनी कारवाही गर्न माग गरे ।

‘मेरो हातमा कुनै फिल्म छैन्’

मुम्बई – दिनानुदिन फिल्ममा व्यस्त हुने कुनै चर्चित कलाकार एक्कासी बेरोजगार हुँदा उसको अवस्था कस्तो हुन्छ ? यो थाहा पाउन अहिले बलिउड बादशाह अर्थात् शाहरुख खानको जीवनलाई हेरे पुग्छ। उनले निर्माण र अभिनय गरेको पछिल्लो फिल्म ‘जीरो’ बक्सअफिसमा पूर्ण रूपमा असफल भएपछि शाहरुख यतिबेला कामको खोजीमा छन्।

हालैको एक अन्तरवार्तामा उनले आफू हालका दिनमा बेरोजगार रहेको खुलाएका छन्। ‘यो समयमा मेरो हातमा कुनै पनि फिल्म छैन। म अन्य फिल्मकर्मीको फिल्ममा पनि काम गरिरहेको छैन’, उनले भनेका छन्, ‘फिल्म जिरोपछि मलाई धेरै फिल्मको प्रस्ताव पनि नआएको होइन्। तर कुनै पनि फिल्ममा काम गरिनँ।’

एसेजको झल्को दिने खेल

लन्डन – विश्वकप क्रिकेटअन्तर्गत मंगलबार विश्व क्रिकेटका दुई चिर प्रतिद्वन्द्वी आयोजक इङ्ल्यान्ड र अस्ट्रेलिया आमने सामने हुँदा त्यसले एसेज टेस्ट शृंखलाको झझल्को दिनेछ। १० टोली सहभागी प्रतियोगिताका शीर्ष ४ टोली सेमिफाइनल प्रवेश गर्नेछन्। त्यसैले दुवै टोलीको लक्ष्य समान हुनेछ, सुखद नतिजाका साथ अघिल्लो चरण प्रवेश सम्भावना बलियो बनाउने ।

समान ६ खेलको समाप्तिमा अस्ट्रेलिया ५ जित र १ हारको नतिजाका साथ १० अंक जोड्दै दोस्रो स्थानमा छ। यता समान खेलमा ४ जित र २ हारपछि ८ अंकका साथ इङ्ल्यान्ड चौथो स्थानमा छ। अस्ट्रेलियाले अफगानिस्तान, पाकिस्तान, वेस्ट इन्डिज, बंगलादेश र श्रीलंकालाई हराएको थियो भने भारतलाई नतिजा सुम्पिएको थियो । यता वेस्ट इन्डिज, बंगलादेश, दक्षिण अफ्रिका र अफगानिस्तानलाई निराश पारेको इङ्ल्यान्डले पाकिस्तान र श्रीलंकालाई भने नतिजा सुम्पिएको थियो।

प्रकाश सपुतको गलबन्दी अझै च्यातिएको छैन

लोकसेवाको विज्ञापन फिर्ता लिन माग गर्दै प्रदर्शन

लोकसेवा आयोगले जारी गरेको विज्ञापन फिर्ता लिन माग गर्दै राष्ट्रिय जनता पार्टी (राजपा) रुपन्देहीले प्रदर्शन गरेको छ। आयोगले आह्वान गरेको विज्ञापन समावेशी सिद्धान्त विपरित रहेको भन्दै राजपाले रुपन्देहीको रोहिणी गाउँपालिका–३ स्थित धकधईमा प्रदर्शन गरेको हो।

लोकसेवाको विज्ञापन मधेशी, सीमान्तकृत समुदाय विरुद्ध र असंवैधानिक भएकोले विरोध कार्यक्रम गरिएको राजपा नेपाल रुपन्देहीका अध्यक्ष मण्डलका संयोजक महेन्द्र गुप्ताले बताए। मुलुकमा जारी गरिएको संविधानमा समावेशी समानुपातिक प्रतिनिधित्वबारे उल्लेख भए पनि सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संविधान विरोधी गतिविधि गरेको उनले आरोप लगाए। मधेशी जनताको अधिकार कटौती गर्ने खेलमा सरकार लागेको उनले बताए।

‘मान्छेलाई लातका लात मर्नेगरी कुट्ने, गृहमन्त्रीले केही भएको छैन भनेर झुट बोल्ने?’

नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमल्सिनाले गृहमन्त्री रामबहादुर थापालाई सत्य बोल्न आग्रह गरेका छन्।

गुठी संरक्षण अभियन्तामाथि माइतीघर मण्डलामा भएको दमनको घटनाबारे गृहमन्त्री थापाले संसदमा दिएको जवाफमाथि प्रश्न गर्दै तिमल्सिनाले झुट नबोल्न सचेत गराए।

‘मान्छेलाई लातका लात कुटेर मार्ने अवस्था पुर्याएको छ। गृहमन्त्री भन्नुहुन्छ केही भएको छैन, सामान्य बल प्रयोग भएको छ। तपाईहरुले हेर्नुभएको छैन्, सत्तापक्ष सांसदले, सभामुखले हेर्नुभएको छैन? सबैतिर त्यही कुरा आइरहेको छ। सत्य कुरा मात्रै संसदमा बोल्नुपर्यो’, उनले भने।

असोजबाट रेल गुड्ने

आगामि असोजबाट नेपालमा पहिलो पटक डिजेलले चल्ने रेल गुड्ने भएको छ। रेलवे विभागले आगामी असोजबाट जयनगर–जनकपुर–कुर्था गुड्ने ३५ किमि रेल गुडाउने अन्तिम तयारी पूरा गरेको छ। नेपालमा भएको एउटै जनकपुर–जयनगर रेल छ वर्षदेखि पूर्ण रूपमा बन्द थियो।

यसका लागि विभागले ८५ करोडमा दुई वटा आधुनिक रेल खरिद गर्न भारतको कोनकोन रेल्वे करपोरेसनसँग सम्झौता गरेको छ। सम्झौताअनुसार तीन महिनापछि उक्त दुई रेल जनकपुर आइपुग्ने विभागका महाप्रकन्धक वलराम मिश्रले बताए। उनका अनुसार एउटा रेलमा एक हजार २ सय मान्छे अटाउँछन्। ‘अब असोजबाट ३५ किमि दूरीमा रेल गुड्नेछ। त्यसका लागि सबै काम पूरा गरेका छौ्र,’ मिश्रले भने।