किन रुख नकाटी बन्दैन निजगढ विमानस्थल ?

काठमाडौं– नागरिक उड्ययन प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुको विकल्प नभएको बताएका छन्। उनले यो विमानस्थलका लागि बाराजतिको उपयुक्त ठाउँ अरु कहीँ नभएको पनि बताए।

‘नेपालको टेरिटोरीमा चुरेभन्दा दक्षिण, बोर्डरबाट उत्तर तराईतिर यो लेभलको एयरपोर्ट बनाउन सक्ने ठाउँ अन्त कतै छैन्’, उनले भने, ‘भौगलिक हिसाबले उपयुक्त छ, एयर स्पेसको हिसाबले पनि उपयुक्त ठाउँमा र राजधानीको नजिकको हिसाबले पनि असाध्यै करेक्ट ठाउँमा छ।’

विमानस्थल अहिलेको आवश्यकता रहेकोले स्थान परिवर्तन हुनै नसक्ने स्पष्ट पार्दै उनले यद्यपी इआइएका केही बुँदामा त्रुटि रहेको बताउँदै त्यसलाई सच्याइने बताए।

विश्वमा सन् २०१७ मा ४ अर्ब १० करोड यात्रा गरेको र यसमध्ये एसिया प्यासिफिक क्षेत्रमा १ अर्ब ५० करोड रहेको भन्दै अबको १० वर्षमा २ अर्ब पुग्ने तथा त्यसका लागि भारत र चीन विशाल जनसंख्या भएको देशको बीचमा रहेको नेपालले अन्तर्राष्ट्रिय विमानस्थल अनिवार्य रुपमा बनाउनुपर्ने उनको भनाई छ।

‘नेपालको जनसंख्या वृद्धि ९ देखि १० प्रतिशतको हाराहारीमा छ। यो वृद्धि र यात्रु वृद्धिले हामी के भन्न सक्छौं भने अर्काे अन्तर्राष्ट्रिय विमानस्थल नभई नहुने भन्ने निष्कर्षमा हामी पुगेका छौं। यो बनाउनुपर्छ त्यही ठाउँमा’, निर्देशक अधिकारीले भने। फास्ट ट्रयाकले राजधानी र तराई जोड्ने भएका कारणले पनि निजगढको विकल्प नभएको उनले जिकिर गरे।

‘अहिले हामीसँग भएको काठमाडौं, पोखरा, भैरहवा विमानस्थल भुगोलअनुसार उपयुक्त विमानस्थल होइनन्। त्रिभुवन विमानस्थलमा पनि चार तत्व पुगेको छैन्’ निर्देशक अधिकारीले प्रष्ट्याए, ‘किनभने हामीले मान्नुपर्ने नियम कानुन स्ट्यान्डर र रिकुमेन्डेसन, सिभिलाइजेसन, अर्गनाइजेसन हो। त्यो आइक्यापले निर्धारण गरेको सबै मापदण्ड, स्ट्यान्डर र रिकुमेन्डेसन फुलफिल गर्न निजगढ जतिको उपयुक्त ठाउँ अरु कुनै छैन्। त्यसको लागि पनि हामीले यो दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउनैपर्छ।’

विदेशमा पनि विमानस्थल बनाउँदा रुख काटिने गरेको भन्दै उनले भने, ‘संसारभरी एयरपोर्ट बन्ने भनेकै कि रुख काटेर हो कि समुद्र पुरेर हो।’ ‘अहिले टर्कीको इस्तानबुलमा एयरपोर्ट बन्दैछ, त्यहाँ पनि २५ लाख रुख काटेको छ’, उनले उदाहरण दिँदै थपे, ‘६ लाख रुख चाँही साच्चै काट्यो, बाँकी जिओटी गरेर अन्यत्र लगेको छ।’

उनले निजगढ विमानस्थल निर्माणका क्रममा अहिले नै २४ लाख रुख नकाटिने स्पष्ट पार्दै एयरफोर्समा पर्ने रुखहरु काटिन लागेको जानकारी गराए। ‘८ हजार हेक्टरको २४ लाख रुख अहिले हामी काट्ने होइन। ८ हजार हेक्टर भनेको विमानस्थल क्षेत्र मात्रै हो। विमानस्थल क्षेत्र भनेको सिंगल रनवे (फर्स्ट फेजको), टर्नेल विल्डिङ, अरु सञ्चार सामग्रीहरु छन्। तर एयरफोर्सको रुखहरु त काट्नुपर्यो नी। एयरफोर्समा पर्ने रुखहरु त काट्नै पर्छ’, उनले भने।

रुख काट्न हतार भएको कुरालाई अस्वीकार गर्दै भने, ‘रुख काट्न हतार गरेको होइन, नेपाली सेनासँग हाम्रो सम्झौता भएको डेढ/दुई वर्ष भइसक्यो।’

निर्माण पुरा नहुँदै पटक पटक भत्कियो सिक्टा सिंचाई आयोजना

राष्ट्रिय गौरवको सिक्टा सिचाई आयोजनाको काम २०६३ सालबाट बाँकेमा निर्माणाधिन क्रममा छ। निर्माणको ६० प्रतिशत मात्र काम सम्पन्न हुँदा हालसम्म आयोजनाले झण्डै १५ अर्व रुपैयाँ खर्च गरिसकेको छ। आयोजनाले सुरुमा ४५.२५० किलो मिटर पश्चिम मुल मात्र निर्माण गरेर ३३ हजार ७ सय ६६ हेक्टर क्षेत्रमा सिचाई सुविधा पुर्‍याउने लक्ष्य राखेको थियो। दोस्रो गुरुयोजना पश्चात साढे ५३ किमी पूर्वी मुल नहर पनि निर्माण गरेर राप्तीपारीको ९ हजार हेक्टर क्षेत्र सिंचाई गर्ने लक्ष्यका साथ सरकारले सिक्टालाई वर्षेनी सवा अर्वबढी बजेट विनियोजन गर्दै आएको छ।

सिक्टाको सबै काम आगामी आर्थिक वर्ष २०७६/७७ भित्र सम्पन्न गर्ने सरकारको लक्ष्य छ। आयोजना सम्पन्न हुँदासम्म सरकारले २५ अर्वभन्दा बढी रुपैयाँ खर्च गर्ने अनुमान गरेको छ। सिक्टालाई सरकारले दिएको प्राथमिकता अनुसार प्रतिफल भने देखिएको छैन। सरकार फेरबदलसँगै विभागीय मन्त्रीले आफ्नो अनुकुलका आयोजना निर्देशक सरुवा गर्ने, ठेकेदारले विभिन्न बहानामा काम अड्काउने जस्ता प्रवृत्ति सिक्टामा लामो समयदेखी छन्।

आयोजना कार्यालय अहिलेसम्म मुल नहर निर्माणको काममै अल्झिरहेको छ। आयोजनाका शाखा र उपशाखा नहर निर्माणको काम पनि अन्यौलमा छ। दुई वर्षअघि अगैयास्थित हेड वर्क्समा जडान गरिएको १८ वटा गेट सिचाईका लागि उपयोगमा आउन सकेका छैनन्।

सिक्टाको पश्चिम मुल नहर निर्माणको काम सम्पन्न भएपनि हस्तान्तरण नहुँदै परीक्षण गर्ने क्रममा पटक–पटक भत्किने गरेको छ। साउन ७ गते बेलुका सिक्टाको पश्चिम मुल नहर परीक्षणका क्रममा ढकेरीस्थित चंगाई नाला छेउमा भत्किएर ठूलो क्षति पुर्‍यायो। यसअघि २०७३ असार १४ गतेपनि परीक्षणकै क्रममा ढकेरीस्थित झिझरी खोला छेउमा मुल नहर भत्किएको थियो। पटक पटक नहर भत्किँदा सिक्टाको गुणस्तरमाथी प्रश्न उठेको छ। सिक्टा सिचाई आयोजना, सिचाई विभाग र मन्त्रालय जिम्मेवारीबाट पन्छिन खोजिरहेका छन्। भत्केको ठाउँमा आयोजना कार्यालयले हतार–हतारमा माटो ल्याएर पुरेको छ । यही माटो पनि वर्षाले बगाउन थालेको छ । मुल नहरको दर्जनौं ठाउँमा अझैपनि ठुल्ठुला खाडल परेर भत्किने अवस्थामा पुगेको छ।  ठेकेदार कालिका कन्स्ट्रक्सन कम्पनीले निर्माण गरेको ‘आईसिबी–टु’ ठेक्का अन्तर्गत १७.७ किलोमिटरदेखी ३५ किलोमिटर सम्मको क्षेत्रमा घुलनशिल माटोका साथै कमसल निर्माण सामग्री प्रयोग भएका कारण समस्या देखिएको स्थानीय बासिन्दा बताउँछन्।

प्रहरीद्वारा जुम्लामा डाक्टर कुटपिट

चिकित्सा शिक्षामा सुधारलगायत सात सूत्रीय माग राखेर जुम्ला सदरमुकाममा २० दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई सरकारले बलजफ्ती काठमाडौं लगेको छ। अनशनले गलेका केसीलाई सरकारले ‘तानाशाही शैली’ मा बिहीबार नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगेको हो। डा. केसीले माग पूरा नभएसम्म जुम्ला अनशन नतोड्ने बताउँदै आएका थिए। अनशनका कारण केसीको स्वास्थ्य अवस्था खस्कँदै गएपछि अत्तालिएको सरकारले सुरक्षाकर्मी लगाएर उनलाई अनशनस्थल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालबाट उठाएर काठमाडौं लगेपछि स्थानीय आक्रोशित बनेका छन्। केसीले नमान्दानमान्दै बलजफ्ती उठाएर काठमाडौं लगिएको उनका समर्थकले बताएका छन्। केसीलाई जबरजस्ती काठमाडौं लैजान थालिएपछि प्रतिकारमा उत्रिएका अस्पतालका चिकित्सक, नर्स तथा प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीमाथि प्रहरी निर्ममताका साथ जाइलागेको थियो। प्रतिष्ठानको गेटमा बसेका उनीहरुका टाउकामा प्रहरीले अन्धाधुन्ध लाठी हानेको थियो। लाठी प्रहारबाट चिकित्सक, नर्स, विद्यार्थी र सर्वसाधारण रक्ताम्य भएका थिए। प्रहरी आक्रमणबाट चालीसभन्दा बढी चिकित्सक–विद्यार्थी घाइते भएका छन्। अस्पतालको तेस्रो तलामा डा. केसी थिए। भ¥याङमा बसेका विद्यार्थी, चिकित्सक र नर्समाथि पनि प्रहरीले निर्मम प्रहार गरेको थियो। लाठी प्रहारबाट ढलेका उनीहरूलाई कुल्चँदै प्रहरी डा. केसी अनशन कक्षमा पुगेका थिए। प्रहरीले अन्धाधुन्ध लाठी प्रहार गर्न थालेपछि अस्पतालमा रुवाबासी चलेको थियो। आक्रामक बनेर अस्पताल प्रवेश गरेका प्रहरीले अस्पतालभित्र तोडफोडसमेत गरेका छन्। विद्यार्थीलाई लखेट्ने क्रममा प्रहरीले अस्पतालका बेड, टेबुल, सिसा तोडफोड गरेका छन्। अस्पतालभित्र फोडिएका सामान यत्रतत्र छन्। तोडफोडबाट प्रतिष्ठानमा लाखौं रुपैयाँको क्षति पुगेको छ।

‘राजनीति गर्ने मन भए शिक्षण पेसा छाडिदिनुपर्छ’ || Education Minister Giriraj Mani Pokhrel

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पाठ्यक्रम परिवर्तन गर्दै नयाँ विषय ‘जीवन उपयोगी शिक्षा’को पाठयक्रम प्रारूप निर्माण गरिरहेका छन्। महोत्तरी–१ बाट लगातार संसद्मा जीत हासिल गरिरहेका मन्त्री पोखरेलले विज्ञान विषय पढ्ने विद्यार्थीका लागि गणित विषय ऐच्छिक बनाएपछि विरोध र आलोचनाका स्वर पनि सुनियो। ‘कम्युनिस्ट मेनिफेस्टो’अनुसार शिक्षा नीतिमा परिवर्तन गर्न खोजिएको आरोप लागिरहेका बेला उनै मन्त्री पोखरेलसँग नागरिकका प्रकाश तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश