सागका ५१ स्वर्ण पदक

५१ वटा स्वर्ण काकतालीले आएको हैनः शिलवाल

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले ५१ वटा स्वर्ण भित्र्याएपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आफ्नो धारण सार्वजनिक गरेको छ।

सागको समापन समारोहमा आफ्नो धारण राख्दै राखेप सदस्य सचिव रमेश शिलावलले ५१ वटा स्वर्ण काकतालीले नजितेको बताए। राखेपले आफ्नो लक्ष्य अनुसार नजिता ल्याउन सफल भएको भन्दै उनले खुशी व्यक्ति गरे।

‘मैले नेपालले ५० वटा स्वर्ण ल्याउँछौ भनेर भन्दा धेरै मान्छेहरु हाँस्थे’ उनले भने,‘हामीले नेपालीको माझमा खुशी ल्याएका छौं।’ अबको तयारी एसियन र ओलम्पिक गेम्सका लागि हुने उनले बताए।

१३ औं सागमा नेपालले ५१ स्वर्ण सहित दोस्रो स्थानमा प्रतियोगिता अन्त्य गरेको छ। नेपालले ६० रजत र ९५ कास्य सहित कुल २०६ पदक जितेको छ। पहिलो स्थानमा रहेको भारतको कुल ३१२ पदक रहेको छ। जसमा १७४ स्वर्ण ९३ रजत र ४५ कास्य रहेको छ।

सागका ५१ स्वर्ण पदक

१३ औं दक्षिण एसियाली खेलकूद (साग) मा नेपालले ५१ वटा स्वर्ण सहित तालिकाको दोस्रो स्थानमा रहेर प्रतियोगिता अन्त्य गरेको छ।

अन्तिम दिन आज थप दुई वटा स्वर्ण जितेपछि नेपालको स्वर्ण संख्या ५१ वटा पुगेको हो। अन्तिम दिन सनिल शाहीले बक्सिङको ६० केजी समूह विजयी हुँदै नेपाललाई स्वर्ण दिलाए। र त्यस्तै पुरुष फुटबलले भूटानलाई पराजित गर्दै स्वर्ण हात पार्ये।  ।

राष्ट्रपतिद्वारा दुबै संसदको अधिवेशन आव्हान

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुबै सदनको अधिवेशन बोलाएकी छिन्। मंगलबार एक प्रेस विज्ञप्तिमा राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा पुस ४ गतेको लागि अधिवेशन बोलाएकी हुन्।

प्रेस विज्ञप्तिमा भनिएको छ ‘दुबै सदन, प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आब्हान गरिएको छ।’

निःशुल्क गरेपछि झन् बढी असुली

काठमाडौं – दुबईको रोजगारीमा पठाउन भन्दै प्रतिव्यक्ति एक लाख २५ हजार रुपैयाँ लिइरहेको सूचना पाएपछि आइतबार वैदेशिक रोजगार विभागले सिनामंगलको रसुवा ओभरसिजमा छापा मा-यो। दुबईको तम्याज इम्प्लोइमेन्ट सर्भिसमा वेल्डिङका लागि  पठाउन  भन्दै उक्त म्यानपावरले युवासँग रकम असुल गरिरहेको थियो। जबकि सरकारले केही महिनाअघि संयुक्त अरब इमिरेट्स (युएई) सँग गरेको श्रम समझदारी (एमओयू) अनुसार दुबई जान श्रमिकले एक रुपैयाँ पनि म्यानपावरलाई दिनु पर्दैन।

कामदार पठाउँदा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले बेहोर्नुपर्ने दुई देशको सम्झौता छ। एमओयू हुनुअघि कामदारले प्रतिव्यक्ति ६०–७० हजार रुपैयाँ तिर्नुपर्ने अवस्था रहेकोमा एमओयूपछि त्योभन्दा निकै बढी रकम असुलेको पाइएपछि वैदेशिक रोजगारीको ठगी रोक्न झन् कठिन देखिएको छ।

बगरको जग्गा किनबेच

दाङ – तुलसीपुर उपमहानगरपालिका–१६ जगदा गाउँसँगै रहेको झन्डै ३० बिघा ऐलानी जग्गामा उपमहानगरपालिकाले औद्योगिक क्षेत्र निर्माण गर्ने निर्णय ग-यो। कार्यपालिकाको बैठकबाटै गरिएको निर्णय कार्यान्वयनका लागि ग्वार खोलाको बगर रहेको सो क्षेत्रमा दिनअघि उपमहानगरपालिकाको टोली पुग्यो। तर जग्गा हडपेर बसेका स्थानीयले उक्त जग्गा छोड्न मानेनन्।

स्थानीयद्वारा निर्मित केही टहराहरू मात्रै भएको सो जमिन स्थानीयले भागबन्डा गरेका छन्। उपमहानगरपालिकाका प्रतिनिधिले सो जमिन अवरोध गरेकाहरूलाई सोधे, ‘खोई त तपाईहरूको घर केही पनि देखिन्न, कसरी हाम्रो जग्गा भन्नुहुन्छ ?’ उपमहानगरपालिकाका प्रतिनिधिको त्यस्तो भनाइपछि जग्गा हडपेका स्थानीयले अहिले धमाधम घर निर्माण गरेर उपमहानगरपालिकालाई प्रमाण देखाइरहेका छन्।

‘भ्रष्टाचारमा संलग्नले छुट पाउँदैनन्’

काठमाडौं – उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले कुनै पनि भ्रष्टाचारमा संलग्न राजनीतिक नेताले छुट नपाउने बताएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सोमबार संयुक्त रूपमा आयोजना गरेको ‘भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रय दिवस’को उद्घाटन गर्दै मन्त्री पोखरेलले भ्रष्टाचार गर्नेले राजनीतिक संरक्षण नपाउने दाबी गरेका हुन्। ‘जुनसुकै ओहोदामा बसेपनि, राजनीतिक माथिल्लो तहमा संलगन भए पनि छुट हुने छैन’ उपप्रधानमन्त्री पोखरेलले भने, ‘भ्रष्टाचारको दुश्परिणामले वर्तमानलाई मात्रै नभएर भावी पीडिलाईसमेत तहसनहस बनाउँछ।’ घरपरिवारबाटै असल संस्कार सिकाउँदै पारदर्शिताको पक्षपोषण गर्नुपर्ने बताए।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष खेमराज रेग्मीले राजनीतिक नेतृत्व सहभागी भएका भ्रष्टाचारमा अख्तियार कतै अल्मिलिएको टिप्पणी गरे। ‘स्थानीय तहमा आफैं निर्णय गर्ने आफै लाभ लिने काम भइरहेको छ,’ उनले भने, ‘राजनीतिक दलका कार्यकर्ता बिचौलिया, दलालको रूपमा बढ्दो छ। केन्द्रीय तहबाट निर्देशन, नियन्त्रण हुन जरुरी छ।’

नेपाल–भारत सीमा मापन सुरु हुँदै

काठमाडाैं, – नेपाल– भारत सीमा विवाद रहेका सुस्ता र कालापानीबाहेकका क्षेत्रको सीमा मापन हुनेभएको छ। दुई देशको संयुक्त कार्यदलले मंसिर मसान्तबाट दुवै देशका सीमा क्षेत्रमा वैज्ञानिक मापन तथा निरीक्षणको काम गर्न लागेको हो। कार्यदलले हरेक वर्ष मंसिरबाट सीमा मापन को काम सुरु गर्ने गरेको छ। तर असारदेखि कात्तिकसम्म सीमा मापनको काम हुँदैन। कार्यदललाई सुस्ता र कालापानीको विषयमा भने सीमा मापन तथा निरीक्षणको म्यान्डेट दिइएको छैन। कार्यदललाई २०७१ बाट सो काम दिइएकोमा करिब आधा काम पूरा भएको नापी विभागले जनाएको छ।

विभागका महानिर्देशक प्रकाश जोशीले नियमित प्रक्रियाअन्तर्गत मंसिरको अन्तिम साताबाट नेपाल–भारत सीमा मापनको काम सुरु हुने बताए। यसका लागि ४ वटा टोली गठन गरिएको पनि उनले जनाए। उनका अनुसार एउटा टोली पूवी क्षेत्रमा सुनसरीदेखि पूर्व इलाममा खटिने छ। सो टोलीले सुनसरी, मोरङ, झापा र इलाममा काम गर्नेछ।

भारतीय धावकलाई ४० सेकेन्डले पछि पार्दै किरणले जिते स्वर्ण

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथ्लेटिक्सको पुरुष म्याराथनमा नेपालले स्वर्ण पदक जितेको छ।  शनिबार विहान भएको म्याराथनमा नेपालका किरण सिंह बोगटीले स्वर्ण पदक जितेका हुन्।

दशरथ रंगशालाबाट शुुभारम्भ भएको प्रतियोगिता ४२ दशमलव १९५ किलोमिटर छिटोल्दै पुनः दशरथ रंगशाला मै आएर समापन भएको थियो। किरणले उक्त दुरी २ घण्टा २१ मिनेट १७ सेकेण्डको समयमा पुरा गरे।

रजत पदक जितेका भारतका राशपल सिंहले २ घण्टा २१ मिनेट ५७ सेकेण्ड समय लगाए। उनी स्वर्णधारी नेपालका बोगटी भन्दा ४० सेकेन्डल पछि परे। कास्य पनि भारतले नै जितेको छ। भारतका श्री सिंहले २ घण्टा २२ मिनेट ०७ सेकेण्ड लगाएर कास्य जिते।

मिनुले जितिन् बक्सिङमा स्वर्ण

काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा नेपालकी मिनु गुरुङले स्वर्ण पदक जितेकी छन्। उनले ५४ केजी समूहमा भारतकी  शिक्षालाई हराएकी हुन्।

सातदोबाटो स्थित कराँते हलमा भएको खेलमा उनले भारतीय खेलाडीलाई अंकको आधारमा हराएकी हुन्। आजै आजै भएको ४८ केजी तौल समूहको फाइनलमा नेपालकी ललिता महर्जनले रजत पदक सुरक्षित गरेकी छन्।