उदित नारायण झाले नेपाली टोपी लाउने प्रेरणा दिनुभयो – आयूस के सी

गुठी विधेयकमा पछि हट्यो सरकार, फिर्ता लिने निर्णय

काठमाडौं- सरकारले गुठी विधेयक फिर्ता लिएको छ। भुमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलन गर्दै राष्ट्रिय सभामा दर्ता भएको गुठी विधेयक फिर्ता लिएको बताइन्।

विमानस्थलबाट गोली र पेस्तोलसहित भारतीय नागरिक पक्राउ

भैरहवा- भैरहवा विमानस्थलबाट प्रहरीले पेस्तोल र गोलीसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेका छन्। प्रहरीले एक थान पेस्तोल र १६ राउण्ड गोलीसहित भारतीय नागरिकलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार एक्सरेमा शंकास्पद दृश्य देखिएपछि खानतलासीका क्रममा पेस्तोल भेटिएको जनाएको छ। पक्राउ पर्ने व्यक्तिको नाम खुलाइएको छैन।

साइबर अपराधमा २० देखि ३० वर्षका युवा बढी

मुलुकमा सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै साइबर अपराधको घटनामा समेत वृद्धि भएको छ। पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्विटर, भाइबर र गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेर गएको हो।

महानगरीय अपराध महाशाखामा चालू आर्थिक वर्षमा साइबर अपराधसम्बन्धी एक हजार ५७० उजुरी दर्ता भएका छन्। महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सहकुलकुमार थापाले सामाजिक सञ्जाल फेसबुक, ट्विटरमा चिट्ठा प¥यो भनेर रु एक करोडसम्म ठगी गरेको उजुरी महाशाखामा परेको जानकारी दिए। “विदेशमा बसेर सामान पठाइदिन्छु पैसा पठाइदिनुहोस् भनेर समेत ठगी भएको छ”, उनले भने।

९ अर्व महसुल तत्कालै उठाउने अवस्था छैन : मन्त्री पुन

काठमाडौं- सरकारले बुढिगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्य ‘ईपिसिएफ मोडल’मा अघि बढाउने तयारी गरेको छ।

चीनको गेजुवा कम्पनीले समेत सो आयोजनाको काममा अघि बढाउन चासो नदिएपछि सरकारले स्वदेशी तथा आवश्यक्ता अनुसार विदेशी कम्पनीहरुको संयुक्त लगानी (इपिसिएफ मोडल) मा सो आयोजनाको कामलाई अघि बढाउने तयारी गरेको हो। मंगलबार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले राष्ट्रिय हितलाई केन्द्रमा राखेर सो आयोजनाको कामलाई अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गरे। उनले इपिसीएफ मोडलमा सो आयोजना अघि बढाउने तयारी गरिएको पनि समितिलाई जानकारी दिए।

मन्त्री पुनले सो आयोजनाको कामलाई अघि बढाउने गरी ड्याम साईडको मुआब्जा वितरणको काम सम्पन्न गरिएको पनि बताए। मन्त्री पुनले सो आयोजनाको लागि २५ अर्वको मुआब्जा वितरणको काम सम्पन्न गरिएको र आरुघाटलगायतका बजार क्षेत्रको मुआब्जा वितरणको काम विवादमा आएकाले त्यसलाई समाधान गर्न प्रयास भईरहेको पनि स्पष्ट पारे।

खानेपानी मन्त्री–महाप्रबन्धक विवाद उत्कर्षमा

काठमाडौं – खानेपानी मन्त्री बिना मगर र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का महाप्रबन्धक महेश भट्टराईबीचको विवाद उत्कर्षमा पुगेको छ। मन्त्रालय स्रोतका अनुसार मन्त्री मगर महाप्रबन्धक भट्टराईसँग असन्तुष्ट छिन्। भट्टराईमाथि मन्त्रीको निर्देशन अवज्ञा गरेको आरोप छ।

त्रिभुवन विश्वविद्यालयको प्राध्यापकसमेत रहेका भट्टराई बेतलबी काज बिदा लिएर चार वर्षका लागि केयुकेएलको व्यवस्थापनमा आएका हुन्। हरेक वर्ष त्रिविले उनको काज बिदा नवीकरण गर्दै आएको थियो। तर गत माघदेखि त्रिविबाट उनको काज बिदा नवीकरण भएको छैन। काजबिदा स्वीकृत नहुनुमा मन्त्रीको हात रहेको भट्टराई पक्षको आरोप छ। त्रिविबाट बिदा नवीकरणको प्रक्रिया अघि बढेको केयुकेएल प्रशासनले जनाएको छ। भट्टराई स्वयंले पनि आफ्नो काज बिदा नवीकरण टुंगो नलागेको स्वीकार गरेका छन्। ‘काज बिदा नवीकरण प्रक्रियामा छ,’ उनले भने, ‘टुंगो लागेको छैन।’

सुध्रिँंदै सामुदायिक विद्यालय

भक्तपुर – भक्तपुरकलीस्थित भीम आदर्श आधारभूत विद्यालयमा विद्यार्थीहरूको संख्या १८ जनाबाट बढेर अहिले ६८ जना पुगेको छ। पहिला भक्तपुर नगरको सुकुलढोकामा रहेर अहिले लिवालीमा सरेको यो सामुदायिक विद्यालयमा विद्यार्थी बढ्ने क्रम पनि निरन्तर उकालो नै लाग्दै आएको छ। भूकम्पअघि सुकुलढोकामा रहेको यो विद्यालयमा १८ जना विद्यार्थी रहेकोमा २०७२ सालको भूकम्पपछि प्रत्येक वर्ष विद्यार्थी संख्या बढेर अहिले ६८ पुगेको हो।

विद्यालयका प्रिन्सिपल दीपक माक विद्यालयमा बर्सेनि १०/१५ जना विद्यार्थी बढेको बताउँछन्। शिक्षाको हबका रूपमा चिनिने लिवाली क्षेत्रमा निजी (संस्थागत) तथा सामुदायिक विद्यालयहरू पाइलैपिच्छे छन्। छेउछाउमा थुप्रै विद्यालय भए पनि भीम आदर्श आविले विद्यार्थी संख्या बढाउँंदै आएको छ। पाइलैपिच्छे सरकारी र निजी विद्यालयहरू रहेको अवस्थामा आफ्नो विद्यालयमा भएका विद्यार्थीलाई निरन्तर बनाइराख्न ठूलो चुनौती रहेको उनी बताउँछन्।

किन जाँदैनन् प्रधानमन्त्री ओली पूर्वमाओवादीले गरेको कार्यक्रममा ?

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली होटल उद्घाटनको कार्यक्रममा पनि विभिन्न जिल्ला–जिल्ला पुग्छन्। होटल मात्रै होईन महोत्सव, विद्यालय, मन्दिर, उद्घाटन र पुस्तक विमोचनसमेत ओलीले भ्याएका हुन्छन्। त्यति मात्रै होइन् केहि समयअघि विवादित होटल उद्घाटनमा पोखरा पुगेका ओली उद्घाटननै नगरि फर्किएको पनि उदाहरण पनि ताजा नै छ।

प्रदेश र संघको चुनावमा तालमेल गरेर पार्टी एकताको अन्तिम चरणका पुगेको बेला २०७४ फागुन १ गते तत्कालिन माओवादीको युवा संगठन वाइसीएलले पेरिसडाँडामा जनयुद्ध मनायो। उक्त कार्यक्रममा ओली र पुष्पकमल दाहाल आउने भन्दै प्रचार गरियो। तर कार्यक्रममा दाहालमा मात्रै उपस्थित भए, ओली आएनन्। तत्कालिन एमालेबाट वामदेव गौतम सहभागी भएका थिए।

ईक्यानले शैक्षिक मेला गर्ने

काठमाडौं- नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) ले शैक्षिक मेला आयोजना गर्ने भएको छ। यस वर्ष ईक्यानले १३ औं संस्करणको शैक्षिक मेला असार २६ देखि २९ सम्म भृकुमण्डपमा गर्न लागेको हो।

यस शैक्षिक मेलाबाट विधार्थी, अभिभावक तथा अन्य सरोकारवालाले अन्तर्राष्ट्रिय शिक्षा सम्बन्धी सहि जानकारी र परामर्श पाउन् भन्ने अपेक्षा रहेको ईक्यानका अध्यक्ष विष्णु हरी पाण्डेले बताए। मेलामा सहभागिताको लागि विभिन्न देशका राजदूतवास तथा कुटनितिक नियोगहरुलाई समेत आग्रह गरिएको ईक्यानले बताएको छ। मेलामा श्रीलंका, जापान, फ्रान्स, अमेरिका, बेलायत, न्युजील्याण्ड, अष्टे«लिया, नर्वे, फिनल्याण्ड, मलेसिया, जर्मन, डेनमार्क, साईप्रस लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारीक प्रतिनिधिहरुको सहभागिता हुनेछ। नेपाली विधार्थीहरुलाई स्वदेशी तथा विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावी सम्भावना र अवसरहरु जस्ता विषयमा पर्याप्त सूचना प्रवाह गर्नु मेलाको प्रमुख उद्देय रहेको अध्यक्ष पाण्डे बताउँछन्।

लागुऔषध चरेससहित २ जना पक्राउ

पर्सा– पर्सा प्रहरीले लागुऔषध चरेस सहित २ जनालाई पक्राउ गरेको छ।

सोमबार बेलुकी चेकजाँचका क्रममा प्रहरी चौकी इनर्वा र लागु औषध ब्यूरो शाखा पर्साबाट खटिएको टोलीलाई वीरगन्जबाट २ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा पर्सा जिल्ला छिपरमाइ गाउँपालिकाका ३२ वर्षे इम्तियाज आलम र बारा जिल्ला सितलापुरकी अन्दाजी ३० वर्षीया मिना खातुन रहेका छन्। उनीहरुको साथबाट प्रहरीले ५ किलो चरेस बरामद गरेको छ।

चेकजाँचको क्रममा वीरगन्जको घण्टाघरबाट भारतको रक्सौल तर्फ बीआर २२ एल ८२५५ नम्बरको गाडीमा जाँदैगर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएकाे छ।

रूटको तारिफयोग्य प्रदर्शन

इङ्ल्यान्ड –  घरेलु मैदानमा जारी विश्वकपमा इङ्ल्यान्डले राम्रो नजिता आत्मसात् गरिरहँदा जो रुटको प्रदर्शन सफलताको आधारस्तम्भमध्ये एक हो । इङ्ल्यान्ड जारी विश्वकपमा चार खेलमध्ये तीन जित र एक हार बेहोर्दै अंकतालिकामा चौथो स्थानमा छ । घरेलु टोलीले उत्कृष्ट ब्याटिङका बावजुद पाकिस्तानविरुद्धको खेल भने गुमाएको थियो । यद्यपि, अन्य खेलाडीसँगै रुटको प्रदर्शन भने तारिफयोग्य छ । उनले जारी विश्वकपमा दुई शतक र एक अर्धशतकसमेत प्रहार गरिसकेका छन् ।