Dollar Ko Katha

घरेलु कामदारको कथा

कल्कल बग्ने नारायणी नदी। त्यहि नारायणीको किनारमा छ तालमति सोमारेको घर। नारायणीको छालले तालमतिको घरलाई नछोए पनि दु:ख र सुखका छालले भने तलमतिको जीवन खहरे खोला जस्तो बनेको थियो। असारे भेलले सबै बगाएर लैजाने अनि वर्खा लागेपछि सुकेर जाने। नाम तालमति भए पनि उनको जिन्दगीको सुर ताल भने मिलिसकेको थिएन। ६ वर्ष ६ महिना विदेशको दु:ख सुख भोगेर फर्किएकी तालमतिको कथा डलरको कथाको १० औं शृंखला: