वाइड वडी खरिदमा अनियमितता : यसकारण कर्मचारीदेखि मन्त्रीसम्म शंकाको घेरामा

काठमाडौं– यस वर्षको सुरुवातमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एयरबसका २ वटा वाइड वडी ३३०२००’ मोडेलका जहाजले अवतरण गरे। तर त्यो अवतरण उत्साहजनक भन्दा संसयमय बनिदियो। वाइड वडीले सम्पूर्ण देशनै तरंगित बनायो।

ति जहाज नेपाल वायुसेवा निगमले खरिद गरेका नयाँ जहाज थिए। भ्रष्टाचार र बेतिथीले टाट पल्टिएको निगमले जहाज खरिदका लागि नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषबाट १५ वर्षको भाका राखेर ९ प्रतिशत ब्याजमा २४ अर्ब ऋण लिएको थियो।  

 

नयाँ जहाजको खरिदले नेपाली अर्थ बजारमा ठूलो आशा जगाएको थियो। वाइड वडी संचालन भए संगै निगमले नयाँ उचाइ लिने धेरैको बुझाई थियो। आम मानिस आफ्नै राष्ट्रिय धोजा बाहकमा यात्रा गर्न पाइने भइयो भनेर दङ्ग थिए। अरु धेरैले नयाँ जहाजले नेपालको पर्यटन विकासमा मद्दत पुग्ने विश्वास लिएका थिए।  

 

तर जहाज किनेको एक वर्ष नबित्दै खरिद प्रक्रियामा अर्बौ घोटाला भएको खबरले ति सवै आशामा ठेस लागेको छ।  व्यवस्थापिका संसद अन्तर्गतको सार्वजनिक लेख समितिले निगमका वाइड वडी जहाज खरिदमा सार्वजनिक खरिद ऐनको व्यापक उल्लंघन भएको देखाएको छ। सार्वजानिक खरिद ऐन २०६३ अनुसार समान किन्दा बोलपत्र आह्वान गुर्नुपर्ने प्रावधान छ। तर निगमले बोलपत्र आह्वान विना नै सिधै जहाज खरिद गरेको पाइएको छ। त्यस्तै सार्वजनिक सूचना प्रकाशनअघि नै निर्माता कम्पनी र स्पेसिफिकेसन किटान गरिएको भेटिएको छ।

 

दुइ जहाज किन्दा साढे २ अर्ब देखि साढे ६ अर्ब बीच खोटाला भएको हुनसक्ने लेखा समितिको प्रारम्भिक अध्ययनले देखाएको छ।

Nagarik Frontline – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिस्ट

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिस्ट।

अब तपाई सहितको अन्तरक्रिया, नागरिक Frontline.. मङ्सिर १९ देखि प्रत्येक बुधबार साँझ ७ बजे , नागरिक नेटवर्कमा लाइभ हेर्न सकिनेछ ।

मलेसिया रोजगारीले गुमेको स्वास्थ्य र सम्पत्ति

काभ्रे मण्डनदेउपुरका राजकुमार थापा मगर उमेरले भर्खर २२ टेक्दैछन् । बाआमा श्रीमती कान्छी बहिनि अनि १ वर्षकी सानी छोरी छिन घरमा । उमेरले जीवनको सुरुवाती दिनमा रहेका राजकुमारको काधमा ठुलो जिम्मेवारी छ । राजकुमार कान्छोछोरा अरु दाईहरु सबै छुट्टिएर बसेका छन् । त्यहि भएर भूकम्पले भत्किएको घर ठड्याउनु पर्ने,कान्छी बहिनीको बिहे गर्नु पर्ने अनि बाआमा प्रतिको कर्तव्य निर्वाह गर्नुपर्ने सबै जिम्मेवारी राजकुमारकै काँधमा छ । जिम्मेवारीको भारीले थिचिएका राजकुमार विदेश गएर ति दायित्व पुरा गर्ने ध्याउन्नमा लाग्छन र रोज्छन नेपाल जस्तै हावा पानि मिल्ने मलेसिया तर,सुखमय भविष्यको सपना देख्दै विदेशिएका राजकुमारको जीवन मलेसिया रोजगारले मझधारमा पुर्याइदिन्छ । मलेसिया जानु अघि नेपालमा र मलेसिया पुगेपछि पनि स्वास्थ्य परीक्षण गर्दा राजकुमारको दुवै मिर्गौला राम्रो थियो ।
तर अहिले राजकुमारको दुवै मिर्गौलाले काम गर्दैन । दिन बिराएर राजकुमार डायलासीस गर्छन र एक पल्ट डायलासिस गर्दा २५ सय तिर्छन । वैदेशिक रोजगारीले उनको जीवन र सम्पत्ति दुवै सकिदैछ ।
सुटकेशभरि परिवारलाई खुसी अनि केही सम्पत्ति कमाएर नेपाल फर्किने सपना देख्दै मलेसिया गएका राजकुमारको विदेश यात्रा, डलरको कथाको पहिलो शृंखला :

नाच्दा आमाको पिटाइ खाइन आश्मा बिश्वकर्माले । बहिनि मनिषा, दिदिको न्याय खोज्दै । पोस्टर टास्ने vs उप्काउने प्रमलाई पुरस्कार

नेपालको शान्तिप्रक्रियाबाट शिक्षा लिन अपिल

दुईदिने ‘एसिया प्यासिफिक समिट–२०१८’ आइतबार काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। ‘वर्तमान समयका गम्भीर चुनौतीहरुमाथि सम्बोधन : अन्तरनिर्भरता, पारस्परिक समृद्धि र सर्वव्यापक मूल्यमान्यता’ विषयक सम्मेलनमा विभिन्न महत्वपूर्ण विषयमा फरकफरक सत्रमा छलफल भएपछि घोषणापत्र जारी गरिएको हो। घोषणापत्रमा ‘शान्ति, सहकार्य र सहयोग’ मा जोड दिइएको छ।

Wardrobe: The Shine Collection Bagbazar, Kathmandu 9869050396

समिटको उद्घाटन सत्रलाई शनिबार प्रधानमन्त्री केपी शर्मा ओली, कम्बोडियाका प्रधानमन्त्री हुन सेन, म्यानमारकी स्टेट काउन्सिलर आङ साङ सुकी, रिपब्लिक अफ नाउरुका राष्ट्रपति बारोन वाका, फिलिपिन्सकी उपराष्ट्रपति मारिया लियोनोर रोब्रेदो, सामोआका राज्य प्रमुख अफिओगा तुइमाले अलिफानो भालेटोआ, टुभालुका महाराज्यपाल सर लाकोबा टाइयाल टालेली, भारतीय पूर्वप्रधानमन्त्री एचडी देवेगौडा, पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ राजा गिलानीलगायतले सम्बोधन गरेका थिए। पिस एन्ड फेमिली फेस्टिभल कार्यक्रममा ४५ देशका एक हजार पाँच सय प्रतिनिधि सहभागी भएको आयोजक पक्षको दाबी छ।

प्रहरीले अब गल्ती गर्दैन : महानिरीक्षक खनाल

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विगतको समयलाई सम्झिएर प्रहरीबाट भइरहेको गतिविधिलाई नकरात्मक दृष्टिले हेर्न नहुने बताएका छन्। नुवाकोटमा भएको कार्यक्रममा बौल्दै खनालले नराम्रो सोच भएका व्यक्ति प्रहरी सङ्गठनमा रहनुहुन्न भन्ने आफ्नो धारणा रहेको बताए। उनले भने “नराम्रो सोच भएको व्यक्ति प्रहरी सङ्गठनमा रहनुहुन्न भन्ने भनाई मेरो हो। त्यसैगरी अपराधिक सोच भएकाहरुसँग संगत पनि प्रहरीले गर्नुहुन्न भन्ने मान्यता मेरो हो।”

जनसंख्या, सामाजिक संरचना, शहरीकरण, मान्छेको इच्छा आकाङ्क्षा बढ्दै गएकोले अपराधिक गतिविधि बढिरहेको अवस्थामा त्यसलाई न्युनिकरण गर्न दृढ भएर लागिरहेको उनले बताए। अपराधिक गतिविधि २२ प्रतिशत मात्र अपरिचित व्यक्तिबाट हुने गरेको उनले बताए।

 

निर्मला हत्या प्रकरणः पुनर्वहालीको माग गर्दै विष्ट र भट्टले दिए निवेदन

निर्मला पन्त हत्या प्रकरणमा बर्खास्तीमा परेका दुई प्रहरी अधिकारीले पुनर्वहालीको माग गर्दै मन्त्रिपरिषदमा निवेदन दिएका छन्।

कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका पन्तको घटनाको  अनुसन्धानमा लापरबाही गरेको भन्दै सरकारले तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्ट र प्रहरी निरीक्षक (इन्स्पेक्टर) जगदिश भट्टलाई बर्खास्त गरेको थियो।

यो निर्णयविरुद्ध विष्ट र भट्टले मन्त्रिपरिषदमा निवेदन बुझाउँदै पुनर्वहालीको माग गरेका हुन्। मन्त्रिपरिषदको निर्णय भएको ३५ दिनभित्र पुनरावेदन गर्न पाउने प्रावधान छ।

उनीहरुले मन्त्रिपरिषदबाट निवेदन अस्वीकृत भए सर्वोच्च अदालत जाने बताउँदै आएका छन्।

 

मल्टिमिडिया अवार्ड जित्दै श्रृङ्खला मिस वर्ल्डकाे अन्तिम ३० मा

मिस नेपाल श्रृङ्खला खतिवडा मिस वर्ल्डको अन्तिम ३० मा प्रवेश गरेकी छिन्। सोमबार भएको मल्टिमिडिया अवार्ड जित्दै श्रृङ्खलाले अन्तिम ३० मा स्थान सुरक्षित गरेकी हुन्। यसअघि श्रृङ्खला हेड टु हेड च्यालेन्जमा सिंगापुरसँग पराजित भएकी थिइन्।

मल्टिमिडिया अवार्डका लागि नेपालसहित केन्या, चीन, पोर्टो रिको र बेलायत सान्या टुरिजम भिडियो च्यालेञ्जको उत्कृष्ट ५ मा परेका थिए। त्यसमध्ये ओभरअल मल्टिमिडिया फाइनालिस्टमा नेपाल, मेक्सिको र केन्याले स्थान बनाएका थिए।

श्रीमानलाई जेलमुक्त गराइदिने लोभ देखाई बलात्कार

कैदीका रूपमा जेल परेका श्रीमानलार्इ कारागारबाट छुटाउन पहल गर्ने भन्दै एक बन्दीकी श्रीमतीसँग लाखौँ रुपैयाँ ठगी गर्नुका साथै बलात्कार गरेको आरोपमा सप्तरीको छिन्नमस्ता गाउँपालिका निवासी राष्ट्रिय जनता पार्टीका एक नेता पक्राउ परेका छन्।

राजपा नेपाल जिल्ला कोषाध्यक्ष रहेका छिन्नमस्ता–५ लोखरमका मनोजकुमार मेहतालाई सो आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक भावेश रिमालका अनुसार आइतबार पक्राउ परेका मेहताविरुद्ध बलात्कार तथा ठगी दुवै मुद्दा दर्ता गरी कारवाही अगाडि बढाइएको छ।

राजविराज कारागारमा पुर्पक्षका लागि थुनामा रहेका पीडितका श्रीमानलाई छुटाइ दिने आश्वासन दिलाई मेहताले पटकपटक गरी साढे दश लाख रुपैयाँ ठगी गर्नाका साथै बलात्कार पनि गरेको पीडितको जाहेरीमा उल्लेख छ।

 

‘नयाँ युग’ अलोकप्रियता ढाक्न खोज्ने पातलो पछ्यौरी : कांग्रेस

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन ०७४ कार्यान्वयनको क्रम अघि बढ्नु सुखद भए पनि प्रचार शैली भने अनावश्यक र भड्कीलो भएको बताएका छन्।

यसलाइ नयाँ युगको संज्ञा दिनु सरकारको बढ्दो अलोकप्रियतालाई ढाक्न खोज्ने पातलो पछ्यौरी मात्रै भएको उनको भनाई छ।

‘नयाँ युग शुरु भनेर कांग्रेसका पालामा संसदबाट पारित ऐन बोकेर भड्कीलो तामझाम गर्ने तर नेपाली कांग्रेसको त्यही सरकारले स्पाइनल इन्जुरी भएर ह्वील चेयरमा बसेका, किड्नी, क्यान्सर र मुटु रोगका असक्त विरामीलाई मासिक ५ हजार जिविकोपार्जन भत्ता दिने निर्णय भने सरकारले खारेज गर्‍यो’, शर्माले भने।

 

‘निर्मलालाई न्याय दे, हत्यारालाई फाँसी दे भन्दै महेन्द्रनगरमा प्रदर्शन

निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा प्रदर्शन गरिएको छ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा आइतवार महेन्द्रनगरमा -यालीसहित प्रदर्शन गरिएको हो।

-यालीमा विद्यार्थीदेखि कम्युनिस्ट पार्टीका नेतासम्मको सहभागिता रहेको थियो। -यालीपछि कोणसभा आयोजना भइरहेको छ। सभालाई उच्च नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

-यालीका क्रममा सहभागीले ‘निर्मलालाई न्याय दे, हत्यारालाई फाँसी दे, नेकपाको सरकार मुर्दावाद’ जस्ता नारा लगाएका थिए।

 

रोनाल्डो र मेस्सीको वर्चस्व तोड्दै मोड्रिचले जिते बालोन डि’ ओरको उपाधि

क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीको एक दशकदेखिको राज तोड्दै क्रोएसियाका मिडफिल्डर लुका मोड्रिचले बालोन डि’ ओरको उपाधि जितेका छन्। यो अवार्ड पछिल्लो १० वर्ष रोनाल्डो र मेस्सीले समान ५–५ पटक जितेका थिए।

यस वर्षको फिफा वर्ष खेलाडी समेत बनेका मोड्रिचले फाइनलमा पोर्चुगल तथा युभेन्टसका स्ट्राइकर क्रिष्टियानो रोनाल्डो र अर्जेन्टिना तथा बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीलाई पछि पार्दै उपाधि हात पारे। विश्वकप फुटबल २०१८ मा आफ्नो देशलाई फाइनलसम्म पुर्याउनुका साथै रियल मड्रिडलाई लगातार ३ पटक च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका ३३ वर्षीय मोड्रिच सन् २००७ पछि रोनाल्डो र मेस्सी बाहेक यो उपाधि जित्ने पहिलो खेलाडी बनेका छन्।

 

इमरान खानलार्इ पत्र लेखेकाे भाेलिपल्टै ट्रम्पले विशेषदूत पाकिस्तान पठाए

अफगानिस्तानमा १७ वर्षदेखि जारी युद्धलाई सहमतिका आधारमा टुङ्ग्याउने उपाय पहिल्याउन नियुक्त गरिएका अमेरिकी विशेषदूत जाल्मे खलिलजाद इस्लामाबाद आइपुगेका छन्। अफगानिस्तानमा युद्धरत तालिबानलाई शान्ति प्रक्रियामा ल्याउने बारेमा पाकिस्तानका राजनीतिक तथा सैनिक नेतृत्वसँग छलफल गर्न उनी इस्लामाबाद आइपुगेका हुन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिबान समस्या सुल्झाउन सहयोगको खोजी गर्दै पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई पत्र लेखे लगत्तै विशेषदूत यहाँ आएका हुन।

अफगान युद्धको शान्तिपूर्ण समाधानको उपायको खोजी गर्ने सिलसिलामा अमेरिकी दूत खलिलजादले पाकिस्तानका अलावा अफगानिस्तान, रसिया, उज्बेकिस्तान, तुर्कमेनिस्तान, बेल्जियम, युनाइटेड अरब इमिरेट्स र कतारको भ्रमण गर्नेछन्।

 

घट्दै एचआइभी संक्रमण

विश्वव्यापी स्वास्थ्य समस्याका रूमपा रहेको एचआइभी/एड्सका कारण हुने मृत्यु र संक्रमण फैलने दर नोपलमा पनि घट्दै गएको पाइएको छ। ३०आैं विश्व एड्स दिवसको पूर्वसन्ध्यामा बिहीबार विश्व एड्स दिवस मूल समारोह समितिले सञ्चारकर्मी माझ यस्तो तथ्य सार्वजनिक गरेको हो।

एक दशक अघिसम्म नेपाल तथा विश्वका विभिन्न देशमा बढिरहेको एचआइभी संक्रमण दर पछिल्लो समय घट्दै गएको समितिको दाबी छ।

सन् २०१७ को तथ्यांकअनुसार सन् २०१० को तुलनामा नेपालमा एचआइभी संक्रमण ६१ प्रतिशत घटेको छ भने बच्चाहरूमा यसको दर ६३ प्रतिशत कम भएको छ। यसैगरी सात वर्षमा एड्सका कारण हुने मृत्युदर २३ प्रतिशत घटेको छ।

 

योगदानमा आधारित सामाजिक सुरक्षा साँच्चै नयाँ युगको सुरुवात कि प्रोपोगान्डा ?

गत हप्ता सरकारले  ठुलो तामझामका बीच योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागु गर्यो ।  केही अघि मात्रै बनेको सामाजिक सुरक्षा ऐनमा टेकेर ल्याइएको सो योजना आफैमा एक राम्रो कदम थियो।  स्वास्थ्य सुरक्षा, अशक्त सुरक्षा, बृद्धावस्था सुरक्षा र आश्रित सुरक्षा सहितका ४ प्रकारका सुरक्षा योजना समेटिएका यस योजनाले श्रम जगतमा नयाँ उमंगको संचार गराएको छ ।
सामान्यतया यति महत्त्वपूर्ण योजनाको घोषणा हुँदा सरकारको ठुलो वाहवाही हुनुपर्ने हो । सरकारी अधिकारीहरुले पनि त्यस्तै आशा राखेका थिए । तर जब सामाजिक सुरक्षा कोषको घोषणा भो सरकारले ठुलो आलोचना व्यहोर्नु पर्यो ।  एक दशकको प्रयास पछि लागू भएको यति महत्त्वपुर्ण योजना

आखिर किन विवादमा तानियो ?