कसरी हुन्छ हुन्छ मस्तिष्क घात?

मस्तिष्कमा रहेका नसाहरु सुक्दा, फुट्दा, खुम्चिदा वा तिनले राम्रोसँग काम नगर्दा स्नायु तन्तुहरुमा अक्सिजन आपूर्ति रोकिन्छ र मस्तिष्कले काम गर्न नसक्ने अवस्था आउनु नै मस्तिष्कघात हो।
नियमित ब्यायाम नगर्दा, खानपानमा उचित ध्यान नदिँदा, वातावरणीय प्रतिकुलता हुँदा र बंशाणुगत कारणले मस्तिष्कघात हुने गर्छ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका नसा रोग विभाग प्रमुख डा. रागेश कर्णका अनुसार दैनिक रुपमा टेबलवर्क गर्ने, ब्यायाम नगर्ने, मदिरा र चुरोट सेवन गर्ने मानिसहरु मस्तिष्कघातको उच्च जोखिममा हुन्छन्।
उनका अनुसार काठमाडौ उपत्यकामा बस्ने मानिसले प्रत्यक्ष धूम्रपान नगरेपनि दैनिक दुइवटा चुरोटबाट निस्कने धुवाँ वराबरको धुलो ग्रहण गरिरहेका हुन्छन।
अरुले गरेको धुम्रपानको असर भोग्ने प्यासिभ स्मोकर र धुलो धुवाँले प्रभावित काठमाडौ उपत्यकामा हरेक मान्छे मस्तिष्कघातको जोखिममा रहन्छन।
‘काठमाडौ उपत्यकामा धुलो धुँवा अत्याधिक छ, धुम्रपान गर्ने र प्यासिभ स्मोकरको संख्या पनि दिनानुदिन बढ्दैछ जसले मस्तिष्कघातको खतरा पनि बढिरहेको छ,’ उनले भने।

विश्वभरमा प्रत्येक ६ मानिसमध्ये १ जनालाई जीवनकालमा एकपटक मस्तिष्कघात हुने गर्छ। विश्वस्थास्थ्य संगठनको तथ्याङ्क अनुसार हरेक बर्ष डेढ करोड मानिस मस्तिष्कघातको सिकार हुने र ५८ लाख मानिसको ज्यानै जाने गरेको छ।

मोबाइल,ल्यापटप जस्ता ग्याजेट्सको प्रयोगले बढाउछ नशा रोग

काठमाडौं– लामो समय एउटै अवस्थामा मोबाइल, कम्प्युटर लगायतका ग्याजेट्सको प्रयोगले माइग्रेन्ट रोग निम्तने खतरा हुने चिकित्सकले बताएका छन् । लामो समय एउटै पोजिसनमा बसेर ग्याजेट चलाउँदा वा टेलिभिजन हेर्दे ढाड दुख्ने, गर्धन दुख्ने जस्ता समस्याहरु आउने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका न्यूरो विभाग प्रमुख डा. रागेस कर्ण बताउँछन् ।
डा. कर्णका अनुसार मोबाइल,ल्यापटप जस्ता ग्याजेट्सबाट निरन्तर निस्कने विकिरणले मानिसलाइ एकोहोरो बनाउँछ । त्यस्ता किरणबाट फोटो सेन्सेटिभ एपिलेप्सी हुने जसले मानिसलाई एकोहोरो बनाउने र विभिन्न नशा समबन्धि रोग पैदा गर्ने गर्छन ।
‘लामो समयसम्म प्रकाशमा हेरिरहँदा ढाड, घाँटी, शरीरका अन्य भागहरु दुख्ने र फोटो सेन्सेटिभ एपिलेप्सी हुन्छ । प्रकाशका कारण एकोहोरो हुने र माइग्रेन्ट, छारे रोग एवं अन्य नशा समबन्धि रोग समेत निम्तन्छन’ उनले भने ।
लामो समयसम्म ‘टेबल वर्क’ गर्ने र बिना व्यायामको जीवन शैली अपनाउँदा नशा सम्बन्धि रोगको जोखिम हुने गर्छ।

डेनी चार्ल्ड मलाई मन पर्छ’ – मरिस्का पोखरेल

म तिम्रो होइन र’ नामक चलचित्रबाट चलचित्रमा प्रवेश गरेकी लोकप्रिय नायिका हुन् मरिस्का पोखरेल। ‘चपली हाइट २’, ‘लम्फु, पण्डित बाजेको लौरी’ लगायत आधा दर्जन चलचित्रमा अभिनय गरिसकेकी मरिस्का पोखरेलले आफूलाई प्रिय लाग्ने कुरा नागरिक परिवारलाई यसरी बताएकी छन्।

रेडियो नेपालसँग खुमलटारबासी रुष्ट

रेडियो नेपालले आफ्नो स्वामित्वमा रहेको खुमलटार ट्रान्समिटिङ स्टेशनको करिब ७० रोपनी जग्गा निजी कम्पनीलाई विभिन्न व्यापारिक प्रयोजनका लागि भाडामा दिएपछि स्थानीयबासी आन्दोलनमा उत्रिएका छन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका कर्मचारी र व्यापारिक मिलोमतोमा उक्त जग्गा हड्पने काम भइरहेको स्थानीयको आरोप छ।

उक्त जग्गा मध्येको ४२ रोपनी जग्गा लामो समयदेखि स्थानीयले खुल्ला चौरको रूपमा प्रयोग गर्दै आएका थिए। तर त्यो जग्गा पनि व्यापारिक प्रयोजनका लागि दिएपछि स्थानीय जनता आन्दोलनमा उत्रिएका हुन्। रेडियो नेपालले एक बर्ष अघि नै प्रति महिना प्रति रोपनी ४१ हजार ५१ रुपैयाँका दरले ३० वर्षका लागि श्री कुबेरज्ञान हाउजिङ कम्पनी प्रालि.लाई भाडामा दिएको भएपनि उक्त कम्पनीले स्थानीयको विरोधका कारण सो जग्गा  प्रयोग गर्न सकेको छैन। स्थानीय बासिन्दाले उक्त जग्गा रेडियो नेपाल स्वयंले प्रयोग गर्नुपर्ने नभए त्यतिकै खुल्ला छोड्न माग गर्दै आएका छन्।

नेपालका लागी बंगलादेशको राजदुतबासमा फोटो पत्रकारहरुद्वारा प्रर्दशन

बंगलादेशमा विद्यार्थीद्वारा भइरहेको सरकार विरोधी प्रदर्शनबारे आफ्नो धारणा सार्वजनिक गरेको अभियोगमा त्यहाँको सरकारले वरिष्ठ फोटो पत्रकार शाहिदुल आलमलाई प्रकाउ गरेको विरोधमा काठमाडौंमा फोटो पत्रकारहरुले प्रदर्शन गरेका छन् । वरिष्ठ फोटो पत्रकार शाहिदुल आलम निशर्त यथाशिघ्र रिहाई गनुपर्ने तथा प्रेस तथा अभिब्यक्ती स्वतन्त्रताको ग्यारेन्टी गर्नुपर्ने माग गदै बसुन्धरास्थित नेपालका लागी बंगलादेशको राजदुतबास अघि ल्पेकार्डसहित प्रर्दशन गदै ज्ञापन प्रत्र बुझाइएको छ ।
फोटो पत्रकार क्लब, राष्ट्रिय फोटो पत्रकार महासंघ, फोटो सर्कल, वरिष्ठ फोटोपत्रकारहरु बिकास रौनियार र उषा तितिक्षु लगायत पत्रकारहरुले ज्ञापन पत्र बुझाएका हुन् । सामाजिक सञ्जालमा तस्वीर पोष्ट गरेको र अन्तर्वार्ता दिएकै कारण पत्रकारलाई गिरफ्तार गर्नु भनेको प्रेस स्वतन्त्रता र लोकतन्त्रमाथिको प्रहार हो । प्रेस स्वतन्त्रताको सम्मान गर्न बंगलादेश सरकारलाई आग्रह गर्दै प्रेस स्वतन्त्रता विरोधी सबै खालका क्रियाकलाप बन्द गर्न आग्रह गदै गरिएको छ ।
साहिदुल आलम सधैँ सत्य, न्याय,समानता र स्वतन्त्रताका लागी उभिने मानिस भएको बताउदै फोटो सर्कलकी नयनतारा गुरुङकक्षतिले बंगलादेश सरकारले उनलाई अविलम्ब निर्शत रिहाई गर्नुपर्ने बताइन् ।
सहिदुल फोटोपत्रकार मात्र नभई सामाजिक न्यायका लागि लड्ने एक मानवअधिकारकर्मी पनि हुन्, उनलाई कुनैपनि बहानामा प्रकाउ गर्ने कार्य निन्दनीय रहेको ठहर हामीले गरेका छौँ । उनलाई तत्काल रिहाई गर्न फोटो पत्रकार तथा सामाजिक अभियन्ता उषा तितिक्षुले माग गरीन् ।
साहिदुल आलमको गिरफ्तारीलाई अहिले दक्षिण एशियामा बढ्दै गएको विरोधीलाई सहन नसक्ने प्रवृत्तिको एउटा पाटोको रुपमा नेपाली फोटोपत्रकार तथा पत्रकारहरुले मूल्यांकन गरेका छन् । बंगलादेशी सरकारलाई आलम बंगलादेश बाहिर पनि एक सशक्त व्यक्तित्व भएको र उनको अवस्थाप्रति नेपाली फोटोपत्रकार तथा पत्रकारहरु चिन्तित भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
सहिदुल आलम नेपाली फोटो पत्रकारहरुको पुराना मित्र तथा हितैषी भएका बंगलादेशी फोटोपत्रकार भएका बताउँदै नेपाल फोटोपत्रकार महासंघका महासचिब हरी रेग्मीले उनलाई बिनाशर्त रिहाई गर्नुपर्ने माग गरे ।
एकजना फोटोपत्रकारले पे्रस स्वतन्त्रताको उपयोग गर्दा गिरफतार गर्ने बंगलादेशी सरकारको कार्य एकदमै निन्दनिय भएको बताउँदै वरिष्ठ फोटो पत्रकार बिकास रौनियारले साहिदुललाई अभिलम्ब रिहा गरी गल्ती सच्चाउन माग गरे ।
सिहिदुलको प्रकाउ सिङगो फोटोपत्रकारिता जगतमाथिको आक्रमण भएको बताउँदै फोटो पत्रकार क्लबका अध्यक्ष बिकास कार्कीले क्षमासहित निर्शत रिहाई गरी प्रेस तथा अभिब्यक्ति स्बतन्त्रताको सम्मान गर्न बंगलादेशी सरकारलाई आग्रह गरे ।
बंगलादेशको सत्तारुढ दलको अवामी लिगको विद्यार्थी संगठनले गरेको विरोध प्रदर्शनका क्रममा फोटो पत्रकारमाथि आक्रमण भएको थियो । आन्दोलनका क्रममा फोटो पत्रकारको सुरक्षाका विषयमा शाहिदुलले अन्तर्रा्ष्ट्रिय मिडियामा अन्तर्वार्ता दिएको आरोपमा बंगलादेशी सरकारले गत आइतबार उनलाई घरबाटै पक्राउ गरेको थियो ।

ललितपुरमा गोदावरी खोलाले मान्छे सहित कार बगायो

ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभूमा गोदावरी खोलाले मान्छे सहित एक कार बगाएको छ। आज बिहान ५ बजेतिर बा १४ च ४७२९ नम्बरको कार नदी पार गर्ने क्रममा बगेको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ। प्रत्यक्षदर्शी पूर्ण श्रेष्ठका अनुसार स्थानीयले कार चालकको उद्दार गरेका छन्। कार चालक सुरक्षित रहेको ललितपुर प्रहरीले बताएको छ।

महानगरपालिकाले नयाँ पुल बनाउने भन्दै ह्यामपाइप राखेर आवागमनको व्यवस्था गरेकोमा नदी पार गर्ने क्रममा कार खोलाले बगाएको श्रेष्ठले बताए।

‘पुल बनाउने भन्दै नगरपालिकाले पुरानो पुल भत्काएको सात आठ महिना भइसक्यो’, श्रेष्ठले भने, ‘अझै पनि पुल बनेको छैन, स्थानीय जोखिम मोलेरै खोला वारपार गरिरहनु परेको छ।’ उनले जोखिम पूर्ण यात्रा गर्नु पर्दा ठूलो दुर्घटनाको सम्भावना कायमै रहेको बताए।

प्रहरीले कार नदीबाट झिक्ने प्रयास भइहेको बताएको छ।

जाजरकोट पहिरो अपडेट : नाै जनाकाे शव भेटियाे, उद्दार कार्य जारी

जाजरकोटको भेरी नगरपालिका–३ ठाटिबजारमा गएको पहिरोमा परी पुरिएका मध्ये नाै जनाकाे शव फेला परेको छ।

मृत्यु हुनेमा १३ वर्षीय नरेन्द्र परियार, ११ वर्षीय नविन परियार, ८ वर्षीय गाेविन्द परियार, ८ वर्षीय दर्शक परियार रहेका छन्। यस्तै नेपाल पत्रकार महासंघ जाजरकोटका सदस्य तिर्थ बहादुर बोहराकी ८ वर्षीया छोरी नज्मा बाेहराकाे पनि पहिराेमा पुरिएर मृत्यु भएकाे छ। यस्तै मृत्यु हुनेमा २५ वर्षीया तिर्सना सितला लुहार, उनकी छाेरी ९ वर्षीया भगवति बिक, ६ वर्षीया रञ्जना बिक र ३ वर्षीया मनिषा बिक रहेका छन्। पहिराेमा परी सितलाका श्रीमान ३१ वर्षीय लालबहादुर  लुहारकाे घाइते अवस्थामा उद्दार गरिएकाे छ भने उनकाे जाजरकाेट अस्पतालमा उपचार भइरहेकाे छ।

निर्माण पुरा नहुँदै पटक पटक भत्कियो सिक्टा सिंचाई आयोजना

राष्ट्रिय गौरवको सिक्टा सिचाई आयोजनाको काम २०६३ सालबाट बाँकेमा निर्माणाधिन क्रममा छ। निर्माणको ६० प्रतिशत मात्र काम सम्पन्न हुँदा हालसम्म आयोजनाले झण्डै १५ अर्व रुपैयाँ खर्च गरिसकेको छ। आयोजनाले सुरुमा ४५.२५० किलो मिटर पश्चिम मुल मात्र निर्माण गरेर ३३ हजार ७ सय ६६ हेक्टर क्षेत्रमा सिचाई सुविधा पुर्‍याउने लक्ष्य राखेको थियो। दोस्रो गुरुयोजना पश्चात साढे ५३ किमी पूर्वी मुल नहर पनि निर्माण गरेर राप्तीपारीको ९ हजार हेक्टर क्षेत्र सिंचाई गर्ने लक्ष्यका साथ सरकारले सिक्टालाई वर्षेनी सवा अर्वबढी बजेट विनियोजन गर्दै आएको छ।

सिक्टाको सबै काम आगामी आर्थिक वर्ष २०७६/७७ भित्र सम्पन्न गर्ने सरकारको लक्ष्य छ। आयोजना सम्पन्न हुँदासम्म सरकारले २५ अर्वभन्दा बढी रुपैयाँ खर्च गर्ने अनुमान गरेको छ। सिक्टालाई सरकारले दिएको प्राथमिकता अनुसार प्रतिफल भने देखिएको छैन। सरकार फेरबदलसँगै विभागीय मन्त्रीले आफ्नो अनुकुलका आयोजना निर्देशक सरुवा गर्ने, ठेकेदारले विभिन्न बहानामा काम अड्काउने जस्ता प्रवृत्ति सिक्टामा लामो समयदेखी छन्।

आयोजना कार्यालय अहिलेसम्म मुल नहर निर्माणको काममै अल्झिरहेको छ। आयोजनाका शाखा र उपशाखा नहर निर्माणको काम पनि अन्यौलमा छ। दुई वर्षअघि अगैयास्थित हेड वर्क्समा जडान गरिएको १८ वटा गेट सिचाईका लागि उपयोगमा आउन सकेका छैनन्।

सिक्टाको पश्चिम मुल नहर निर्माणको काम सम्पन्न भएपनि हस्तान्तरण नहुँदै परीक्षण गर्ने क्रममा पटक–पटक भत्किने गरेको छ। साउन ७ गते बेलुका सिक्टाको पश्चिम मुल नहर परीक्षणका क्रममा ढकेरीस्थित चंगाई नाला छेउमा भत्किएर ठूलो क्षति पुर्‍यायो। यसअघि २०७३ असार १४ गतेपनि परीक्षणकै क्रममा ढकेरीस्थित झिझरी खोला छेउमा मुल नहर भत्किएको थियो। पटक पटक नहर भत्किँदा सिक्टाको गुणस्तरमाथी प्रश्न उठेको छ। सिक्टा सिचाई आयोजना, सिचाई विभाग र मन्त्रालय जिम्मेवारीबाट पन्छिन खोजिरहेका छन्। भत्केको ठाउँमा आयोजना कार्यालयले हतार–हतारमा माटो ल्याएर पुरेको छ । यही माटो पनि वर्षाले बगाउन थालेको छ । मुल नहरको दर्जनौं ठाउँमा अझैपनि ठुल्ठुला खाडल परेर भत्किने अवस्थामा पुगेको छ।  ठेकेदार कालिका कन्स्ट्रक्सन कम्पनीले निर्माण गरेको ‘आईसिबी–टु’ ठेक्का अन्तर्गत १७.७ किलोमिटरदेखी ३५ किलोमिटर सम्मको क्षेत्रमा घुलनशिल माटोका साथै कमसल निर्माण सामग्री प्रयोग भएका कारण समस्या देखिएको स्थानीय बासिन्दा बताउँछन्।