‘ सूरत हुनेको सिरत नहुने, सिरत हुनेको सूरत नहुने ‘ – Astha Raut

फरक स्वरका कारण दर्शकमाझ परिचित छिन् गायिका आस्था राउत । ‘चौबन्दीमा पटुकी’, ‘झम्के बुलाकी’ उनका रुचाइएका गीत हुन् । पछिल्लो समय उनी संगीत क्षेत्रमा देखिने खराब प्रवृत्तिविरुद्ध खुलेर बहसपैरवीमा लागेकी छिन् । लोकदोहोरी फोहोरी भएकोमा उनलाई चिन्ता छ । विनाअनुमति सर्जकहरूको सिर्जना प्रयोग हुँदा आपत्ति छ । आइतबार दिउँसो लाजिम्पाटस्थित माइक्स क्याफेमा आस्थाले नेपाली संगीतको ट्रेन्ड, समस्यासहित आफ्नो रुचि, करिअर र प्रेमबारे शुक्रबारसँग गरेको अन्तरंग संवाद ।