सडकमा धान रोपाईं ||

चावहिल–साँखु सडक खण्डको जोरपाटीमा आज साहित्यकारहरुले सडकमै धान रोपेका छन् ।
अभिनव साहित्य समाजको अगुवाईमा अन्य केही साहित्यिक संस्थाले राष्ट्रिय धान दिवसको अवसर पारेर हिले सडकमा व्यंगात्मक धान रोपाई गरेका हुन्।

अभिनव साहित्य समाजका अध्यक्ष वेदमणि घिमिरेले नागरिक न्यूजसँग भने, ‘ निर्माणाधीन सडक र ढलको कारण लामो समयदेखि धुलो र हिलोमा डुब्न बाध्य पारिएकाले सडकमै धान रोपेका हौ।’