सञ्जु कटुवाल। श्रीमान गम्भिर। घरभाडा फिर्ता।केपी ओली बुलेटमा। देउवालाई सकस

देउवा र पौडेलबीच केन्द्रीय समितिमै चर्काचर्की

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच केन्द्रीय समिति बैठकमै तीब्र विवाद भएको छ। महासमिति बैठकको संघारमा बिहीबारको केन्द्रीय समिति बैठकमा सभापति देउवा र नेता पौडेलबीच पार्टी सञ्चालन र निर्वाचनमा पराजयको विषयलाई लिएर विवाद भएको हो।

प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयको जिम्मेवारी कसले लिने भन्नेमा एक वर्ष समय गुजारेका नेताहरू फेरि सोही विषयलाई लिएर विवाद गरेका हुन्। आन्तरिक विवादलाई सल्ट्याएर महासमिति बैठकबाट नेताहरूले एकताको सन्देश दिने अपेक्षामा नेता तथा कार्यकर्ता रहेका बेला शीर्ष दुई नेता बैठकमै असिष्ट ढंगबाट प्रस्तुत हुँदा केन्द्रीय समिति असहज बन्न पुगेको थियो।

शुक्रबारबाट सुरु हुने महासमिति बैठकमा पेस गर्ने विभिन्न प्रस्तावमाथि छलफलमा सहभागी हुँदै नेता पौडेलले प्रदेश र प्रतिनिधिसभा निर्वाचन पराजयको जिम्मेवारी सभापतिले लिनुपर्ने धारणा राखेका थिए। निर्वाचन गराएको विजय सभापतिले लिएको तर पार्टी पराजयको दोष भने लिन तयार नभएको धारणा राखेपछि सभापति देउवालगत्तै त्यसको प्रतिवादमा उत्रिएका थिए।

 

Wardrobe: The Shine Collection Bagbazar, Kathmandu 9869050396

हेलिकोप्टर खरिद प्रक्रियामै त्रुटि, अस्वाभाविक महँगो

भिभिआइपी उडानका लागि भन्दै भित्र्याइएको अगस्टा वेस्टल्यान्ड हेलिकोप्टरको खरिद प्रक्रियामै त्रुटि भेटिएको छ। काठमाडौं आइपुगेको उक्त हेलिकोप्टर भिभिआइपीको सवारीका लागि भन्दै नेपाली सेनाले खरिद गरेको हो।

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले चढ्ने उक्त हेलिकोप्टर किन्न सेनाले प्रतिस्पर्धाबिनै इटालीको एक कम्पनीसँग एक करोड ३९ लाख ८४ हजार दुई सय ४३ युरो (हालको एक अर्ब ८१ करोड रुपैयाँ) मा खरिद सम्झौता गरी प्रतीतपत्र खोलेको थियो। सेनाले सुरक्षा सामरिक वा प्रतिरक्षा सामग्री आपूर्ति गर्ने कार्यविधि २०६४ विपरीत प्रतिस्पर्धाबिनै बोलपत्र स्वीकृत गरेर हेलिकोप्टर खरिद प्रक्रिया अघि बढाएको थियो। २०७३ असार १६ को मन्त्रिपरिषद्को बैठकले प्रतिस्पर्धा सुनिश्चित हुनेगरी हेलिकोप्टर खरिद गर्न सेनालाई अनुमति दिएको थियो।

 

सरकार र पार्टी सन्चालन पद्धतिको  पार्टी भित्रै आलोचना

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको सोमबारको बैठकमा नेताहरुले सरकार र पार्टी सञ्चालन पद्धतिको खुलेर आलोचा गरेका छन्।

अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको प्रतिवेदनमाथि छलफलका क्रममा स्थायी समिति सदस्यहरुले सरकारका गतिविधिबारे पार्टीभित्र छलफल नभएको, एकलौटी निर्णय गरेको, विधानअनुसार पार्टी सञ्चालन नभएको टिप्पणी गरे। उनीहरुले विधानअनुसार तीन महिनामा स्थायी समिति बैठक बस्नुपर्नेमा ६ महिनामा बसेको, स्थायी समितिबाट निर्णय गर्नुपर्ने विषयलाई सचिवालयबाटै निर्णय गराइएको जस्ता विषयमा असन्तुष्टि जनाएका थिए।

उनीहरुले सरकारी तहमा भएका निर्णय विवादास्पद हुनुका साथै नियुक्ति, सरुवाजस्ता विषयमा सरकारी तहमा बिचौलिया हाबी भएका कारण सरकार बढी आलोचित भएको तथा सकारको कार्यशैलीमा देखिएका त्रुटि औल्याउँदा गाली खानुपर्ने स्थिति हुँदा सरकारको गति ठीक दिशातर्फ उन्मुख नभएको टिप्पणी पनि सदस्यहरुले बैठकमा गरेका थिए।

 

पूर्वराजा पोखरामा, १६ दिनका लागि २४ कोठा बुकिङ

अंग्रेजी नयाँवर्ष मनाउने गरि पूर्व राजा ज्ञानेन्द्र शाह पोखरा आएका छन्। पूर्वरानी कोमल शाह पनि ज्ञानेन्द्रसँगै पोखरा आएकी छिन्। शाह दम्पत्ति सोमबार बिहान जहाजबाट पोखरा ओर्लेका हुन्। उनीहरु बिहान ११ बजे बुद्ध एयरको जहाजबाट पोखरा ओर्लेका थिए।

शाह दम्पत्तिलाई पोखरा विमानस्थलमा २१ किलोको माला लगाएर स्वागत गरिएको थियो। राजपरिवारको समर्थक रहेकाहरुले स्वागत समारोह बनाएर विमानस्थल बाहिर शाह परिवारको स्वागत गरेका थिए। राजसंस्था स्थापित गराउने एजेण्डामा लागेका राजनीतिक पार्टी र पूर्व राजाका शुभचिन्तकले फूलमाला र पञ्चेबाजाले शाह दम्पत्तिको स्वागत गरेका थिए। शाह दम्पत्तिको स्वागतमा विमानस्थल क्षेत्र खचाखच भरिएको थियो। विमानस्थल भित्र र बाहिरको सडकमा भीड बढेपछि व्यवस्थापनमा पनि समस्या परेको थियो।

 

गोविन्द केसीको आन्दोलन २ हप्ता सर्‍याे

चिकित्सा शिक्षा सुधारका लागि सत्याग्रही आन्दोलन गर्दै आएका डा. गोविन्द केसीको सत्याग्रही आन्दोलन २ हप्ता पछि सरेको छ।

चिकित्सा शिक्षा ऐन पारित लगायतका सम्झौता कार्यान्वयनको माग गर्दै डा केसीले सरकारलाई पुस २ गतेसम्मको अल्टिमेटम दिएका थिए। माग पुरा नभए सत्याग्रहसहितको आन्दोलन शुरु गर्ने उनले पत्रकार सम्मेलनमार्फत घोषणा गरेका थिए।

यसबीचमा संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयक अघि बढाउन समय लाग्ने जानकारी आएपछि डा केसीले पुस १७ गतेसम्मलाई आन्दोलन सारेका हुन्।

मेलम्ची खानेपानी आयोजनाको ठेकेदारको पासपोर्ट जफत

मेलम्ची खानेपानी आयोजनाको निर्माणमा संलग्न ठेकेदार कम्पनीका प्रमूख  क्रिस्टियानो क्रुजोसहित ८ जनाको पासपोर्ट सरकारले नियन्त्रणमा लिएको छ।

इटालियन ठेकेदार कम्पनी सिएमसीका क्रुजाेसिहत २९ जना कर्मचारी २ दिनदेखि आयोजनाको काम छाडेर हिडेपछि उनीहरुको पासपोर्ट नियन्त्रणमा लिइएको महानगरीय प्रहरी अपराध महासाखाले जनाएको छ। सरकारले कामसक्न दिएको समयसीमा ४६ दिन वाँकी रहँदा निर्माणमा खट्नु पर्ने टोलीले काम छाडेपछि नेपाल छाडन नदिन उनीहरुको पासपोर्ट जफत गरिएको हो।

क्रिसमसको वहानामा नेपाल छाडेर जाने र त्यसपछि नआउने नियत देखिएको भन्दै उनीहरुलाई नेपाल छाडन नदिने गरी पासपोर्ट नियन्त्रणमा लिइएको हो।

एसपी विष्ट र इन्सपेक्टर भट्ट,जुनसुकै बेला पक्राउ पर्नसक्ने

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्त प्रकरणको अनुसन्धानमा लापरवाही गरेको भन्दै प्रहरी अधिकारीविरुद्ध किटानी जाहेरी परेको छ।

निर्मलाकी आमा दुर्गादेवी पन्त, दिलीप विष्टका दाई खड्ग विष्टले मंगलबार बर्खास्तीमा परेका तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट, प्रहरी निरीक्षक जगदिश भट्ट तथा निलम्बनमा रहेका सिआइबीका डिएसपी अंगुर जिसी र तत्कालिन कञ्चनपुर प्रहरी प्रवक्ता डिएसपी ज्ञानबहादुर सेठी लगायतविरुद्ध सार्वजनिक न्यायबिरुद्धको कसुरअन्तर्गत कारवाहीको माग गर्दै जाहेरी दिएका हुन्।

जाहेरीमा दोषी जोगाउने उद्देश्यले प्रमाण नष्ट गरेको र निर्दोष व्यक्तिलाई नियन्त्रणमा लिएर यातना दिएकाले एसपी विष्टसहित प्रारम्भिक अनुसन्धानमा संलग्न सम्पूर्ण प्रहरी अधिकारीलाई कारवाहीको माग गरिएको छ।

 

मुम्बईको अस्पतालमा भीषण आगलागी, ८ जनाको मृत्यु

भारतको मुम्बईस्थित एक सरकारी अस्पतालमा सोमबार साँझ भीषण आगलागी भएको छ । आगलागीमा परी ८ जनाको मृत्यु  छ भने झन्डै १ सय ५० जना घाइते भएका छन्।

आगलागी नियन्त्रणमा लिनका लागि ठूलो संख्या दकमल र प्रहरी परिचालन गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उपनगरीय अंधेरीको मरोलमा रहेको इएसआईसी कामगार अस्पतालमा अकस्मात आगो सल्किएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घाइतेहरुलाई भ-याङ्गको सहायताले अस्पतालको फरक फरक तलाबाट उद्धार गरिएको थियो। आगलागी सबैभन्दा तल्लो तल्लाबाट सुरु भएको थियो भने ज्यान गुमाउने अधिकांश तल्लो तलाका नै रहेको जनाइएको छ । आगो लागेपछि अस्पतालको माथिल्लो तल्लाबाट हामफालेर धेरै घाइते भएका छन् । घाइते मध्ये एक दर्जनको अवस्था चिन्ताजनक रहेको मुम्वई प्रहरीले जनाएको छ।

 

क्याटिओना ‘मिस युनिभर्स’

थाइल्याण्डको बैंककमा भएको ‘मिस युनिभर्स २०१८’ को उपाधि फिलिपिन्सकी सुन्दरी क्याटिओना ग्रेले जितेकी छन्। प्रतियोगितामा दक्षिण अफ्रिका ‘फस्ट रनरअप’ हुँदा भेनेजुएला ‘सेकेन्ड रनरअप’ बन्यो।

प्रतियोगितामा नेपाली प्रतियोगी मनिता देवकोटा ‘उत्कृष्ट १०’ मा पुगेर बाहिरिइन्। एसिया तथा अफ्रिका क्षेत्रका उत्कृष्ट पाँच प्रतिस्पर्धीमा परे पनि उनी उत्कृष्ट १० बाट बाहिरिएकी हुन्।

प्रतियोगितामा अमेरिका, युरोप र एसिया प्यासिफिक तथा अफ्रिका गरी तीन महादेशका उत्कृष्ट ५ सुन्दरी छनौंट गरी १५ जना र ५ जना ‘वाइल्ड कार्ड’मार्फत् गरी उत्कृष्ट २० छानिएका थिए। मनिता एसिया प्यासिफिक तथा अफ्रिकाबाट तेस्रो नम्बरमा थिइन्।