मोतीराम भट्टः छोटो जीवन, लामो सम्झना

भाद्र कुशेऔँसीका दिन आइतबार राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५३ औँ जन्मजयन्ती देशभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँएको छ। वि।सं। १९२३ भाद्र कुशे औँसीका दिन जन्मेका युवाकवि भट्टको वि।सं। १९५३ भाद्र कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन भएको थियो। भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि ठूलो योगदान पु¥याएका छन्।नेपाली साहित्यको श्रृङ्गार रसमा विशेष योगदान दिएका युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलो पटक प्रकाशनमा ल्याएका थिए। नेपालमा छापाखाना भित्र्याएको श्रेय समेत भट्टलाई नै जाने गरेको छ।
उनका ‘मोतीराम भट्टका उपलब्ध ग्रन्थावली’, ‘गजेन्द्रमोक्ष’, ‘प्रह्लाद भक्ति कथा’, ‘पिकदूत’, ‘भानुभक्तको जीवन चरित्र’ लगायत कृति प्रकाशित छन्।
आदिकवि भानुभक्त आचार्यले नेपालीमा अनुवाद गरेको रामायणको पाण्डुलिपीको खोजी गरी भट्टले नै वि।सं। १९४१ मा प्रकाशन गरेका थिए।