मलेसियादेखि मसानघाट सम्म….

जिन्दगी सोचेको जस्तो भइदिन्थ्यो त आज सल्यानका डम्बर खड्का गाउँकै कुनै रेमिट्यान्स कम्पनीमा भाईले मलेसियामा दुःख गरेर पठाएको पैसा निकाल्दै हुन्थें। तर वैदेशिक रोजगारको यात्रा कहाँ सहज छ र! विदेशिएका नेपालीको कथा त यति कहाली लाग्दो छन् कि ति घाउ जीवनभर बिझाई रहनेगरी बसिदिन्छ परिवारमा।
उमेरले २० वर्षमा हिड्दै गरेका सल्यान स्यानिखाल(हालको सारदा नगरपालिका)का सुशील खड्का विदेश जाने भन्दै पासपोर्ट बनाउन काठमाडौं आउँछन्। पासपोर्ट बनाउन आएकै बेला सुशीलले दाईलाई केही दिनमै आफ्नो उडान हुने भएकाले घर नफर्किने सुनाउँछन्। तर मेनपावरले केही दिनपछि मात्र उडान हुने भनेपछि सुशील घर त फर्किए तर दाजुभाई बीच भेट हुन सकेन। डलरको कथाको पाचौं शृंखला।