प्रदिप र जसिताको सम्बन्ध हल्ला मात्रै

प्रधानमन्त्री र रक्षामन्त्रीबीच नै मतभेद

सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई प्रतिबन्ध लगाएको छ। तर उसलाई हेर्ने दृष्टिकोणमा सत्तारुढ दलभित्रमात्र होइन, सरकारमा सहभागी मन्त्रीबीच पनि मतभेद देखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलबीच नै चन्द नेतृत्वको समूहप्रतिको दृष्टिकोण बाझिएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई वार्तामा आउन चैत महिनाभरको समय दिएका छन्। उनले सोमबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको बैठकमा विप्लव समहूलाई संवादमा आउन यही चैत महिनाको समय दिइएको जानकारी दिए। तोकिएको समयमा वार्तामा नआए नियन्त्रण गर्ने दाबी उनको थियो। प्रधानमन्त्री ओलीले संसदीय बैठकमा यस्तो बताइरहँदा उता विराटनगरमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले हतियार बुझाएमात्र विप्लव समूहसँग वार्ता हुनसक्ने अभिव्यक्ति दिएका छन्।

Wardrobe: The Shine Collection Bagbazar, Kathmandu 9869050396

विप्लव पक्राउ परे जन्मकैद

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द (विप्लव) पक्राउ परेमा प्रचलित कानुनअनुसार उनीमाथि जन्मकैद सजाय हुने भएको छ। फागुन २८ को मन्त्रिपरिषद् बैठकले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउँदै उसका सबै गतिविधि नियन्त्रणमा संगठित र फौजदारी अपराधसम्बन्धी कानुन आकर्षित हुने घोषणा गरिसकेको छ।

‘सरकारले विप्लव समूहका गतिविधि विध्वंसात्मक र आपराधिक भएको घोषणा गरिसकेको अवस्थामा हामीले प्रचलित संगठित अपराध ऐन २०७० र फौजदारी अपराध (संहिता) ऐन २०७४ अनुसार कारबाही अघि बढाएका छौं,’ प्रहरी स्रोत भन्छ, ‘देशभरका युनिटमा पनि सोहीअनुसार कारबाही गर्न सर्कुलर भइसकेको छ।’ दुवै कसुर पुष्टि भए विप्लव तथा अन्य नेता÷कार्यकर्तामाथि १० हजार रुपैयाँ जरिवानादेखि जन्मकैदसम्मको सजाय हुनसक्ने कानुनी व्यवस्था छ।

एसइई परीक्षार्थीलाई इमेलबाट प्रश्नपत्र

आफ्नो परीक्षा केन्द्र भूलेर अर्को परीक्षा केन्द्रमा पुगेका ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका वडा नं ३ सिकैचाका १६ जना विद्यार्थीलाई इमेलबाट प्रश्नपत्र पठाई माध्यमिक शिक्षा परिक्षा (एसइई) को परीक्षा दिन लगाइएको छ। सदरमुकाम ताप्लेजुङबाट प्रश्नपत्र इमेल गरेर पठाई परीक्षा गराइएको हो।

२०७३ सालको परीक्षामा सामेल भइ स्तरवृद्धिका लागि आवेदन दिएका विद्यार्थी सिकैचाबाट नजिकै रहेको तेल्लोक मावि परीक्षा केन्द्र पुगेका थिए। उनीहरूको परीक्षा केन्द्र भने फुङ्लिङस्थित बासु मावि मेदिबुङ रहेको थियो।

प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले सिकैचाका विद्यार्थीको २०७४ सालको स्तरवृद्धिकोे परीक्षा केन्द्र भने तेल्लोकमै रहेकोले २०७३ सालको स्तरवृद्धिको परीक्षा लेख्ने विद्यार्थी पनि सोहि अनुमानमा तेल्लोक पुगेको हुनसक्ने बताए।