#पानीजहाज # गगनको माइक # प्रियंका र निकको रोमान्स #धुलो उडाउने ब्रुमर #बल्छी धुर्वे

अब नेपालको आफ्नै स्याटलाइट

नेपालले आगामी वैशाखमा आफ्नै भू–उपग्रह (स्याटलाइट) प्रक्षेपण गर्ने भएको छ। जापानको क्युटेक विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधिको शोध गरिरहेका दुईजना नेपाली इञ्जिनियरको सहयोगमा राष्ट्रले पहिलोपटक आफ्नै स्याटलाइट प्रक्षेपण गर्न लागेको हो।

‘बड् थ्री’ नामक भू–उपग्रह निर्माण तथा प्रक्षेपण गर्न सरकारले ती विद्यार्थीलाई रु दुई करोड उपलब्ध गराएको नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)का प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले बताए। सरकारले सहुलियत मूल्यमा तीनवटा भू–उपग्रह एकैसाथ निर्माण तथा प्रक्षेपणका लागि उक्त रकम पठाएको जानकारी दिँदै उनले आगामी वैशाखसम्ममा प्रक्षेपणको तयारी भइरहेको बताए।

 

भ्रष्टाचारको नेतृत्व ओलीले गर्दैछन्ः अमेरश कुमार

नेपाली कांग्रेसका सभाषद् अमरेश कुमार सिंहले सरकार सुसासन र समृद्दिको खोक्रो नारा बाँडेर भ्रष्टाचारमा अग्रसर रहेको आरोप लगाएका छन्। भ्रष्टाचारको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले नै गरिरहेको भन्दै उनले ओलीको राजिनामा समेत माग गरे।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा मन्तब्य राख्दै सिंहले नेपाल वायुसेवा निगमको वाईड बडीमा भएका भ्रष्टाचार र प्रधानमन्त्री कार्यालयमा बनाउने भनिएको वार रुम निर्माणलाई द्रिष्टान्त बनाउँदै राजिनामाको माग गरेका हुन्।विमान खरिदमा भएका अनियमितताको फेहरिस्त आफूसँग रहेको जानकारी उनले संसदलाई गराएका थिए।

‘विमान खरिदका लागि दर्ता नभएको कम्पनीसँग संझौता गरिएको छ, आउट डेटेड सेरिजको बिमान ल्याइएको छ, भनिएको भन्दा कम तौलको  ल्याइएको छ,’ उनले भने, ‘सबै अनियमितताका प्रमाण म संसदलाई दिन चाहन्छु।’

 

Wardrobe: The Shine Collection Bagbazar, Kathmandu 9869050396

 

 

संसदमा प्रधानमन्त्रीलाई प्रश्नः पानी जहाज कहाँबाट चल्यो ?

गत असार १४ गते एक सार्वजनिक कार्यक्रममा नेपालमा पानी जहाज चल्ने मिति तोकेका प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आज संसदमा जहाज चलेको स्थानबारे जानकारी दिन माग गरिएको छ।

ओलीले पुस १६ गतेदेखि नेपालमा जहाज चल्ने घोषणा गर्दै जहाज चल्ने मिति टिपेर राख्न र टिकट काट्न  सबैलाई आग्रह गरेका थिए।प्रम ओलीको सोही भनाईलाई पकड्दै प्रतिनिधि सभाको आजको बैठकको शुन्य समयमा बोल्दै नेपाल मजदुर किसान पार्टी(नेमकिपा)का सांसद प्रेम सुवालले त्यसबारे जानकारी दिने व्यवस्था सभामूखसमक्ष आग्रह गरेका हुन्।

 

विवेकशील साझामा खटपट

१६ महिनाअघि गठन भएको विवेकशील साझा पार्टीमा खटपट देखिएको छ। उज्वल थापा नेतृत्वको विवेकशील नेपाली दल र रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी एकीकरण भएर विवेकशील साझा पार्टी गठन भएको थियो। तर, प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछिका एक वर्षमा पार्टीले समातेको बाटो गलत भएको थापाले निष्कर्ष निकालेका छन्।

१८ पृष्ठ लामो समिक्षा प्रतिवेदन तयार गर्दै थापाले भनेका छन्, ‘न नेतृत्व विकास भएको छ न उल्लेखनीय संख्यामा सदस्यहरू थपिएका छन्। दल संकुचित नीति र निर्णयको बन्दी भएको छ।’ दलका धेरै उर्जाशील सदस्य र शुभचिन्तकहरू निरूत्साहि बनेको आरोप लगाउँदै उनले वैकल्पिक राजनीतिको नेतृत्व गर्ने भनेको विवेकशील साझा पार्टीले आफ्नो निश्चित परिपाटीसमेत बसाल्न नसकेको दाबी गरे।

 

ओली र दाहाल पाइलट रहेको जहाज दुर्घटनामा पर्छ : गगन

नेपाली कांग्रेसका युवा नेता गगन थापाले नेपाल कम्युनिस्ट पार्टीका नेताहरुसँग गणतान्त्रिक मूल्य मान्यता नरहेको टिप्पणी गरेका छन्। ‘यो आरोप होइन, सत्य हो’, थापाले सोमवार राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने।

नेता थापाले नेकपाको जहाज पनि दुर्घटना पर्ने बताए। ‘नेपाल कम्युनिस्ट पार्टीको जेट चलाउने दुइटा पाइलट हुनुहुन्छ। दुईटा पाइलटमध्ये एउटालाई संघीयता मनै पर्दैन। अर्काे पाइलटले अस्ती संसदमा उद्घोष गर्नुभयो मलाई लोकतन्त्र मन पर्दैन’, गगनले भने, ‘इन्जिन गणतन्त्रको छ, इन्जिन चल्दै चल्दैन। दुइटा पाइलट हुनुहुन्छ, एउटालाई संघीयता मन पर्दैन र अर्काेलाई लोकतन्त्र मन पर्दैन। उहाँहरुलाई यसैगरी चलाउन दिइराख्यो भने यो प्लेन दुर्घटनामा पर्छ।’

भित्रियो सुपर कम्प्युटर

मुलुक सुपर कम्प्युटरको युगमा प्रवेश गरेको छ। नेपालको प्राज्ञिक उत्कृष्टतामा अगुवाइ लिइरहेको काठमाडौं विश्वविद्यालय (केयू) ले काभ्रेस्थित आइटी पार्कमा पहिलोपटक सुपर कम्प्युटर भिœयाएसँगै मुलुक सुपर कम्युटर युगमा प्रवेश गरेको हो।

साधारण कम्प्युटरले भन्दा हजारौं गुणा छिटो गणना (प्रोसेसिङ) गर्ने क्षमता भएको सुपर कम्प्युटर नेपालको शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा अनुसन्धान गर्न उपयोगी हुने केयूका असिस्टेन्ट प्रोफेसर (फिजिक्स) डा. राजेन्द्र अधिकारी बताउँछन्। उनले भने, ‘तीव्र गणना तथा विशाल संग्रहण क्षमताका कारण सुपर कम्प्युटर धेरै क्षेत्रको अनुसन्धानमा उपयोगी हुन्छ। अहिले नेपाली वैज्ञानिक तथा इन्जिनियर ठूलो स्तरको ‘डाटा प्रोसेसिङ’ का लागि अन्य देशमा निर्भर हुनुपर्दा अनुसन्धान ढिलो भइरहेको छ।’