पहिरोको पीर: मुग्लिन-नारायणघाट सडक खण्डमा जे देखियो

राती करीब एक बजेदेखि पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक अझै खुलेको छैन । सोमबार रातिदेखि परेको मुसलधारे वर्षाका कारण सत्रकिलो, चारकिलो, गाईघाट, घुमाउने, जलबिरेलगायतका स्थानमा ठूलो पहिरो खसेकाले बाटो खुल्न नसकेको नारायणगढ मुग्लिन सडक आयोजनाले जनाएको छ । सडकमा खसेको पहिरो हटाउने प्रयास भएपनि रुखसहित ठूलो पहिरो खसेकाले पहिरो पन्छाउन अझै केही समय लाग्ने आयोजना प्रमुख  रोहित कुमार विसुरालले बताए । सवारीसाधनमा यात्रा गर्ने यात्रुहरुमा अधिकांश महिला रहेका छन् भने राजमार्गमा सिमित होटल भैदिंदा यात्रुहरुले खाना खानसमेत खान नपाएको गुनासो गरेका छन् । पहिरो हटाउन अझै केही घण्टा लाग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।