दृष्टिविहीनको सौन्दर्य प्रतियोगिता

रत्न राज्य कलेजमा स्नातक तहमा अध्यन गर्दे गरेका कृष्ण दाहाल जन्मजात दृष्टिविहिन हुन् । सेतो छडीको साहाराले आफ्नो गन्तव्य पहिल्याउदै आएका उनलाई साथीहरु कहिले काही हैण्डसम भन्थे । तर उनी पत्यादैनथे । उनलाई जिस्काए झै लाग्थ्यो । यसलाई प्रमाणि गर्न उनी आफुलाई एैनामा नियाल्न पनि सक्दैन थे ।यिनै कृष्ण, कृष्णअष्टमकी दिन मंगलबार राजधानीमा आयोजित कार्यक्रममा बिजेता बने । मिस्टर फेसन आइकनमा बिजेताभएका उनी हातमा ट्रफि लिएर लजाइरहे ।
केही बर्षअघिसम्म दृष्टिविहिनले कल्पना समेत नगरेको यस्तो प्रतियोगितामा उनीजस्तै ३६ जना सहभागी थिए । सहभागीले पेश गरेका तस्बीरको आधारमा उनीहरुलाई छानिएको हो । मिस नेपाल निकिता चाण्डक सहितको टोली निर्णयक मण्डलमा थियो ।निकितालाई पनि पहिलो पटक यस्तो प्रतियोगितामा निर्णायक बन्न कम्ता अफ्टेरो परेन् । तर उनलाई खुसी मिलेको छ ।

त्यसै गरि प्रतियोगितामा मिस फेसन आइकनमा बिजेता बनेकी साँखु सुन टोलकी कक्षा १० मा अध्यनरत रिया श्रेष्ठ पनि निकै खुसी थिइन् । कृष्णलाई जस्तो उनलाई पनि साथीहरुले राम्रि त भन्दा रहेछन् तर उनी पत्याउन मुश्किल पर्थ्यो ।आयोजक संस्थाकी अध्यक्ष श्रृष्टि केसीले दृष्टिविहिन कुनै कुरामा पनि पछि छैनन भन्ने देखाउन चाहेको बताइन् ।
‘केही समय अगाडीसम्म रहेको सौन्दर्यको एक थरी परिभाषा बदल्नु छ,’ उनले भनिन्, ‘यसको दायरालाई फराकिलो बनाउने काममा लाग्न पाउँदा खुसी लागेको छ ।’