जब रबिन्द्र मिश्रको निशानामा मेयर बिद्यासुन्दर परे

विवेकशील साझा पार्टीका केन्द्रीय संयोजक रबिन्द्र मिश्रले काठमाडौँका मेयर बिद्यासुन्दर शाक्यले  जनतालाई धुवा र धुलो मात्र दिएको बताएका छन् । शनिवार काठमाडौँमा आयोजित  सम्मान तथा नुवाकोट काठमाडौँ सम्पर्क भेलामा मन्तब्य राख्ने क्रममा मिश्रले शाक्य काठमाडौँ महानगरपालिकाको मेयर भएयता सुबिधा भोगमा  लागेको आरोप लगाए । मौका पाउदा मेयर शाक्यले आफुलाई जिताउने जनताका लागि केही नगरेको भन्दै राजधानीबासीलाई गम्भीर भएर सोच्न आग्रह गरे । जनाता जागरुक नभए अबको २० वर्ष पछि पनि काठमाडौँले आज भोगीरहेकै समस्या भोग्नुपर्ने उनको भनाइ छ ।