चाडपर्व आउदै गर्दा महंगीको मारमा सर्वसाधारण

नेपालीहरुको महान चाड दशैं नजिकिए सँगै राजधानीको अशनमा किनमेल गर्नेको चहल पहल निकै नै बढेको देखिन्छ।
चाडपर्वको बेला खाधान्न सामाग्री,लत्ता कपडा लगायत दैनिक उपभोग्य बस्तुहरुमा हुने मनपरी मुल्यबृद्धिले उपभोक्ताको ढाड सेकिने गरेको छ।
बस्तु तथा दैनिक उपभोग्य सामग्रीको मूल्य बढेकाले उपभोक्ताहरु मारमा परेका छन। चाडपर्व नजिकिए सगै उपभोक्ताहरु कालो बजारी बढेको गुनासो पनि गर्छन।

तर सरकारी तबरबाट उचित अनुगमन नहुदा त्यसको मार खेप्न उपभोक्ताहरु बाध्य छन।
व्यापारीहरु भने सामनाको मूल्य सगै ढुवानी खर्च बढेकाले मूल्य वृद्धि गर्नै पर्ने बाध्यता रहेको बताँउछन। चाडपर्वको मौका छोपी केहि व्यापारीहरुले सामानको कृतिम अभाव गराउदा मूल्य आकाशिएको छ। दिनभर हाजिरा गरेर साझ परिवार पाल्ने लाइ झन् महंगीले गालिरहेको छ।
कालो बजार नियन्त्रण गर्ने निकाय मौन रहदा उपभोक्ता सास्ती व्यहोरिरहेका छन् भने सरकार पनि निरिह जस्तै देखिन्छ सरकारका मन्त्रि हरु भने भाषण बाजी मै मस्त छन्।

चाडपर्वको बेलामा हुने मुल्यवृद्धिको मार जनताले कहिले सम्म खेप्ने? आम मानिसले सरकार भएको आभास कहिले पाउलान ?