Story of Cabin Girl

युुरोपेली शैलीमा जीवन चलाउने अभ्यासमा रहेका नेपालीहरु मनोरञ्जनका लागि विभिन्न स्थान धाउने गर्दछन् । काठमाण्डौका डान्स, बार, रेष्टुरा, गजल, क्याविन र दोहोरीमा धेरैजसो नेपालीहरु जाने गर्दछन् । अलिहे त नेपाल घुम्न आउने भारतियहरु पनि धेरै जसो डान्सवार र क्याविनहरुका ग्राहक बन्न थालेका छन् । केहि गन्य डान्सवार बाहेक दोहोरी, गजलमा पारिवार सहित जाने गरेकाछन् । उपत्याकाका धेरै जसो क्याविन, डान्सबारमा मनोरञ्जनका साथै शारिरीक शोषण गर्ने गरेको समेत पाइन्छ । प्राय जसो गंगबु, ठमेल, बालाजु वसपार्क, बत्तीसपुतली क्षेत्रमा रहेका डान्सबार, क्याविनहरुमा  किशोरी, युवतीहरुलाइ थोरै पारिश्रमीक दिएर ग्राहकबाट धेरै पैसा असुल्न लगाइन्छ ।
विभिन्न संघसंस्थाले मनोरञ्जन क्षेत्रमा उचित पारिश्रमीक, ज्यूधनको सुरक्ष्ाँका विषयमा  युवतीहरुका लागि आवाज उठाए पनि अहिले समस्या ज्यूकातिउ रहेको छ । आमाले छोडेर गएपछि क्याविन गर्ल बन्न पुगेकि किशोरीको कथा हामीले प्रस्तुत गरेको छौ । जसको हामीले कुनै परिचय खुलाएका छैनौ ।