कांग्रेस कहिलेसम्म बुढाहरुको कब्जामा ?

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको महासमिति बैठक शनिवारदेखि काठमाडौंमा चलिरहेको छ । केन्द्र र प्रदेशको चुनाव यता पहिलोपटक बसेको बैठकलाई निकै महत्त्वका साथ हेरिएको छ । बैठकमा पार्टी पदाधिकारीले पेश गरेको राजनीतिक तथा आर्थिक प्रतिवेदनमाथि महासमिति सदस्यले बोल्ने क्रम जारी छ । यस बाहेक बैठकमा गत वर्षको चुनावमा पार्टीको हार, सभापतिको अधिकारदेखि पार्टी विधान परिवर्तन सम्मका एजेन्डामा छलफल भैरहेको बैठकमा सहभागी नेताहरू बताउँछन् ।
यस बैठकसंगै अब पार्टी नेतृत्व कसको हातमा जाला भन्ने प्रष्ट हुँदै जानेछ ।  चुनावमा पार्टीले भोग्नुपरेको लज्जास्पद हार र प्रतिपक्षी दलको नेताको रूपमा कमजोर प्रस्तुतिका कारण पार्टीभित्र सभापति शेरबहादुर देउवाको विकल्प खोजिनुपर्नेमा धेरैको एकमत छ । केहीले त देउवाले अहिले नै राजीनामा दिनुपर्ने तर्क समेत गरिरहेका छन् ।
पार्टीमा युवा नेताहरू १४ औं महाधिवेशनबाट पुराना नेतालाई नेतृत्वबाट हटाएर नयाँ पुस्ता ल्याउने अभियानमा छन् । के नेपालको सबैभन्दा पुरानो पार्टीको नेतृत्व साँच्चै युवा पुस्तामा जाला वा नेतृत्वमा बुढाहरुकै दबदबा कायम रहला ? अरु भिडियो रिपोर्टमा ।