उत्तम सञ्जेलको तीन सय रुपैयाँको आदर्श विवाह !

समता शिक्षा अभियानका अभियन्ता उत्तम सञ्जेलले विहे गरेका छन्। उनले समता अस्पतालमा हेल्थ असिस्टेन्टको रुपमा कार्यरत कला अधिकारीसँग सोमबार गुहेश्वरी मन्दिर परिसरमा विहे गरेका हुन्।

उनको विहेमा १० जना जन्ती सहभागी थिए भने ३ सय रुपैयाँ मात्र खर्च भएको छ। जन्ती जानेमा चर्चित हस्तीहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, उपेन्द्र महतो, गुणराज लुईंटेल, सुवास घिमिरे, प्रतीक प्रधान, मनोज गजुरेल, सीताराम कट्टेल लगायत छन्।