आवश्यक परे संविधान संसोधन गर्न तयार: ईश्वर पोखरेल

आवश्यक परे संविधान संसोधन गर्न तयार रहेको कार्यवाहक प्रधानमन्त्री ईश्वर पोख्रेलले बताएका छन् ।
नेपाल सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आयोजना गरिएको दोस्रो वालिका सम्मेलनमा वहाँले यस्तो भन्नु भएको हो । सन् २०१६ मा नेपालमा पहिलो बालिका सम्मेलन भएको थियो । जसमा बेलायति राजकुमार ह्ययारी समेत उपस्थित थिए । दोस्रो सम्मेलनमा आउन नपाउदा ह्ययारीले माफी माग्दै बालिकाहरुलाइ भिडियो मार्फत शुभ कामना दिएका छन् ।
सम्मेलनमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थम माया थापा, संयुक्त राष्ट्र संघ जनसंख्या कोषकी सद्भावना राजदूत मनिषा कोइराला, राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारी ,डीएफआइडी नेपालका प्रमुख रूरिक मार्डसन, बालिकाहरु लगायतको उपस्थिति रहेको थियो ।